Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोना विरुद्धको लडाईमा अमेरिकाको नौ गल्ति

संसार न्यूज़
२ महिना पहिले
कोरोना विरुद्धको लडाईमा अमेरिकाको नौ गल्ति

बिश्वमा स्वास्थ्य सेवामा सबैभन्दा बढी खर्च गर्ने अमेरिका जस्तो बिश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका कोरोना भाइरसबाट आज सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म यो महामारीबाट उत्पन्न दुःखद पक्ष त के छ भने यो महामारी आएको छ महिना बितिसकेको छ तर अमेरिका यसलाई रोक्न सक्ने सफलताको स्थितिमा अझै पुग्न सकेको छैन । बरु यसबाट कोशौं टाढा रहेको देखिन्छ । यस्तो अबस्था कसरी सिर्जना भयो भने शुरुदेखिनै अमेरिकाले प्रत्युत्पन्न प्रतिकृयामा एक पछि अर्को गल्ती गर्दै गयो । शुरुमा त अमेरिकाले यसलाई कहिले चिनीया भाइरस त कहिले वूहान भाइरस भनेर यसको खिल्ली उडाउन खोज्यो । तर भाइरले आक्रान्त पारेपछि अमेरिका अहिले के गर्ने कसो गर्ने निकै असहज अबस्थामाबाट गुज्रिरहेको छ । त्यहाँ दिनप्रतिदिन संक्रमित हुने र जीवन गुमाउनेहरुको संख्या बढिरहेको छ । अहिलेसम्म त्यहाँ संक्रमितहरुको संख्या ४५ लाख करीब पुुगेको छ भने मृतकहरुको संख्या १ लाख ५२ हनार भन्दा बढी छ ।यस भाइरस बिरुद्धको संघर्ष सम्वन्धमा अमेरिकाले गरेका १० वटा मूख्य गल्ती के के थिए तिनलाई यसरी औंल्याउन सकिन्छ :

सबैभन्दा पहिलो गल्ती त के थियो भने यस महामारीलाई रोक्न, कमजोर तुल्याउन र त्यसबाट उम्किन या जोगिनका लागि बैज्ञानिक दृष्टिकोणले निर्णय अमेरिकामा लिइएन केवल राजनीतिक निर्णय लिइयो । यो पहिलो गल्ती नै शीर्ष तहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नै शुरु गरियो । उनले आरम्भमा कोभिड–१९लाई मौसमी ज्वरो भनेर यसलाई खारेज गरिदिए । उपराष्ट्रपति माईक पेन्सलाई उनले त्यस कार्यदलको प्रमुख अबश्य बनाए जसको गठन यस सम्बन्धि आगामी कार्य योजनाहरुका बारेमा सल्लाह दिनका लागि गठन गरिएको थियो । तर त्यसलाई कुनै पनि निर्णयको अधिकार दिइएको थिएन ।

दोश्रो गल्ती यो महामारीको सामना गर्नका लागि कानुनसम्मत राष्ट्रिय कार्य योजना नै बनाइएन । त्यो कार्य दलले चार राज्यहरुका लागि टेस्टिङ्ग, टे्रसिङ्ग र ट्रिटमेण्ट(परीक्षण संक्रमितको खोजी र उपचार) लाई लिएर दिशानिर्देश त जारी गरेको थियो, संक्रमण फैलिने कमलाई रोक्नका लागि मास्कको प्रयोग तथा भौतिक दूरी कायम राख्ने कुरा पनि अबश्य भनिएको थियो तर ती सबै दिशा निर्देशनहरुसम्म मात्रै सीमित हुन पुगे । तिनलाई कानुनद्वारा अनिबार्य बनाइएन र कार्यान्वयनमा उतारिएन ।

तेश्रो कुरा यो महामारीलाई शुरुमा राज्यहरुको अर्थात स्थानीय स्तरको मात्र समस्या मानियो । एउटा संघ राज्यले केन्द्रियरुपमा सटीक किसिमले गर्नुपर्ने प्रयास गरिएन । प्रान्तका गभर्नर र स्थानीय अधिकारीहरुलाई आ–आफ्नै किसिमले उपायहरुको अबलम्बन गर्न भनियो । फलतः कोरोना महामारी बिरुद्धको संघर्ष राज्य–राज्यमा बेग्ला बेग्लै देखियो । ती एकीकृत र प्रभावकारी हुन सकेनन् ।

चौथो गल्ती थियो परीक्षण, चिकित्सा उपकरण र तिनको आपूर्तिलाई लिएर संघको हस्तक्षेप पनि सीमित थियो र रह्यो । तिनको आपूर्ति श्रृंखला धेरैहदसम्म कमजोर थियो । बिदेशी तथा निजी श्रोतहरुबाट तिनलाई जुटाउने ब्यवस्था गर्नका लागि राज्यहरुलाई नै भनियो ।

पाँचौ गल्ती महामारीलाई लिएर प्रष्ट र सटीक सूचनाहरुको अभाव रहन गयो । जबसम्म सट डाउन गरिएको थिएन त्यतिबेलासम्म त कार्य दलले नियमित प्रेस ब्रिफिङ्ग गर्दै थियो तर पछि राष्ट्रपति ट्रम्पले यो ब्रिफिङ्ग आफ्रनै हातमा लिए । यसलाई उनले भाषण दिने मञ्चको रुपमा उपयोग गरे । सम्बाददाताहरुसँग बहस गर्न थालियो । चिकित्सा बिशेषज्ञहरुको तर्क र सल्लाहलाई खारेज गर्न थालियो र असुरक्षित औषधीहरु दिनेसम्मको काम गरियो ।

छैटौं गल्ती सट डाउन चाँडोभनदा चाँडो हटाउनका लागि अतिरिक्त प्रयास गर्न थालियो । राष्ट्रपति ट्रम्प मानिसहरुमा घरमै सीमित भएर बस्ने कुराको शुरुदेखि नै बिरोध गर्न थाले । सट डाउनको निर्देशन जारी हुनासाथ राष्ट्रपतिले त्यसलाई हटाउने बारेमा सोच्न थाले । उनले भर्जिनिया र मिचिगन जस्ता राज्यहरुमा आफ्ना लाखौं समर्थहरुलाई यस बारेमा ट्वीट समेत गरेका थिए । किनभने उनलाई के लागिरहेको थियो भने त्यहाँका गभर्नरहरुले उनको बिरोध गर्न सक्छन् । ट्रम्प पुन राष्ट्रपति पदमा चुनिने सम्भावनाहरुको खोजी गर्दै यतिबेला बिभिन्न कदमहरु उठाइरहेका थिए । यसो गर्दा उनले मानिसहरुको स्वास्थ्यलाई पनि वेवास्ता या नजरअन्दाज गरेका थिए ।

सातौं गल्ती के गरियो भने कुनै एक प्रान्तमा या क्षेत्रमा सफलता प्राप्त हुँदा त्यसको सापेक्ष अरु स्थानहरमा पनि महामारीको प्रकृतिलाई बेवास्ता गरियो र नियमहरु खुकुलो पारियो । शुरुशुरुमा महामारीका केन्द्र – ‘हट स्पट’ पूर्बोत्तर, मध्य–पश्चिमी राज्य, शहरी क्षेत्र तथा क्यालिफोर्निया थिए । मइ महिनको मध्यदेखि जूनको आरम्भसम्ममा ती ठाउँहरुमा कोरोनाको प्रकोप केही कम भयो तर देशका बाँकी सबै क्षेत्रमा यो चरम स्थितिमा पुग्नथालेको देखियो । यसकारण जर्जिया, फ्लोरिडा, टेक्सस तथा एरिजोना जस्ता राज्यहरुले नियमहरु अपेक्षाकृत बढी खुकुलो पारिदिए । परिणामतः ती ती प्रान्त वा क्षेत्रहरुमा कोरोना भाइरस संक्रमणमा पनि तीब्रता आयो र ती नयाँ ‘हट स्पट’ अर्थात् महामारी केन्द्र बन्न पुगे ।

आठौं गल्ती के थियो भने अमेरिकामा नियम लागु गर्ने कुनै एउटा संयन्त्र थिएन । कतिसम्म भने मानिसहरु घर बाहिर ननिस्कने, मास्क लगाउने र शारिरीक दूरीको पालना गर्ने सम्बन्धि निर्देनहरुको पालना गराउने कुरामा पनि त्यहाँ ब्यापक अन्तर या भिन्नता देखियो । जर्जिया तथा टेक्सस जस्ता केही राज्यहरुमा रिपब्लिकन गभर्नरहरुले ती नियमहरुलाई लिएर केवल दिशा निर्देशन जारी गरिदिए जबकि ती राज्यहरुका ठूला शहरहरुका डेमोक्रेट मेयरहरले यस सम्वन्धमा कानुनी प्राबधानकै आवश्यक रहेको बताए ।

नवौं गल्ती के रह्यो भने अमेरिकामा स्वास्थ्य–चिन्ताको सट्टा आर्थिक चूनौतिहरुलाई बढी महत्व दिइयो । महामारीका कारणले चर्मराएको अर्थब्यस्थालाई सम्हाल्नका लागि नै सट डाउन हटाइएको थियो, जसले गर्दा पनि अमेरिकालो आज ठूलो मूल्य चुकाउनु परेको थियो,छ ।
दशौं आखिरी र सबैभन्दा ठूलो गल्ती बिशेषज्ञहरुको सल्लाहहरुलाई निरन्तर बेवास्ता र खारेज गर्ने गरियो । जस्तो कि उदाहरणका लागि, अन्तर्राष्ट्रिय स्तरका प्रसिद्ध संक्रामक रोग बिशेषज्ञ र कार्य दलका सदस्य एन्थोनी फौसीको सल्लाहको अपहेलना गरियो । शुरुदेखि नै ट्रम्पले बिशेषज्ञहरुको सल्लाहलाई किनारामा धकेलेर आफ्नो मत(जिद्दी) अघि सार्दै रहे ।

समग्र निष्कर्शमा अमेरिकाले कोभिड–१९ का बिरुद्ध दूरदर्शी सोचकासाथ लडाई लड्नुको साटो स्थिति हेरेर कदम उठायो । यो असफलताका लागि धेरै हदसम्म राष्ट्रपति ट्रम्पलाई जिम्मेवार मानिन्छ र मानिने छ । यस सम्वन्धमा महिनौंसम्म उनी स्वयमले मास्क लगाएनन् । पछिल्लो समयमा आएर मात्र उनलाई पनि मास्कमा देखिन थालियो । यति मात्र नभएर उनी निरन्तर के भन्दै रहे भने एक समय पछि यो महामारी स्वयं हटेर जान्छ । यसरी स्पष्ट छ ट्रम्प यस्तो प्रतीक बन्न पुगे, जसले के कुरा बताउँदछ भने महामारीका बिरुद्ध ब्यक्तिगत, राजनीतिक र पेशेवर रुपमा के गरिनु हुन्न ।

अमेरिकाका यी केही आधारभूत पाठ हुन् कोरोना महामारीका बिरुद्ध लड्ने सन्दर्भमा । हामी लगायत धेरै देशहरुले कठिन लक डाउन परिपालना गरेर या यसको मूल्य चुकाएर पनि यसलाई फैलिनबाट सोचे जस्तो किसिमले रोक्न नसकेको स्थितिले देखायो । अहिले भारत नै यसको सबभन्दा नजिकको उदाहरण बनि रहेको छ र संक्रमण बढ्दो छ । हामीकहाँ ४ महिनाको लकडाउन हटाए पछि कोरोनाको संक्रमण बढ्दै नै गएको छ । यद्यपि अहिले पनि उचित साबधानी र सतर्कता तथा स्वास्थ्य नियमहरुको सही किसिमले परिपालना गरेर यो महामारीबाट जोगिन सकिने सम्भावना सकिएको भने छैन । महिनौ दिनसम्म चलेको ठूलो महामारी भए पनि यसको मृत्यु दर न्यून भएकोले पौने दुइ करोड जति संक्रमित पुग्न लाग्दा मृतकको संख्या ७ लाखको नजिक मात्र पुग्न लागेको तथ्यांकले आत्तिएर हात खुट्टै छोड्नु पर्ने स्थिति देखिदैन । तर शुरुदेखि नै किफायती ढंगले, साबधानीपूर्बक काम गर्न गराउन सकेको भए अहिले जति क्षति भएको र यसले बिश्वब्यापीरुपमा असर पारेको छ त्यसलाई अझ कम गर्न सकिने रहेछ भन्ने कुरा भने प्रष्ट भएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…