(१)
तिम्रै लागी ब्रत बसी, पूजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता, चुराहरु नाडी भरि सजाएर
सिउँदो भरि तिम्रो नामको, सिन्दुर छर्ने दिन आउछ ।।।
(२)
पहिले मान्ने तीज भन्दा,अहिले मान्ने तीज फरक
लाउने खाने कुरादेखी, सबै सबै चिज फरक
सस्कार भन्दा पनि धेरै, बिकृती बढ्न थालेपछि
देख्न थाले समाजभित्र, यस्ले रोप्ने बिज फरक …
(३)
तिम्ले मलाई मुटु भन्दा, प्यारो ठान्छु भनेपछि
हिम्मत गरि तिमीसँग , साँच्चै जान्छु भनेपछि
साईत होस या नहोस अब, पन्चे बाजा बजाई दिन्छु
तिम्ले मलाई मैले पुज्ने, देबता मान्छु भनेपछि…
(४)
पिउँदा पिउँदै ढिलो भयो, घर पुगें राती
श्रीमतीले कठालो समाई, हानी चार लाती
मैले पनि भन्दिहाले रक्सि, पिएको झोंकमा
तँ भन्दा त दोबाटोकि, भट्टीवाली जाती ..
(५)
कन्या केटी हुँ भन्थी, खुबै खोज्थी भाउ
होच्याएर मलाई भन्थि, दुई वटाको बाउ
मैले पनि उसको बारे, यसो बुझ्दै जाँदा
ऊ त रैछे आखिर झनै, चारवटाकी माउ…
ब्रत र गाई जात्रा (हास्य बिशेष)