back

यौन, बलात्कार र मौनता

वि.सं.२०७७ साउन २० मंगलवार

210 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

आफ्नी छोरी, बहिनिहरुले सामाजिक तिरस्कार वा अपमान सहनु पर्छ । बेइज्जत हुन्छ । समाजले स्विकार्दैन । भबिस्यमा बिबाह हुँदैन, गर्दैनन भन्ने डरले कत्ती घटनाहरु दबाएर लुकाएर बसेका छन् । शहरका धनाढ्यहरुले गाउँबाट घरायसी कामका लागि भनेर किशोरीहरु ल्याउने अनि धेरै जसोलाई यौनशोषण गर्ने गरेका छन् र प्रतिकार गर्न नसकेर कति किशोरीहरुले आत्महत्या गर्न बिवस छन् भने कतिलाई यौन शोषण गर्ने अनि अपराध लुकाउन मालिकले नै मारेर आत्महत्याको आरोप लगाई अपराधीले उनमुक्ती पाउने गरेका छन् वा कानुनको दायरामा ल्याउन सकिएको छैन । त्यसैले यी त प्रतिनिधि पात्र मात्र हुन् ।

हामी मानव सामाजिक प्राणी हौं । समाजमा घट्ने हरेक राम्रा नराम्रा घटनाहरुले हाम्रो मानस्पटलमा सकारात्मक वा नकारात्मक असर पु¥याई रहेको हुन्छ । सकारात्मक र उपलब्धिमुलक घटनाले हामीलाई उर्जा र उत्प्रेरणा प्रदान गर्छ भने अपराधिक घटनाले हाम्रो भावनामा चोट पु¥याउँछ । आज हाम्रो समाजमा दिनदिनै जसो बलात्कारका घटना भैरहेको छ । १० र ११ र १२ र १३ र बर्षका अबोध बालिकाहरु बलात्कारको शिकारभै मृत्युवरण गर्न बाध्य भैरहँदा हाम्रो राज्य, सरकार, सरोकारवाला संघसंस्था, गैरसरकारी संस्था, मानवअधिकारवादी, महिला अधिकारबादी, महिला मन्त्रालय, विभागको खै त खबरदारी ? के ती अबोध बालिका मान्छे हैनन ? यी माथी उल्लेखित अधिकारवादीहरुले समाजमा महिला विरुद्ध हुने गरेका हत्या हिंसा, बलात्कार, एसिड प्रहार जस्ता ज्यादतीका विरुद्ध के कस्ता आवाज उठाए ? कस्ता अभियान वा कदम चलाए ? यी अधिकारकर्मीहरुलाई पद र प्रतिष्ठा मात्र चाहिएको हो ? महिला राष्ट्रपति, महिलामन्त्री, सांसद, महिला मन्त्रालय, विभाग के क लागि ? ती पीडित बालिका, महिला प्रति उनिहरुको कुनै उत्तरदायित्व छैन ? यी सब संयन्त्र के दुई चार जनालाई जागीर दिन मात्र हो ? चिल्लो कारमा हिड्न ? कि बिलासी जीवन जिउन ? जनताले दिनदिन भोग्ने गरेका समस्या समाधान गर्ने पहल कदमी लिन ? महिलाको जिउ ज्यानको सुरक्षा खै ? जनताका हरेक समस्यामा ऐक्यबद्धता जनाउदै हरेक सामाजिक सरोकारका मुद्दामा बहस पैरवी, छलफल गरेर समस्या समाधान गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा दायित्वबाट विमुख भै रमिते बनी मौनता साँधेको देख्दा कताकता असहजता महशुस भयो त्यसैले बिषयको उठान गर्ने जमर्को गरेकी छु ।

बलात्कार घटनाको बारेमा कुरा गर्दा कंचनपुरमा घटेको बहुचर्चित तर न्याय निरुपण हुननसकेको निर्मलापन्तको बलात्कार अनि बलात्कार पछिको हत्या विषयमा चर्चा गर्नु आवश्यक ठान्दछु । निर्मलाको घटना घटेको दुई बर्ष नाघ्यो । न आजसम्म अपराधीलाई कानुनी कठघरामा उभ्याउन सकिएको छ, न राज्यले विश्वासनीय छानबिन नै गरिरहेको छ । अनुसन्धानमा लापरबाही वा प्रमाण नस्ट गरेको आरोपमा थुनामा रहेका अभियुक्तहरुलाई पनि निर्दोष साबित गरि जेलमुक्त गरिएको छ । तर ती जेलमुक्त हुने प्रहरी अधिकृत, जवानहरूको मुहारमा खासै निर्दोष र निश्चलता चाहिँ छल्किएको देखिएन । समाजमा घट्ने यस्ता जघन्य अपराधका अपराधीहरुलाई राज्यले निस्पक्ष छानबिन, गरि कडा भन्दा कडा सजायको भागिदार बनाउन सकेको भए वा कानुनी कठघरामा उभ्याउन सकेको भए सायद यस्ता अपराध न्यून हुँदै जाने थियो होला । यहाँ त ठूलालाई चैन, सानालाई ऐन भन्ने उक्तिसँग ठिक्क मिल्दो व्यवहार भएको छ । निर्दा, दुब्ला, गरिब, सामान्य परिवारका मानिसहरूले अपराध गर्यो भने उनीहरु कानुन बमोजिमको सजाय भोग्न बाध्य हुन्छन् । तर ठूला, पद पैसा, प्रतिष्ठा र पहुँच भएकाहरुले अपराध गरे भने अनेकन सोर्सफोर्स, पैसाको चलखेल, शक्तिको दुरुपयोग गरेर पनि सजायबाट उनमुक्ती दिने गरेकाले खान्दानी अपराधीहरुको मनोबल बढ्नगै समाजमा यस्ता घटना झनझन बढ्दै गएको छ । अपराध न्यूनीकरणको लागि सरकारीतवरबाट कुनै तदारुकता, गाम्भिर्यता वा प्रतिबद्धताका साथ काम गरेको पाइदैन । त्यसैले पनि अपराधीहरुको मनोबल उच्चो हुँदै गएको छ । online छापाहरुका अनुसार गएको ५ महिनामा १४०० बलात्कारका घटना घटे भन्ने तथ्यांक बढ्नु र त्यस्को साक्षी मात्र हुनुपर्दा छट्पटी र हीनताबोध हुन्छ ।

समाजमा शान्ति, अमनचैन स्थापित गर्ने उत्तरदायित्व सरकारको हो त्यसैले स्थानीय, प्रदेश र सङ्घिय सरकारले ऐक्यबद्धताका साथ सहकार्य गरौं । असल नागरिक उत्पादन गरौं । यौन, यौनिकता सम्बन्धि सहजीकरण गरौं । यौन भनेको प्राकृतिक कुरा, आवश्यकता हो भनि सामान्यिकरण गरौं । घर परिवार, समाजमा खुलेर कुरा गर्ने आफ्नो अनुभूति खुलेर आदानप्रदान गर्न सक्ने वातावरणको विकास गरौं । महिला हत्या हिंसा, बलात्कार बन्द गरौं । माथी उल्लेखित काम गर्न राज्यको तर्फबाट गर्नुपर्ने, दिनुपर्ने सबै प्रकारका योगदानको अपेक्षा गर्दछु । हामी गरिब निमुखा महिला पनि मान्छे हौं ।

जस्तै : निर्मलाको घटना, जनकपुरधाम नगरपालिका २१ कुर्थिकी १३ बर्सिया बालिका कन्चन परियारको बलात्कार पछि हत्या, रुपन्देहि देबदह नगरपालिका २ कि ११ बर्षीया बालिकाको बलात्कार पछि हत्या, कैलाली ( लम्किचुवा नगरपालिका सहिद स्मृति मा.वि.मा क्वारेन्टिनमा बसेकी महिलामाथी त्यहीका कर्मचारीबाट सामुहिक बलात्कार, हिजोको मात्र (साउन १७ गते) को समाचारमा रौतहटमा साँझपख एकजना महिलालाई ट्रकको स्टाफले लिफ्ट दिएर चढायो अनि सामूहिक बलात्कार गरेको घटना सुन्दा भावविह्वल हुन्छ मन । पटकपटकको एसिड प्रहार, अनि पुलिस प्रसासनको माथिल्लो तहमा कार्यरत कर्मचारी रन्जन कोइराला, जस्ले आफ्नै श्रीमतीको योजनाबद्ध हत्या गरे । त्यही हत्यारालाई आज कैद सजायमा कटौती गरि कारागारबाट हात हल्लाउँदै बिदा दिएको समाचार हेर्दा, पढ्दा समाजमा अब सामाजिक न्याय खै ?, कानुनी राज्य खै ? कानुनी राज्यको अनुभूति दिने जिम्मेवारी कस्को हो ? भन्ने प्रश्नले सताइरहन्छ । यी त बाहिर आएका प्रतिनिधि घटना मात्र हुन् । बाहिर ल्याउन नचाहेका घटना धेरै छन् । आफ्नी छोरी, बहिनिहरुले सामाजिक तिरस्कार वा अपमान सहनु पर्छ । बेइज्जत हुन्छ । समाजले स्विकार्दैन । भबिस्यमा बिबाह हुँदैन, गर्दैनन भन्ने डरले कत्ती घटनाहरु दबाएर लुकाएर बसेका छन् । शहरका धनाढ्यहरुले गाउँबाट घरायसी कामका लागि भनेर किशोरीहरु ल्याउने अनि धेरै जसोलाई यौनशोषण गर्ने गरेका छन् र प्रतिकार गर्न नसकेर कति किशोरीहरुले आत्महत्या गर्न बिवस छन् भने कतिलाई यौन शोषण गर्ने अनि अपराध लुकाउन मालिकले नै मारेर आत्महत्याको आरोप लगाई अपराधीले उनमुक्ती पाउने गरेका छन् वा कानुनको दायरामा ल्याउन सकिएको छैन । त्यसैले यी त प्रतिनिधि पात्र मात्र हुन् । यी माथी घटेका घटनाको मसिनो गरि अध्ययन र विश्लेषण गरौं । उनिहरु शिक्षाको अवसरबाट बन्चित निमुखा, गरिबिमा बाँचेका निरीह परिवारका बालिकाहरु । अपहेलनामा परेका, असहाय महिलाहरु बलात्कारको शिकार हुन विवस छन् ।

निर्मलाको घटनालाई हेरौं । विश्लेषण गरौं । निर्मला अशिक्षित र गरिबीले पिरोलिएका परिवारकि छोरी । आमाले चटपटे बेचेर छोरीलाई सरकारी स्कुल पढाएकी । उनको बुवाले दोस्रो बिबाह गरेर बेग्लै घरजाम गरेको देखिन्छ भने अनुसन्धान गर्दा जुन घटनास्थल हो उचित कानुनी प्रक्रिया पु¥याएर शिल गरेर अनुसन्धान गरेको देखिदैन । त्यस्तै निर्मला जुन साथीकामा गएकी थिइन र घटना घटेको थियो त्यही साथीलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गरेको पाइएन । मानसिक सन्तुलन ठिक नभएको मान्छेलाई अपराधी करार गरि वास्तविक अपराधीलाई जोगाउने सुनियोजित योजना बनाएको देखियो । समयवित्दै जाँदा निर्मलाले न्याय त पाइनन नै उनकी आमाको पनि दृढतामा स्खलन आएको छ । किन ? कसरी ?
कारण –
१ अशिक्षा, गरिबी र अपहेलित जीवन : महिलामाथी हुने अन्याय अत्याचारका घटना बिवरण हेर्दा शिक्षामा पहुँच भएका शिक्षित पढेलेखेका, पद पैसा, प्रतिष्ठा कमाएका, पहुँच भएका धनाढ्य महिलाहरुको तुलनामा कमजोर, गरिबीमा बाँचेका, शिक्षाको अवसरबाट बन्चित अबोध बालिका वा अपहेलित, महिलाहरुलाई अपराधीले हेप्न सक्ने भएकाले दुव्र्यवहार गर्ने वा बलात्कार गरेको देखिन्छ ।

