१७ साउन काठमाण्डौं । नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ९० जना, बझाङका ८८ जना पर्साका ६६ जना, अछामका २८ जना र इलाममा २२ जना जना संक्रमित भेटिएका छन् । साथै केहीदिन देखि निरन्तर संक्रमण बढेको काठमाण्डौंमा आज ५ जना मात्रै संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, इलामका १७, सिराहाका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, इलामका ५, उदयपुरका २ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ७ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, पर्साका ६२ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका ४३, अछामका २८ जना,कैलालीका ९ जना, कन्चनपुरका ८, काठमाण्डौंका २, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २७, काभ्रेका १, रामेछापका २ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा काठमाण्डौंका २, भक्तपुरका १ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बझाङका २५ जना,कैलालीका ५३ जना र कन्चनपुरका १ जना गरी आज जम्मा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३१५ .जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।
आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो