back

कविताः घर

वि.सं.२०७७ साउन १७ शनिवार

162 

shares
NTC AD
Global IME AD

यी घर छोडी जानेहरुले
किन बिर्सिन्छन घर
किन फर्किदैनन
सम्झिएर घर
घरले कहाँ बिर्सिन्छ होला
घर बिर्सिनेहरुलाई
घरले कहाँ बिर्सिन्छ होला
घर नफर्किनेहरुलाई ।

यस्तो लाग्छ झारै झारले पुरिएर
अझै नपल्टिएर
उभिरहेका यी घरका भित्ताहरु
आज पनि प्रतीक्षामा छन
आज पनि पर्खाइमा छन
घर छोडी जाने परदेशीहरुको
सोच्दा हुन
कुनै दिन आएर फेरि
उसै गरि मुसार्ने छन
उसै गरि सजाउने छन
उसै गरि रंगाउने छन
घरका भित्ताहरु ।

के थाह
यी घरका भित्ताहरुलाई
पखेटा पलाएर उडने
सबै चराहरु
बेलुका गुँड फर्किदैनन भनेर
के फर्किन्छन होला
लेउ लागेका भित्ताहरु मुसार्न
उडाएका छानाहरु छाउन
उम्रेका झारहरु उखाल्न
फेरि पनि खै किन
आउने जानेहरुको अनुहारमा
उकालो ओरालो गर्नेहरुको मुहारमा
यी घरका भित्ताहरुले
आफ्नै घर धनी
खोजे जस्तो लाग्छ
आफ्नै घर धनी
कुरे जस्तो लाग्छ ।

यी घर छोडी जानेहरुले
किन बिर्सिन्छन घर
किन फर्किदैनन
सम्झिएर घर
घरले कहाँ बिर्सिन्छ होला
घर बिर्सिनेहरुलाई
घरले कहाँ बिर्सिन्छ होला
घर नफर्किनेहरुलाई ।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...