Sansar News- Online for Global Nepali

साइनो

सुदर्शन कंडेल, पर्वत
४ महिना पहिले

साघुरोमा यात्रा छ,
अगाडि घुम्ती देखियो !
भिरालो पर्यो त्यहीँ नेर !!

धनको भोको धनी ,
दौडन्छ सधैं धनमा !
बेचैन छ उ सधैभर !!

झरी, बाढी, पहिरो,
निर्दयी बन्यो प्रकृति !
मानिसको भयो बिचल्ली !!

देशको सेवा भनी,
पेशा गरे राजनीति !
राजनिती भयो ब्यापार !!

धर्म बिर्सेछ सिह,
चिडियाखानाको राजा !
भुलेछ सिकार गर्न नै !!

पिन्जडाको चरी उ,
बुझे झै गर्छ भाषा क्यै !
अमिलो आशु पिउदै छे !!

फुलको परागले ,
मौरीले खाना साच्दछ !
झुक्याइ खान्छ मानव !!

रोग,भोक,शोकले !
मर्छ गरीब बाटोमै !!
चिन्दैन उसले सिमाना !!

चम्कन्छ चन्द्रमा त्यो ,
सूर्यको राप तापले !
तैपनि हुन्छ रमाइलो !!

मिलेको भूगोल छ
मिलेरै बसौं नेपाली !
तराई ,पहाड,हिमाली !!

बिहादी ६ उराम पोखरा, हाल बुटवल,देबिनगर

सर्बाधिक पढिएको

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ३ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा २ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ३ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ ३ हप्ता पहिले | संसार न्यूज़

हाँस्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना भाइरस संक्रमणका कारण आइसियुमा…