back

ल्यापटपमा बढि तात्ने समस्यालाई कसरी हल गर्ने ? जान्नुहोस् ४ तरिका

वि.सं.२०७७ साउन १ बिहीवार

207 

shares
NTC AD
Global IME AD

काठमाडौं । कोरोना महामारीको कारण धेरै मानिसहरुले आ–आफ्नो काम घरबाट गर्ने गरेका छन् । यस्तोमा ल्यापटपको प्रयोग बढेको छ । मानिसहरुले ल्यापटपको प्रयोग गरि अनलाईनबाटै अफिसको काम गर्ने गरेका छन् ।

यस्तोमा ल्यापटपको प्रयोग गर्दै गर्दा धेरै मानिसहरु अनेकन समस्यामा पनि पर्ने गरेका छन् । धेरै मानिसहरुले ल्यापटप तात्ने र आफैं अफ हुनेलगायतका समस्याहरु ब्योहोर्दै आएका छन् । धेरै तात्ने समस्या भएका कतिपयका ल्यापटप निकै छिटो पनि बिग्रिएका पाइन्छन् ।

आज हामी तात्ने समस्याबाट कसरी जोगाउने र आफ्नो ल्यापटप कसरी सुरक्षीत चलाउने भन्ने बारे केहि टिप्स दिँदैछौं । ल्यापटप तात्दा तात्दै धेरै चलाएको खण्डमा निकै छिटो पनि बिग्रने गर्दछ । जान्नुहोस् ल्यापटपमा छिटो तात्नबाट कसरी जोगाउन सकिन्छ ?

१. कुलिङ्ग किटको प्रयोग गर्नुहोस्

ल्यापटप धेरै तात्ने खालको छ भने तपाईंले तत्कालै कुलिङ्ग किटको प्रयोग गर्नुपर्ने हुन्छ । ल्यापटपको बनावटअनुसार कुलिङ्ग किटको प्रयोग गर्दा ल्यापटप कम तात्ने हुन्छ साथै ल्यापटपको ब्याट्रि पनि लामो समय टिक्ने हुन्छ ।

cooling kit

२. ल्यापटपको राख्ने ठाउँ ख्याल गर्नुहोस्

ल्यापटपले कुलिङ्गको तल्लो भागबाट चिसो हावा लिने गर्दछ । यदि यस्तोमा तल्लो भाग बन्द हुन पुग्यो भने ल्यापटपमा तात्ने समस्या बढि आउँछ । ल्यापटपको बढि तात्ने समस्या हल गर्न कुलिङ्ग किट नभए ल्यापटपको तल्लो भागमा किताब या कुनै काठको टुक्रा जस्ता कुरा राखी हावा खेल्ने बनाउन सकिन्छ ।

laptop

३. ल्यापटपको नियमित सफाई गर्ने

कहिले काँही ल्यापटपको हावा जाने ठाउँमा फोहोर वा धुलो जम्मा हुँदा धेरै तात्ने समस्या पनि आउँछ । त्यसकारण ल्यापटपलाई बेला–बेलामा सरसफाई गर्दा त्यस्तो समस्या हल हुन जान्छ ।

४. फ्यान बिग्रे तत्काल परिवर्तन गर्नु

ल्यापटपमा धेरै तात्ने समस्या ल्यापटपको फ्यानको खराबीको कारण पनि हुन्छ । यदि तात्दातात्दै धेरै चलाए ल्यापटप नै तत्कालै ड्यामेज पनि हुनसक्छ । यस्तोमा तपाईंले ल्यापटपको फ्यानलाई तत्काल परिवर्तन गरि ल्यापटपलाई सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ साउन १ बिहीवार १४:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...