Sansar News- Nepal's Fast Khabar Online News Portal

आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

संसार न्यूज़
२ महिना पहिले
आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । स्रोत–साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ । तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा प्रशस्त फाइदा हुनेछ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले लाभ हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । प्रयत्न गर्दा विशेष काममा जग बसाउने मौका छ । दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू बाधक देखिए पनि उनीहरूलाई समेटेर काम बनाउन सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि केही काम रोकिन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि जुट्नुपरे पनि मध्याह्नपछि विशेष फाइदा उठाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट लाभ हुनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । तर मध्याह्नदेखि काम दोहोर्याउनुपर्ने हुन सक्छ । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा प्रगति हुनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतीहरूका लागि उत्साहवद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च लागे पनि कामतर्फ सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । दिगो काम थालनी गर्न भने सकिनेछ । प्रयत्न गर्दा यात्राको अवसर जुट्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

वि.सं २०७७ साउन १८ आइतवार इ.स. २०२० अगस्ट २
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शनिबार, हेर्नुहोस् यस्तो छ तपाईको राशिफल, आज कुन राशिकालाई छ त लाभ ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…