१६ साउन, काठमाडौँ । ब्लु क्रस हस्पिटलमा पहिलोपटक डे कयेर हिस्टेरेक्टिोमी.(दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) शल्यक्रिया गरिएको छ ।
जर्मनस्थित विश्व प्रसिद्ध किलयुनिभर्सिटिबाट स्त्रीरोग विशेषज्ञमा थप डिग्री हासिल गरी केही वर्षदेखि वरिष्ठ स्त्री रोग तथा गाइनो सर्जनको रुपमा ल्याप्रस्कोपी विधि (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधि) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेकी डा रंगिना लाईकगमबमले पहिलो पटक हिस्टेरेक्टोमी प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरेकी हुन् ।
यो प्रविधिबाट अप्रेसन गरेपछि अस्प्ताल भर्ना भएर बस्नु पर्दैन, अप्रेस गरेकोे ६–८ घण्टामै हिडेर घर फर्किन सकिने डा. लाईकगबमले जानकारी दिएकी छन् ।
विश्वको कयौ देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भइरहे पनि नेपालमा भने डा. लाइकगबमले नै पहिलोपटक शल्यक्रिया गरेकी हुन् ।
डे केयर हिस्टेरेक्टोमी तथा अन्य डे कयर गाइने सर्जरी गर्ने उनी पहिलो स्त्रीरोग विशेषज्ञ हुने भने ब्लुक्रस हस्पिटल पहलिो नीजि अस्पताल भएको हस्पिटलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हस्पिटलले नविनतम प्रविधिमार्फत विरामीहरुलाई सुरल र सुविधाजनक स्वास्थ्यलाभको अवसर प्रदान गर्दै आइरहेको छ । यसैक्रममा हस्पिटलले नेपालमै पहिलो पटक डे कयर हिस्टेरेक्टोमी प्रविधि भित्र्याएको विज्ञप्तिमा उल्लेख छ ।