back

यस्तो छ तपाईको आज (विहिबार) को राशिफल, आज कुन राशिका व्यक्ति हुन्छन् त लाभान्वित ?

वि.सं.२०७७ साउन १५ बिहीवार

141 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । खर्च लागे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि प्रयत्न गर्दा पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ । तर छिद्र खोतल्नेहरू प्रशस्तै हुनेछन् । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। सोखले बढी खर्च गराउनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले प्रशंसा र अनुकरण गर्न थाल्नेछन्। साझेदारीमा देखिएको वादविवाद सम्झौतामा टुंगिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनीयतामा ध्यान दिनुहोला । दिन केही खर्चिलो रहनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । विवादमा पारिनेछ र हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले केही पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर पनि प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

वि.सं. २०७७ साउन १५ बिहीवार (इ.स. २०२० जुलाई ३०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आजको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ साउन १५ बिहीवार ०८:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD