back

बाले मलाई रोक्ने अरु उपाय नदेखेपछि मेरो खुट्टा भाँचिदिन भन्नुभयो

वि.सं.२०७७ साउन १४ बुधवार

186 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बा ले पनि अन्य साथीकाले जस्तै मलाई जान नदिन भएभरको प्रयास गर्नुभयो । स्कुलतिर दादागिरी गर्ने दाइ हुनुहुन्थ्यो, बा ले भान्जा भन्ने, उहाँलाई गुहार्न जानुभएछ बा, अन्य उपायहरूले काम नगरेपछि, भन्नुभएछ “भान्जा, मेरो छोराको खुट्टा भाँचिदेउन, भाँचिएको खुट्टा त सन्चो हुनेछ तर नेपाल गएर जिउँदै आउँछ कि नाई’ । त्यसपछि त झन आपत मलाई, लुकेर हिड्नु पर्ने भयो ।

उपचार नपाएर दाइको मृत्युु
म जान्ने हुँदा हाम्रो घर हरूवा र चरूवा सहित अन्नपात बेचबिखन गरेर ऐश आराम साथ चलेको जस्तो लाग्दथ्यो । खेत बाढीले लगिदिएपछि दुर्दिन सुरू भयो । म, दाइ (दुई, दिदी, बा, आमा र हजुरआमा सात जनाको परिबार थियो । म जान्ने भैसकेपछि बैनि बिमला जन्मी । दाइहरू र दिदी को स्कुल जान बन्द भयो । २०२९ को खेती लाउँदै गर्दा सानदाइ बिरामी हुनुभयो रगतमासी परेर । केही समयपछि श्रावण महिनामा औषधी उपचार नपाएर नै मृत्यु भयो (मेरो बिचारमा) । बा ले जडिबुटी र चित्रेडाँडाको वैद्य कहाँबाट औषधी ल्याइ सकेर लागेपुगेसम्म उपचार गर्नुभएको थियो । ५ कक्षा पास गर्नुभएको, १४ बर्षको हुनुहुन्थ्यो । सानदाइ स्वर्गीय भएपछि बा धेरै नै पुत्रसोकमा पर्नु भयो । ठूलोदाइ कान्छोबालाई लिन मधेस गै लिएर आउनुभयो र कान्छो बाले नै दाइको काजकिरिया गर्नुभयो । त्यसपछि बा लामोसमय हराउनु भयो । सोहि असोजमा भाइ शिव जन्मियो । बालाई २ भाइ छोरा भान्सामा देखाउन हजुरआमा, दाइ र रक्साहा बुबाको बल र करले लामाचौर मुरारी दाइसँगै उहाँकै घरमा (माझघर लक्ष्मण दाइ, भिरबारी केशब दाइ र नसपाते केशब समेत) सोहि माघमा ७ बर्ष पुग्दा नपुग्दै मेरो बर्तन भयो । दाइले गायत्रीमन्त्र सुनाउनु भयो । त्यसपछि बालाइ खोज्न दाइ जानुभयो र १५ र २० दिनमा लिएर आउनुभयो ।

रूपैयाँ, पैसा जोगाडतिर
घरको र परिम तिर्न त मेला गएको थिएँ । तर मजुरीमा गएको थिएन । पहिलोपटक चिलाउनेको झ्याङ झार्ने र बोकेर खेतमा लगि थुपारेर राख्ने काममा गएँ । दुई रूपैया दिनको मजुरी पाइन्थ्यो । रूख चढ्न रङ्गनै मान्थेँ । सायद चढननसक्ने रूख थिएन होला तेतातिर, तेसबेला । दशदिन गएछु । पहिलो आफै परिश्रम गरेर बिस रूपियाँ हात पारेँ । पछि दाइसँग आली खन्न पनि जाने गरेँ, रू.५ र पाईन्थ्यो । दिन बिताउनै गाह्रो हुन्थ्यो कम्मर दुखेर । एउटा हिउँदमा अमिलो अधियाँ पेलेँ । १२ माना मेरा भागमा परेको थियो । मधेस कान्छो बा को घर आइ गाउँकालाई बेचेँ । रू.१० रमानाको परेको थियो । हाम्रो घरमा गाई, भैंसी, गोरू त पालेको थियोे तर बाख्रा थिएन । एउटा बाख्राको पाठी ल्याएर अधिया पालेँ पहिलोपटक एउटामात्र पाठो पायो । हुर्काएर बेचियो र बाँडियो । दोस्रोपटक पाठापाठी पायो । पाठो दिएर पाठी आफ्नै बनाएर पालेँ । फेरि पाठोमात्र पाएर केहिदिनमा के रोग लागेर माँउ मर्याे । पाठो भैँसीको दूध ख्वाएर हुर्काउन पर्याे । मेरो भागमा परेको पाठीले पनि एक पाठो पायो तर बा ले आफ्नो (लामा धामी को) देउतालाई भाकल गरिदिनु भयो । मैले जोतीसकेपछि बा ले पुन बर्तन गर्दिए पनि जोत्न छोडीन । बा ले गोरू किनी सक्नुभएको थियो । मलाई खन्न भन्दा जोत्न नै सजिलो लाग्थ्यो । माथि उल्लेखित प्रसङ्गहरू जोत्नुभन्दा अगाडिका हुन् । २०३८ को मकै छर्ने देखि घरको रोपाई सकि, परिम तिरी १२ दिन मजुरीमा लगेँ । रू.१० र हलगोरूको थियो । रू.१२० र ले मलाई त्यतिबेला जडौरी(पैन्ट, जुत्ता पहिलोपटक) कपि, कलम, फिस छेलोखेलो नै भयो भन्दा हुन्छ ।

बासँग भयङ्कर भिडन्त
अनेरास्ववियु (एकताको पाँचौं)को छैटौं अधिबेशन २०३८चैत्र १० र १२ सम्म काठमाडौंमा हुने निर्णय भएछ । अनन्तः मरासिनी, टेक प्र.देबकोटा लगायतका विद्यार्थी नेताहरू तानसेनबाट मपढ्ने स्कुलमा आउनु भयो र उक्त युनियन समर्थक विद्यार्थीहरूको भेला गराउनु भयो । उक्त भेलाले मेरो अध्यक्षतामा प्रा.क.सौभाग्य मा.बि.चिदिपानी पुनर्गठन ग¥यो । केन्द्रीय अधिबेशनका प्रचारप्रसार सामाग्री र सहयोग रसिद छोडेर, अधिबेशनमा जान निम्तो दिएर जानुभयो । सबै तयारी पूरा भयो । फाल्गुनको पहिलो हप्तामा हाम्रो फेदीमा रहेको देशभक्त युबा क्लबको समन्वयमा हाम्रोतिरका धेरै नै विद्यार्थीहरूको भेला भयो र सबैजसो साथीहरू सहित म पनि उक्त अधिबेशनमा जाने निर्णय भयो । जाने अन्तिम दिनसम्ममा कुनै पनि साथीहरू जाने हुनुभएन,घर परिबारको दबाबमा। म जाने नै अडानमा रहेँ।जि.क.ले मलाई पर्यबेक्षक रूपमा लाने निर्णय गरेछ, प्रतिनिधि भएको भए खर्च जि.क.ले नै खर्च ब्यहोर्ने रहेछ । खर्च मैले नै जुटाउनु पर्ने भयो । बा ले पनि अन्य साथीकाले जस्तै मलाई जान नदिन भएभरको प्रयास गर्नुभयो । स्कुलतिर दादागिरी गर्ने दाइ हुनुहुन्थ्यो, बा ले भान्जा भन्ने, उहाँलाई गुहार्न जानुभएछ बा, अन्य उपायहरूले काम नगरेपछि, भन्नुभएछ “भान्जा, मेरो छोराको खुट्टा भाँचिदेउन, भाँचिएको खुट्टा त सन्चो हुनेछ तर नेपाल गएर जिउँदै आउँछ कि नाई’ । त्यसपछि त झन आपत मलाई, लुकेर हिड्नु पर्ने भयो । खर्च कसरी जुटाउने चिन्ता त छँदै थियोे ।“खाने मुखलाई जुँगाले छेक्दैन’, “तँ आँट म पु¥याउने छु“ भने झैं मेरो भागमा परेको, पाठो बा ले भाकल गरिदिनुभएको बाख्रो मेरो प्रिय साथी जनक बस्यालजीले रू.१२० र मा किनीदिनुभयो र बाटा खर्चको समस्या समाधान गरिदिनु भयो । मित्र जनकजीप्रति आजसम्म पनि म आभारी छु । बाटा खर्चको जोगाड भैसकेपछि म स्कुलमा जाँदा आउँदा भूमिगत जस्तै गर्दै अधिबेशनमा जाने दिनको प्रतिक्षामा बसेँ । मेरो आजसम्म पितृदेबताको रूपमा प्रतिरक्षा गरिरहनु हुने बा को मैले तत्कालीन अबस्थामा अल्प जोस र अल्पबुद्धिले हृदयमा चोट पुर्याएकोमा क्षमा याचना गर्दछु ।

वि.सं.२०७७ साउन १४ बुधवार १६:०२ मा प्रकाशित

NABIL bank AD
नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष...