Sansar News- Nepal's Fast Khabar Online News Portal

कार्मारोङका सपना केही पूरा केही अधुरा

मुगु संसारन्यूज संवाददाता
२ महिना पहिले
कार्मारोङका सपना केही पूरा केही अधुरा

स्थानीयतह संचालनमा आएको तीन बर्ष बितेको छ । मुगुका चारवटा स्थानीयतह मध्ये पूर्बी सिमानामा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको भने फरक सपना छ ।

सुत्तै नसुति क्या का सपना भने झै संघीय संरचना लागु भएपछि गाउँ बस्ती सुधार महिला पुरुषको क्षमता बिकास बालबालिकाको शिक्षामा पहुँच बिरामीको औषधि उपचारमा सहज जस्ता सपना देखेर कार्मारोङ गाउँपालिका अघि बढने जमर्को गरिरहेको छ सुइनालाई साकार पार्न त्यति सजिलो नभएपनि अथक प्रयास नै सफल पार्न सक्छ ।

उहीलेदेखि नै पीडा भोगिरहेका कार्मारोङ गाउँपालिका जनजाति बर्गहरु अचेल गाउँपालिकाबाटै सेवा सुबिधा लिन थालेपछि दिन फेरिएको अनुभव गर्न थालेका छन् । स्थानीयको सेवा सुबिधालाई थप सहज र प्रभावकारी बनाउन गाउँपालिका लागेको छ ।
भौगोलिक बिकटताका कारण कार्मारोङमा बिकास निर्माण गर्न त्यति सहजता छैन । तीन बर्षको अबधि भित्रै कार्मारोङले धेरै काम गरिसकेको र आगामी दिनमा समाज रुपान्तणको निम्ति कार्मारोङले सुइना देख्न थालेको छ ।

बिकास छायाँनाथको
आफनो गाउँपालिकाभित्र पर्ने प्रशिद्ध धार्मिक तिर्थस्थल छायाँनाथलाई दिर्घकालीन र अल्पकालिन गुरु योजना निर्माण गरि सुबिधा सम्पन्न र रमणीय तिर्थस्थलको रुपमा छायाँनाथलाई अघि बढाउने कार्मारोङको पहिलो सपना रहेको छ ।

यो चालु आर्थिक बर्षमा गुरुयोजना निर्माण गरि डकुमेन्ट निर्माणतर्फ लागेको छ । अल्पकालिन कार्यमा चितै कुनादेखि छायाँनाथ मन्दिरसम्म बाटो सुधार, चितै कुनामा गेट निर्माण गरि छायाँनाथ बारेमा सूचना पार्टी टाँस्ने, चितैलेकमा करिव ५ सय क्षमता भएको धर्मशाला सहित पानीको धारा महिला पुरुष चर्पीको ब्यबस्था ।

छायाँनाथ गेटमै अर्को स्वागतद्धार सहित छायाँनाथ तिर्थस्थलमा एकतर्फ बुद्ध भगवनाको मूर्ति र अर्कोतर्फ शिबको मूर्ति स्थापना गर्ने कार्मारोङको सपना छ । उक्त कार्य निर्माणको लागि केही बजेट गाउँपालिकाले बिनियोजन गर्ने र केही बजेट संघ अनि प्रदेशबाट माग गर्ने भएको छ ।

निकुञ्जको माग
मुगुम कार्मारोङ गाउँपालिकाले जैबिक बिबिधता र बन्यजन्तु संरक्षणको निम्ति संघीय सरकारसँग निकुञ्जको माग गरेको छ कार्मारोङको माथिल्लो हिमाली क्षेत्रमा अनगिन्ती झारल, कस्तुरी, मृग घोरल, रतुवा लगायत बन्यजन्तु र डाँफे, कालीज, चिर, गिद्द जस्ता पंक्षिहरु पाइने भएकोले तिनीहरुको संरक्षण गर्नको लागि कार्मारोङ गाउँपालिकाको गाउँसभाबाटै उक्त क्षेत्रलाई राष्ट्रिय निकुञ्ज स्थापना गर्न संघीय सरकारसंग माग गरेको छ ।

