back

बच्चा जन्माएको ६ घण्टामै सुत्केरीको मृत्यु

वि.सं.२०७७ साउन २० मंगलवार

198 

shares
NTC AD
Global IME AD

२० साउन, जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।

त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ । रासस

वि.सं.२०७७ साउन २० मंगलवार ०८:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एमाले हुम्ला अध्यक्षमा बुमी, अन्य पदमा पनि उनकै प्यानल विजयी

एमाले हुम्ला अध्यक्षमा बुमी, अन्य पदमा पनि उनकै प्यानल विजयी

सिमकोट, (हुम्ला) । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी...

कर्णालीमा आगलागीका घटना : एक सातामै छ जनाको ज्यान गयो

कर्णालीमा आगलागीका घटना : एक सातामै छ जनाको ज्यान गयो

हेमन्त केसी र रामचन्द्र न्यौपाने, काँक्रेबिहार (सुर्खेत) । कर्णालीमा दुई...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय ऐडीको मृत्यु

भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय ऐडीको मृत्यु

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा...

भेडीगोठमा आगलागी हुँदा ऐडीको मृत्यु

भेडीगोठमा आगलागी हुँदा ऐडीको मृत्यु

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा...

पालिकादवारा विपन्न परिवारलाई पाँच किलो नुन

पालिकादवारा विपन्न परिवारलाई पाँच किलो नुन

काँक्रेविहार (सुर्खेत) । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक...