Sansar News- Nepal's Fast Khabar Online News Portal

कर्णालीमा पानीको बहाव बढ्यो,स्थानीय त्रसित

संसार न्यूज़
१ हप्ता पहिले

१५ साउन, मार्तडी । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उनले बताए ।

नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिए । आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको छ ।

वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए । स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ । नदीमा बनाइका पुल वर्षौंदेखि पुराना र जीर्ण बन्दै गएका छन् । नदीमा पानीको बहाव नाप्ने यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ ।कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो । रासस

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…