१७ साउन, काठमाण्डौं । नेपालमा शनिबार (१७ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ८२ हजार ४९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,९९३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३३८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ५३३ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज ९३ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ९३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ९३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।
आज थपिएका ३१५ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २० हजार ८५ पुगेको छ भने आज ९३ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार ४९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ५६ पुगेको छ ।
आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ९० जना, बझाङका ८८ जना पर्साका ६६ जना, अछामका २८ जना र इलाममा २२ जना जना संक्रमित भेटिएका छन् । साथै केहीदिन देखि निरन्तर संक्रमण बढेको काठमाण्डौंमा आज ५ जना मात्रै संक्रमित थपिएका छन् ।
नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
कन्चनपुरमा ८, सप्तरीमा ७, सिराहामा ५, रामेछाप, झापा, उदयपुर र रुपन्देहीमा २/२ जना, सल्यान, सुनसरी, बारा,काभ्रे, झापा, रौतहट, भक्तपुर र कास्कीमा १/१ जना गरी आज जम्मा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३१५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा २२५ जना, प्रदेश २ मा २०६६ जना, बाग्मति प्रदेशमा ५७५ जना, गण्डकी प्रदेशमा ३१३ प्रदेश नं ५ मा ३८७ जना, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १६७५ जना संक्रमितहरुको उपचार भइरहेको छ ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १२५४, प्रदेश २ मा १,५७३ बाग्मति प्रदेशमा ८५२, गण्डकी प्रदेशम२,९५३, प्रदेश नं ५ मा १५३६ कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा २९२२ जना रहेका छन् ।
यस्तो छ निको हुनेको प्रदेश संख्या
प्रदेश १ मा ८५६, प्रदेश २ मा ३१४९, बाग्मति प्रदेशमा ५३२, गण्डकी प्रदेशमा १,२५६, प्रदेश नं ५ मा ३९७१, कर्णाली प्रदेशमा १,७१८ र सुदूरपश्चिम प्रदेशमा ३०१० गरी जम्मा १४ हजार ४९२ जना निको भएका हुन् ।
नेपालमा साउन १६ सम्मको कोरोना अपडेटः १९,७७१ संक्रमित, १४, ३९९ निको र मृतकको संख्या ५६ पुग्यो