निकुञ्ज हटाउनु पर्छ भन्ने आवाज उठिरहेको अबस्थामा कार्मारोङ गाउँपालिका बन्यजन्तु संरक्षण र जैबिक बिबिधताको रक्षाको लागि संघीय सरकारसँग निकुञ्जको माग गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले बताए निकुञ्ज स्थापना भएको खण्डमा बन्यजन्तु तथा पंक्षि सुरक्षित हुने उनको भनाई छ ।

छिमेकी जिल्लामा पर्ने से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मुगुम कार्मारोङ गाउँपालिको डोल्फू क्षेत्रमा करिव ९ सय बर्गमिटर क्षेत्रफल ओगटेको छ । कार्मारोङको डाल्फू, चितै, किम्री, र तिहार बगर से–फोक्सुण्डो निकुञ्ज भित्रै पर्ने गरेको छ ।

प्राथमिकतामा सडक
कार्मारोङ गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय र सहकार्य गरि छाइलेदेखि पूलु सम्म सडक निर्माण कार्य अघि बढाउने उदेश्य राखेको छ । गमगढी नाक्चेनाङला सडक निर्माण कार्य ओझेलमा परेपछि गाउँपालिकाको केन्द्र रहेको पूलुसम्म जान आउन सहजको लागि छाइल पूलु सडकलाई प्राथमिकता राखेको छ ।

मुगुको उत्तरी सडक गमगढी नाक्चेनाङला सडक ओझेल पर्दै गएको र गाउँपालिकाको कार्यालय रहेको पुलुसम्म मोटर लैजान सडक निर्माणलाई पहिलो प्राथमिकता राखेको र प्रदेश सरकारसँग बजेट माग गरेर यो चालु आर्थिक बर्ष देखि निर्माण कार्यलाई अघि बढाउने प्रशासकिय अधिकृत शाहीको भनाई छ ।

उक्त मोटर बाटो निर्माण भएको खण्डमा समान ढुवानी कर्मचारीलाई आउ जाउ गर्न सजिलो हुने उनको भनाई छ । गमगढीदेखि छाइलसम्म जिप पुगिसकेको र त्यहाँ भन्दा माथि पुलूसम्म सडक खनेर जिप लैजाने गाउँपालिकाको सोच छ ।

गाउँ उज्यालो कार्यक्रम
मुगुम कार्मारोङ गाउँपालिकाको करिव १३ सय परिवारलाई बिद्युत पुरयाउने गाउँपालिकाको प्रमुख लक्ष्यका रुपमा कामलाई प्राथमिकता दिइको छ । स्थानीयलाई धुवाँबाट मुक्त दिलाउन बिद्युत निर्माण कार्यलाई जोड दिइएको छ ।

पालिकाले कादुरी नेपाल संस्थासंग समन्वय सहकार्य गरि रिउसबगरमा १ सय किलोवाटको बिद्युत उत्पादन गरि सकेको छ । उक्त बिद्युत गाउँमा लैजाने सोच पालिकाले राखेको छ अर्को लादेगार्डमा पनि १ सय किलोवाट बिद्युत उत्पादन गर्ने सोचका साथ काम अघि बढाएको छ ।
लादेगार्डमा बिद्युत उत्पादन गर्न बजेटको लागि संघ संस्था प्रदेश सित सहकार्य गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सबै बस्तीमा बिद्युत पुरयाउने सोचका साथ काम अघि बढाइएको प्रशासकिय अधिकृत तीर्थराज शाही बताउछन् । पापु गाउँमा रहेको ५ किलोवाटको बिद्युतलाई मर्मत गरि गाउँ उज्यालो गरिएको छ ।

पहुचमुलक स्वास्थ्य सेवा
मुगुम कार्मारोङ गाउँपालिका भित्र रहेका स्थानीयलाई भरपर्दो स्वास्थ्य उपचार गर्न र गर्भवती महिलाई सुरक्षित तरिका बाट सुत्केरी गराउन रिउसबगरमा पालिकाले पन्ध्र शैथ्याको अस्पताल बनाउने भएको छ ।

रिउस बगरमा छायाँनेपाल संस्थाले अस्पताल भवन निर्माण गरि सेवा संचालन सुरु गरिसकेको अबस्थामा मुगुम कार्मारोङ गाउँपालिकाले उक्त अस्पताललाई क्षमता बृद्धि गरि पन्ध्र शैया पुरयाएर सेवा प्रदान गर्ने सोच अघि बढाएको छ ।

कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सुधारको लागि यो चालु आर्थिक बर्षमा ७० लाख बजेट बिनियोजन गरिएको जनस्वास्थ्य निरिक्षक बलीबहादुर बुढाको भनाई छ । बिरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने लक्ष्य राखेको उनको भनाई छ । ९ वटै वडाहरुमा स्वास्थ्य संस्था निर्माण गरिने कार्य अघि बढाइएको छ ।

पर्यटकिय पदमार्ग
रारादेखि माथिल्लो मुगु हुँदै डोल्पा से–फोक्सुण्डो सम्म जान र त्यहाँबाट रारा आउन पर्यटकलाई सहजको लागि मुगुम कार्मारोङ गाउँपालिकाले तिहार बगरदेखि किम्री, डोल्फू हुदै हयाजिमथान देखि से–फोक्सुण्डो जोडने पर्यटकिय पदमार्ग निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।

उक्त पदमार्ग निर्माण भएको खण्डमा उच्च हिमाली क्षेत्रबाट पर्यटकलाई मुगु रारा आउन र यता बाट डोल्फा पुग्न सहज हुने देखिन्छ । प्रदेश सरकार गाउँपालिकाको संयुक्त बजेटमा कोइजी हिमाल पदमार्ग निर्माण सुरु गरि सकेको छ । गत चालु आर्थिक बर्षको बजेटमा करिव ५ किलोमिटर पदमार्ग निर्माण पुरा भएको गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

वडा बने पालिका भवन बनाउदै
मुगुम कार्मारोङ गाउँपालिकाले ९ वटा वडा कार्यालय र गाउँपालिकाको भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई जोड दिएको छ । तीन बर्षको अबधिमा ९ वटा वडा कार्यालय भवन बनाइसकेको छ । भने करिव १८ कोठेको पक्की गाउँपालिका भवनको काम करिव ६० प्रतिशत पूरा भएको छ ।

 

गाउँपालिका भवन निर्माण पुरा गर्न करिव ९० लाख बजेट खर्च हुने र ६० प्रतिशत काम पुरा भइसकेको अध्यक्ष लामाको भनाई छ । वडा र पालिका भवन निर्माणमा पहिलो प्राथमिकता दिइएको उनले बताए ।

जिल्लाको सोरु, खत्याड र छायाँनाथ रारा नगरपालिकाले वडा र आफनो कार्यालय भवन निर्माण गर्न नसकेको अबस्थामा कार्मारोङ सबै वडा कार्यालय निर्माण गरि पालिका भवन बनाउतिर लागेको छ ।

आवासिय बिद्यालय निर्माण
मुगुम कार्मारोङ गाउँपालिकाले गुणस्तरीय शैक्षिकस्तर सुधार गर्न र बिद्यालय छोडने दर घटाउने उदेश्य अनुसार पुलूमा आवासिय बिद्यालय संचालन गरेको छ । प्रदेश र गाउँपालिकाले करिव ४ वटा भवन निर्माण गर्ने भएको छ । तीन वटा भवन निर्माण पुरा भइ सकेको छ । भने एउटा भवन निर्माण प्रकृयामै छ ।

अहिले उक्त आवासिय बिद्यालयमा कक्षा ६ सम्म अध्यापन भइरहेको र त्यसलाई कक्षा १२ सम्म पुरयाउने लक्ष्य राखिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत सुवास रावलले बताए ।

यो चालु आर्थिक बर्षदेखि २ सय १० जना बिधार्थी भनाई हुने लक्ष्य राखिएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा शैक्षिकस्तर सुधारको लागि यो चालु आर्थिक बर्षमा ६ करोड ८८ लाख बजेट बिनियोजन गरिएको शिक्षा अधिकृत रावलको भनाई छ ।

तीन बर्षमा ५७ लाख बेरुजु
मुगुम कार्मारोङ गाउँपालिकामा तीन बर्षको अबधिमा जम्मा ५७ लाख ६० हजार बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औं बार्षिक प्रतिबेदनमा उल्लेख गरे अनुसार छायाँनाथ रारा नगरपालिकामा सबै भन्दा बढी ६ करोड ७० लाख ९२ हजार बेरुजु देखाएको छ । सोरु गाउँपालिकामा ५ करोड ५१ लाख १९ हजार, खत्याड गाउँपालिकामा ४ करोड ९ लाख १६ हजार बेरुजु रहेको महालेखा परिक्षकले जनाएको छ ।

जडिबुटी संरक्षणमा जोड
मुगुम कार्मारोङ गाउँपालिकाले जडिबुटी संरक्षणमा बिशेष जोड दिएको छ । उक्त गाउँपाकिाको पाटन क्षेत्रमा यार्सा गुम्बु पाइन्छ । तल्लो बन क्षेत्रमा बन लसुन भोल्ते चिराइतो अत्तिस कटुकी पाँच औले जस्ता महत्वपूर्ण जडिबुटीको खानीको भण्डारको रुपमा मुगुम कार्मारोङ गाउँपालिका रहेको छ । उक्त जडिबढी संरक्षणको लागि गाउँपालिकाले जोड दिएको छ ।

उत्कृष्ट गाउँपालिका
उच्चस्तरीय प्रशासनिक आयोगको गत बर्षको प्रतिबेदन अनुसार कर्णाली प्रदेश ७९ वटा स्थानीयतह मध्ये मुगुको मुगुम कार्मारोङ गाउँपालिका उत्कृष्ट रहेको जनाएको छ । स्थानीयतह संचालन भएको करिव तीन बर्षको अबधि भित्र अहिले सम्म गाउँपालिका बिरुद्ध उजुरी मुद्दा नपरेको गाउँपालिकाका सुचना अधिकारी सोबेन्द्र मल्लले जानकारी गराए ।

कार्मारोङतिरै उत्तरी नाका
नेपालका ७ वटा उत्तरी नाका मध्ये एक नाका मुगुम कार्मारोङ गाउँपालिकातिर पर्दछ । यो नाकाले गर्दा गाउँपालिका भित्रका सर्बसाधारण स्थानीयलाई ब्यापार ब्यबसाय गर्न सहज भएको छ । हरेक बर्षको साउन असारमा उत्तरी नाका खुल्दा मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चामल, ध्यू नुन तेल कपाडा मदिरा किन्ने जाने र घर बाट जडिबुटी लिएर तिब्बतमा बेच्ने गरेका छन ।

यो नाका सरकार बाट बैधानिकता प्राप्त गर्न सकेको छैन । अबैध रुपमा ब्यापार हुने गरेको छ । उत्तरी नाकाले गर्दा यस गाउँपालिका भित्रका सर्बाधारणलाई जीवन निर्बाह गर्न सहज भएको गाउँपालिकाका अध्यक्षको भनाई छ ।

ओझेलमा तामा खानी
मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू गाउँ भन्दा पारिपट्टी रहेको ऐतिहासिक तामा खानी ओझेलमा परेको छ । प्राचिनकालमा उक्त तामा खानी स्थानीयले उत्घनन गरि ताउला, गाग्री बनाएर बिक्री गरि जीवन निर्बाह गर्दै आएका थिए । बिस २०२४ सालमा बन्द गरिएको उक्त तामा खानी फेरि उत्खनन नहुँदा ओझेलमा परेको छ संघीय तथा प्रदेश सरकारले मुगुको तामा खानीलाई उत्खननमा ध्यान नदिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीको भनाई छ ।

तस्वीरहरु :
मनिषा रावत असिस्टेन्स सव इन्जिनियर ÷मुगुम कार्मारोङ गाउँपालिकाको कार्यालय

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…