Sansar News- Nepal's Fast Khabar Online News Portal

आज सोमबार, श्रावण शुक्लपक्ष.पूर्णिमा हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

संसार न्यूज़
२ महिना पहिले
आज सोमबार, श्रावण शुक्लपक्ष.पूर्णिमा हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । सेवामूलक काममा प्रवृत्त भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ । हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि पनि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । नियमित काम र व्यवसायमा लाभ हुनेछ । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत(साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अधिक समय खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । केही आफन्त पनि टाढा हुनेछन् ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

वि.सं.२०७७ साउन १९ सोमवार (इ.स. २०२० अगस्ट ३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…