back

कविताः प्रिय दुश्मन !

वि.सं.२०७७ साउन १७ शनिवार

216 

shares
NTC AD
Global IME AD

प्रिय दुश्मन !
तिमीले मलाई केही पनि होइन भन्छौ
मैले तिमी पनि केही त हौ भन्छु ।
तिमीले मलाई कोही पनि होइन भन्छौ
मैले तिमी पनि कोही त हौ भन्छु ।
तिमीले मसङ्ग केही पनि छैन भन्छौ
मैले तिमीसङ्ग केही न केही त जरुर छ भन्छु ।
तिमीले मलाई सदैव शुन्य देख्छौ
मैले तिमीलाई अनन्त देख्छु ।

प्रिय दुश्मन !
तिमीले मेरो हरेक काम र कुरा बिग्रीयोस भन्छौ
मैले तिम्रो हरेक काम र कुरा सप्रीयोस भन्छु ।
मैले तिम्रो जिन्दगी फुलोस र फलोस भन्छु
तिमीले मेरो जिन्दगी ओइलिएर झरोस भन्छौ ।
तिमीले मलाई आफ्नै पुच्छर सम्झेर पछ्याओस भन्छौ
मैले तिमीलाई आफ्नै आँखा सम्झेर ओछ्याओस भन्छु ।
तिमीले मीठो तर झुठो बोलिरहेका हुन्छौ
मैले तीतो तर सत्य खोलिरहेको हुन्छु ।
मैले सुल्टो कुरा गरिरहेको हुन्छु
तिमीले उल्टो बुझिरहेका हुन्छौ ।
तिमीले एकथोक बोलिरहेका हुन्छौ
र अर्कैथोक गरिरहेका हुन्छौ
म जे बोलिरहेको हुन्छु
त्यही नै गरिरहेको हुन्छु ।
मैले तिम्रो जिन्दगीलाई स्वर्ग सम्झिन्छु
तिमीले मेरो जिन्दगीलाई नर्क सम्झिन्छौ ।
मैले जुन सन्दर्भमा तर्क गरिरहेको हुन्छु
त्यसलाई तिमीले कुतर्क सम्झिन्छौ
र झन् कुतर्कमाथि कुतर्क थपिरहेका हुन्छौ ।

प्रिय दुश्मन !
तिमीले मलाई सधैं आफ्नो प्रतिस्पर्धी ठानिरहेका हुन्छौ
मैले आफ्नो प्रतिस्पर्धी सधैं आफैंलाई मानिरहेको हुन्छु ।
तिमीले मलाई खतरनाक दुश्मन सम्झिन्छौ
मैले तिमीलाई सहृदयी यार सम्झिन्छु ।
प्रिय दुश्मन !
मैले तिमीलाई दन्किरहेको आगो सम्झिन्छु
तिमीले मलाई जमिरहेको पानी सम्झिन्छौ ।
मैले तिमीलाई जन्मदिनको शुभकामना दिदैगर्दा
तिमीले मेरै अकल्पनीय मृत्युको कामना गरिरहेका हुन्छौ ।
तिमीले मलाई सदैव सुखमा सम्झिन्छौ
मैले तिमीलाई सदैव दुःखमा सम्झिन्छु ।
तिमीले मलाई धर्तीझैँ दास सम्झिन्छौ
मैले तिमीलाई अनन्त आकाश सम्झिन्छु ।
मैले तिमीलाई पारिलो घाम सम्झिन्छु
तिमीले मलाई त्यसैको छाया सम्झिन्छौ ।
मैले तिमीलाई निस्वार्थ मायाले सम्झिन्छु
तिमीले मलाई स्वार्थ र घृणाले सम्झिन्छौ ।
मैले तिमीलाई उज्यालो दिन सम्झिन्छु
तिमीले मलाई अध्यारो रात सम्झिन्छौ ।
मधुरो घाम र पुर्णिमाको जूनको जस्तै
खिया लागेको फलाम र अकबरी सुनको जस्तै
धमिलो पानी र गहिरो इनारको जस्तै
बौलाहा नदीको दुई किनारको जस्तै
पालिएको नङ र काटिएको मासुको जस्तै
ओभानो आँखा र अविरल आँसुको जस्तै
सीमित खुशी र असीमित पिरलो जस्तै
लुते कुकुर र बौलाहा बिरालो जस्तै …

प्रिय दुश्मन !
यस्तै छ तिम्रो र मेरो विचमा अल्झिरहेको
खाटा बसेर पनि घरीघरी बल्झिरहेको
तिमीले चाहेर पनि टुटाउनै नसकिरहेको
मैले चाहेर पनि जुटाउनै नसकिरहेको
तिम्रोलागि निकै साघुरो हुँदै गए पनि
मेरोलागि फराकिलो हुँदै गइरहेको
अहिलेसम्मकै अपरिभाषित
सम्बन्धको नौलो आयाम … !

वि.सं.२०७७ साउन १७ शनिवार ०९:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...