back

नेपालमा साउन १६ सम्मको कोरोना अपडेटः १९,७७१ संक्रमित, १४, ३९९ निको र मृतकको संख्या ५६ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार

129 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१६ साउन, काठमाण्डौं । नेपालमा विहिबार (१६ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ७५ हजार ४१६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,७६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३१६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १२ हजार १११ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका २२४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ भने आज निको भएर १५१ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार ३९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज ४ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

आज २२४ जनामा कोरोना संक्रमण
नेपालमा आज २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्सामा ४१ जना, काठमाण्डौंमा ३२ जना, बझाङमा २५ जना, कन्चनपुरमा १८ जना, दार्चुलामा १६ जना, मोरङमा १५, कैलालीमा १५ र झापामा १३ जना, जना संक्रमित भेटिएका छन् ।

आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

त्यस्तै बैतडीमा १० ललितपुरमा ६, बारामा ४ जना, डोटी, रौतहट, कास्की र दाङमा ३\३ जना, नवलपरासीपूर्व, नुवाकोट, गुल्मी, म्याग्दी र दैलेखमा २\२ जना र सर्लाही, मकवानपुर, भक्तपुर, तनहुँ, धनुषा, रुपन्देही र बाँकेमा १\१ जना संक्रमित थपिएसँगै जम्मा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका २२४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार ७७१ पुगेको छ ।

आज १५१ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १५१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १५१ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।  आज १५१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजा ३९९ पुगेको छ ।

आज १५१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १४,३९९ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आजपनि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा चारैजना विरगन्जवासी रहेका छन् । ४ मध्ये ३ जनाको विरगन्जमै र एकजनाको ललितपुरमा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५६ पुग्यो

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते ११ बजे मृत्यु भएको हो ।
मुटुको रोगी भएका उनको आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लगिएका उनको शरीरमा अक्सिजनको मात्रा कमि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पर्साकै वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय अर्का पुरुषको पनि मृत्यु भएको हो । साउन १५ गते बेलुका ५ः४० बजे गण्डक अस्पतालमै मृत्यु भएको हो । साउन ५ गते निजी क्लिनक हुँदै तराई अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि साउन १३ गते ज्वरो र स्वास प्रश्वासमा समस्या आएपछि गण्डक अस्पतालमा भर्ना भएका थिए । श्वाव संकलन गरी परीक्षण गर्दा साउन १५ गते कोरोना पुष्टि भएको थियो ।

वीरगन्ज महानगरपालिका वडा नं २ छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि साउन १५ गते मृत्यु भएको छ । मृत्यु पश्चात दिउँसो श्वास संकलन गरी गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

वीरगन्ज महानगर ११ का घर भई थसीखेल ललितपुरमा बस्दै आएकी ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

उनको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मधुमेह तथा प्रेसरको विरामी रहेकी उनको साउन ६ गते पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएपछि स्टार अस्पतालमा भर्ना भएकी उनमा साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा ल्याइएको थियो ।
आज ४ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

विरगन्जमा विहिबार पनि कोरोनाका कारण २ जनाले ज्यान गुमाएका थिए । वीरगन्जमा २ दिनमै ६ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा चिन्ता व्यक्त
१६ साउन, काठमाण्डौं । पछिल्लोपटक कोरोना संक्रमण वृद्धि हुँदै गएको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयद्धारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन खुलेपछि बढिरहेको कोरोना संक्रमणका कारण नेपालमा भयावह स्थिति आउन सक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन पुनः अनुरोध गरेको छ ।

लकडाउन खुल्नासाथ विभिन्न सामुहिक गतिबिधि भएको बताउँदै विहिबार मात्र सिराहामा ठूलो आमसभा भएको तथा काठमाण्डौंमा पनि यस्ता सभा सम्मेलनहरु भएको जानकारी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै मन्त्रालयले यसमा दुःख व्यक्त समेत गरेको छ ।

‘राजनीतिक पार्टी, संघसंस्था, कसैले पनि यस्तो आमसभा नगर्नुहुन स्वास्थ्य मन्त्रालय विन्रमतापुर्वक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, काठमाण्डौंमा संक्रमणको संख्या बढिरहेको छ । नियम पालना गर्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरेका छौं । पालना भइरहेको अवस्था छैन । यसले हाम्रो जनस्वस्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा जानकारी गराउन चाहान्छु ।’

कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा चिन्ता व्यक्त

उनले नाकामा पनि कन्ट्रोल नभएको बताउँदै हालसालै भारतबाट ओखलढुंगा पुर्याएका २१ कामदार मध्ये १८ जनामा संक्रमण भएको जानकारी समेत दिए । यस्तचा घटनाहरु छिटपुट प्राप्त भएको र यी घटना दुःखद रहेको समेत उनले बताए ।

‘समुहमा बस्नेहरुलाई अहिले कोरोना संक्रमण बढिरहेको छ । यसको उदाहरण प्रहरीमा पोजेटिभ आउनु, स्वास्थ्यकर्मीमा पोजेटिभ आउनु र समुहमा बस्ने मानिसहरुलाई पोजेटिभ आएको पाईएको छ,’ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मानिसहरुमा कोरोनाको दर बढ्दो छ ।

जनस्वास्थ्यका मापदण्ड अपनाउन हामीले भनिरहेका छौं । यदि यी मापदण्ड अपनाएनौ भने काठमाण्डौं तथा देशैभरी बढ्दै गरेको कोरोनाका विरामीहरुले अस्पतालका बेडहरु नपाउने तथा आइसीयुहरु नपाउने समस्या आइपर्ने हामीले देखेका छौं ।’

डा. गौतमले मास्क नलगाउने २ लाख कारबाहीमा परेको र १६ हजार जनालाई बाटोमा मास्क बाडिएको उनले जानकारी दिएका छन् ।

डा. गौतमले पछिल्लोपटक विरगन्जमामात्रै ८ चिकित्सक, ६ नर्सिङ स्टाफ र ४ जना पारामेडिकल गरी २८ जना स्वास्थ्यकर्मी संक्रमित भएको र त्यसमा जनस्वास्थ्यका मापदण्ड फलो नगरको भन्ने रिर्पोट प्राप्त भएको डा. गौतमले बताएका छन् । उनले सबै स्वास्थ्यकर्मीहरुले पन्जा, मास्क एप्रोन नलगाई विरामी नहेर्न समेत अनुरोध गरेका छन् ।

यस्तो छ नेपालमा साउन १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ साउन १६ शुक्रवार १८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...