२ पहुँचको अभाव : पिडित महिलाहरुको राज्यको प्रसासनिक, न्यायिक निकायसम्म पहुँच पुग्न सक्दैन । अपराध लुकाउन सकिन्छ भन्ने अपराधीक मानसिकता, मनोबल भएकाले ।

३ पद पैसाको दुरुपयोग : अपराधीलाई कानुनको कठघरामा उभ्याई न्याय निरुपण गर्ने जिम्मेवारी पाएका पुलिस प्रसासन, न्यायलय पदको दुरुपयोग गर्दै पैसाको चलखेल गर्ने, लेनदेन गरेर अभियुक्त लुकाउने प्रवृत्ति बढेकाले अपराधीक मनोबल बढ्नगै बलात्कारका घटना वा महिला हिंसा बढेको पाइन्छ ।

४ राज्यको उदासिनता : अपराधीक क्रियाकलापमा सुन्य सहनशिलताको निति अवलम्बन गरेर अपराधी जोसुकै होस् उसलाई निष्पक्ष अनुसन्धान, छानबिन गरि कानुनको कठघरामा उभ्याउने हो भने अपराध बिस्तारै न्यून हँुदै जान्छ तर यहाँ त्यसो नगरी आफ्नो पार्टीको कार्यकर्ता, नातागोता, भाइभतिज, चन्दादाता आदि भन्दै अपराध र अपराधी लुकाउने गरेकाले झनझन अपराधका घटना बढ्दै गइरहेको छ ।

५ अपराधीक मानसिकता : समाजका ठुलाठालु, गन्ने मान्नेहरु र तिनीहरुका सन्तानहरुले जघन्य अपराध गरे पनि हाम्रो पहुँच छ अपराध लुकाउन सकिन्छ भन्ने अपराधीक मानसिकताको बिकास भएकोले ।

७ आत्मसमर्पण, प्रलोभनमा : पिडकले पीडितलाई पैसा, धन दौलतको प्रलोभनमा पार्ने, गरिबी र अभावमा खेल्ने अनि अपराध लुकाउने वा समर्पण गरेको पाइन्छ । यी र यस्ता बेथितिको अनत्य गरौं । कानुनी राज्यको स्थापन गरौं ।

पृथ्वीलाई सुन्दर बनाउन र सृष्टिलाई निरन्तरता दिन प्रकृतिले नै अनौठो जीवन चक्रको सृजना गरेको छ । प्राणी जगतमा यौन इच्छाशक्ति हुन्छ भने वनस्पतिको परागसेचनको प्रक्रिया चलिरहन्छ । प्राणी जगतमा गर्भधारण हुने, बच्चा जन्मने, हुर्कने, बुढेसकाल हुने अनि मर्ने र अन्त्य हुने प्रक्रिया चलिरहन्छ भने बनस्पतिमा बोटबिरुवाहरु अंकुरण हुने, उम्रन्छ, बढ्छ, हुर्कन्छ अनि फूल फुल्छ । फूलबाट परागसेचन भै फल फल्छ, बूढो हुन्छ अनि अनत्य । त्यसैले प्राणी जगतमा यौन इच्छा प्राकृतिक हो । सबल प्राणीमा यो आवश्यक र अपरिहार्य छ । यौन, यौनइच्छा र आवश्यकता, यौन अपरिहार्यताका बिषयमा घर परिवार, समाज, शिक्षक, राज्य, सरोकारवाला किशोर किशोरी, अभिभावक, सम्बन्धि निकायहरु बीचमा छलफल, बहस चलाउनु पर्छ । ब्यवस्थापनका उपायहरु सुझाउने, सचेतना फैलाएर समाजमा घट्ने यस्ता जघन्य घटना रोक्न पहल गर्नुपर्नेमा सबै जिम्मेवार निकाय मौन छन् । घर परिवार, समाजले यौन र यौन सम्बन्धि विषयलाई असहज, अश्लिल र छाडा विषय भनी परिभाषित गरेर यौन, यौन आवस्यकता, यौन इच्छा शक्तिलाई दबाउने, लुकाउने र सङ्कुचित बनाउँदा समाजमा यौनजन्य अपराधको श्रीङ्खला बढेको छ । कयौं नाबालक र अबोध बालिकाहरु, किशोरीहरु र असहाय, अपहेलित र गरीबिमा बाँचेका महिलाहरू बलात्कारको शिकार हुन बाध्य छन् । बलात्कृत भएका कारण धेरै महिलाहरु घर परिवार र समाजबाट तिरस्कृत भै नरकिय जीवन जिउन विवश छन् भने कति पीडित महिलाहरूले आत्महत्या गरेका छन् । खै त सामाजिक न्याय ?

यौनिकता : समाजमा अपराधीक घटना घट्नुका कारणहरु प्रत्यक्ष रूपमा अनेकौं होलान् । तर अप्रत्यक्ष रुपमा यौन र यौनिकता पनि एक हो । जुन विषयमा घर परिवार र समाजमा खुलेर कुरा, बहस गर्न नसक्नु, समाजमा यौनको विषयलाई सामान्यकरण गर्न नसक्नु अनि यौन, यौनिकतालाई दबाउने र सङ्कुचित बनाउनाले किशोरहरुमा यौन, यौनिकता के हो ? भन्ने उत्सुकता पनि एक महत्वपूर्ण कारण हो । जस्ले गर्दा झनझन बलात्कारका घटनाले बिकराल रुप लिएको देखिन्छ । यी घटना देख्दा सुन्दा राज्यको महिलामाथिको हेराई, दृष्टिकोण अलि निकृस्ट हो कि भन्ने भान हुन्छ ।

प्रकृतिको देन : गर्भधारणमा महिलाको मात्रै जवाफदेहीता ः बलात्कारको घटनामा महिला र पुरुषको सङ्लग्नताभएपनीबलात्कार घटना पछि हुने नतिजा, परिणाम महिलाले मात्र बहन गर्नुपर्ने हुन्छ । जस्तै बलात्कार पछि महिलाहरु गर्भवती हुनसक्छन् । यो प्रकृतिले निदृष्टि गरेको महिलामाथिको निकृस्ट नियमहो । तर पुरुषलाई कुनै केही समस्याहुँदैन ।यदिगर्भ रहनगयो भने पनि यो समाजले बलात्कार गर्ने पुरुष रअपराधीलाई मौन सहमति दिन्छ वा सामान्य रुपमा लिन्छ भने त्यही पीडित महिला नै समाजबाट मानसिक यातना, अपहेलना र तिरस्कार सहनु परेको छ भने पुरुषमा त्यो झन्झट बेहोर्नु नपर्ने भएकाले पनि पुरुषहरूको मनोबल बढेको हुनसक्छ ।

बिभेदकारी राज्य र राज्य समंयन्त्र : पीडितहरुको पक्षपोषण गर्ने, संरक्षण गर्ने, न्याय दिने जिम्मेवारी राज्यको हो भने महिला, बालबालिकाका हकहितका लागि खोलिएका संघसंस्था, गैरसरकारी संस्था, मानवअधिकार आयोग, महिलाअधिकार आयोग, महिला मन्त्रालय आदि संयन्त्रले पनि प्रतिष्ठित, पद पैसा, पहुँच भएका सम्पन्न र धनाढ्यहरुको नै पक्षपोषण गरेको देखिन्छ । यी संयन्त्रले पीडित महिलाहरुलाई न्याय दिन प्रतिबद्ध भै महिलामाथी हुने सबै प्रकारका हिंसा, अपराधीक घटना विरुद्ध कडा आवाज उठाउने र सम्बन्धित निकायलाई न्याय निरुपण गर्न बाध्य तुल्याउने हो भने महिलामाथी हुने गरेको अन्याय अत्याचार र हिंसा घट्दै जान्छ । त्यसैले राज्यले अपराधीमाथी शून्य सहनशीलताको निति अवलम्बन गरि समाजमा अमन चैन, शान्ति सुरक्षा स्थापित गरौं । कानुनी राज्यको प्रत्याभूति दिलाऔ । सामाजिक न्याय स्थापित गरौं ।

पितृसत्तात्मक सोच : हाम्रो समाज पितृसत्तात्मक सोचबाट जगडिएको छ । जुन समाजले पुरुषलाई प्रधान ठान्छ भने महिलालाई सधै दोस्रो दर्जाको हो भन्ने सोच राख्दछ । त्यसैले पुरुषहरूको हरेक गल्ती कमिकमजोरीलाई ढाकछोप र सामान्यिकरण गर्ने गरेकाले पुरुषहरूको मनोबल बढ्न गै अपराध झन बढेको छ । जस्ले गर्दा अशिक्षित, गरिबी, निमुखा र सीमान्तकृत समुदायका महिलाहरु विभिन्न हिंसा बेहोर्न बाध्य बन्दै छन । यो मेरो अनुभूति हो ।

सामाजिक बहिष्कार : हामी मानव सामाजिक प्राणी हौं । समाजिक मुल्य मान्यताबाट अलग भएर बाँच्न सक्दैनौं र सक्दैनन् । त्यसैले समाजमा शान्ति, अमनचैन कायम राख्ने जिम्मेवारी हामी सबैको भएकाले समाजमा अशान्ति फैलाउने र हत्या हिंसा गर्ने बलात्कारका घटनामा सहभागी हुने अपराधीहरुलाई सबैले सामाजिक बहिस्कार गरौं । समतामूलक समाज निर्माण गर्न सबैले हातेमालो गरौं ।

देशमा राज्य व्यवस्थामा धेरै परिवर्तन आयो । जहाँनिय राणा शासनको अन्त्य, पन्चायती व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्र आयो । लोकतन्त्र हुँदै गणतन्त्र भोगी रहेका छौ । धेरै प्रधानमन्त्री फेरिए । धेरै मन्त्रीहरु फेरिए । अनगिन्ती सांसद, महिलामन्त्री, महिला सांसद, विभाग, मन्त्रालयका प्रमुख भए । देशको राष्ट्रपति महिला छन् । तर सीमान्तकृत समुदाय, महिला, महिलामाथी हुने अन्याय अत्याचार, हत्या हिंसा, घरेलु हिंसा, यौनहिंसा बेचबिखन, बलात्कारका घटनामा कुनै तात्विक भिन्नता छैन । झन दिनदिन जस्तो अपराधीक घटना बढेका छन् । शक्तिमा पुग्न सबै पार्टी, महिलाले आदर्शका, समानताका नारा दिने गरे पनि शक्तिमा पुगेपछि आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुने गरेका छन् । सामाजिक सरोकार, जनताको आवश्यकताका विषयमा बहस छलफल गर्नुपर्नेमा राजनीतिक खिचातानी, कुर्सी र पद बचाउन सबै शक्तिको प्रयोग गर्न व्यस्त छन् । जनताप्रति उत्तरदायी हुनुपर्ने प्रतिनिधिहरु नेता, नेतृत्वको चाकरी गरेर पद टिकाउने खेलमा लाग्दा जनताको जनजिविकाका सवाल ओझेलमा परेका छन् । व्यवस्था बद्लियो तर जनताका विवशता फेरिएन । जनता अनेकौं दुख पिडाका दलदलमा नरकिय जीवन जिउन विवस छन् । सामाजिक न्याय स्थापित गर्ने, समतामूलक समाज निर्माण गर्ने, कानुनी राज्य स्थापित गर्ने, गरिब, किसान मजदुर, महिला, अल्पसंख्यक र सिमान्तकृतहरुको हकहितको लागि काम गर्छौ भनी प्रतिबद्ध भै राजनीतिमा होमिएका नेता कार्यकर्ताहरु भ्रष्टाचार, घुस, ठेक्का पट्टा, कमिशनको दलदलमा फस्दै गए । बिलासी जीवन बाँच्न थाले । सुख भोगको अभिलाषा बढ्दै जानाले नेता कार्यकर्ताका स्वार्थ प्रधान तर जनताको समस्या गौण भै दियो । त्यसैले जनताको समस्या ज्युँक त्युँ छन् । महिलाहरु हत्या हिंसा, बलात्कार, एसिड आक्रमणको शिकार भैरहेका छन् । सरकार, राजनैतिक पार्टी जनजिविकाको सवालमा निकृस्ट र निस्प्रभावी भएकाले अब हामी जनस्तरबाट जनसरोकारका बिसयमा खुलेर आवाज बुलन्द गरौं । समाजमा रहेका विकृती विसङ्गतिको विरोध गरौं । जिम्मेवार निकायलाई खबरदारी गरौं र जिम्मेवार बनाऔं । मानव जीवन सबैको अमुल्य र सर्वोच्च छ त्यसैले अब यी हत्या हिंसा, बलात्कारका घटनाबाट मानव जीवनको क्षति रोक्न सबै क्षेत्र, वर्ग, समुदाय, सरोकारवालाहरुले सामूहिक प्रण गरौं ।

समाजमा हुने अपराधीक घटनाको अनत्य गर्न के के उपाय हुनसक्छ ? बहस पैरवी गरौं, छलफल गरौ । मानिसको तनाब, उत्तेजना, रिस आवेग कम गर्ने उपाय के के हुनसक्छ ? जस्तै युवाहरूलाई खेलकुदमा सहभागी गराउन सकिन्छ जस्ले गर्दा मानिसमा उत्पन्न हुने नकारात्मक भावलाई निस्तेज पार्न सहयोग मिल्छ । खेलले मानिसको चौतर्फी बिकास हुन्छ । युवाहरूलाई जिम्मेवार नागरिक बन्न सहयोग गर्छ । त्यस्तै शारीरिक सुगठन, व्ययाम वा जिमखानालाई सरलीकरण गरि वा सबैको पहुँचमा पु¥याउन सके मानिसको शारीरिक, मानसिक, बौद्धिक र भाषिक विकास भै उच्च व्यक्तित्वको विकास हुन्छ जस्ले गर्दा अपराधीक मानसिकताबाट टाढा बनाउन सकिन्छ । खेलकुदमा सहजताका लागि टोल टोलमा खेल मैदान, खेलकुद सामाग्रीको ब्यवस्था गरि खेललाई सबैको पहुँचमा पु¥याउन सक्नुपर्छ । किनकि सबैमा कबोर्ड हल जाने क्षमता हुँदैन । जिमखानामा पहुँच बढाउन टोल टोलमा निःशुल्क उपलब्धता हुन जरुरी छ । किनकि सबै नेपालीको क्लब जाने हैसियत छैन । जस्ले गर्दा युवाहरू ब्यस्त रहनुका साथै चौतर्फी विकास हुने हुनाले युवाहरू इमान्दार, सज्जन र सामाजिक दायित्वबोध हुने हुँदा अपराधीक घटना न्यून हुनसक्छ । टोल टोलमा लाइब्रेरीको ब्यवस्था गर्ने र महिना महिनामा हाजिरी जवाफ, बादविवाद प्रतियोगिताको आयोजना गर्ने साथै आकर्षणमा पुरस्कारको ब्यवस्था गरेर युवाहरूलाई आकर्षण गराई खोज र अनुसन्धानमुलुक शिक्षातर्फ आकर्षण गर्न सकिन्छ भने बौद्धिक विकास गर्न लाइब्रेरीको पनि उचित उपयोग हुनसक्छ । पढ्ने लेख्ने बानीको बिकास गरि राम्रा र उपयोगी, उत्प्रेरणामुलक ज्ञानको सञ्चार गर्न सकिन्छ । सामाजिक दायित्वबोध गराई अपराधिक मानसिकताबाट टाढा राख्न सकिन्छ । समाजमा शान्ति, अमनचैन स्थापित गर्ने उत्तरदायित्व सरकारको हो त्यसैले स्थानीय, प्रदेश र सङ्घिय सरकारले ऐक्यबद्धताका साथ सहकार्य गरौं । असल नागरिक उत्पादन गरौं । यौन, यौनिकता सम्बन्धि सहजीकरण गरौं । यौन भनेको प्राकृतिक कुरा, आवश्यकता हो भनि सामान्यिकरण गरौं । घर परिवार, समाजमा खुलेर कुरा गर्ने आफ्नो अनुभूति खुलेर आदानप्रदान गर्न सक्ने वातावरणको विकास गरौं । महिला हत्या हिंसा, बलात्कार बन्द गरौं । माथी उल्लेखित काम गर्न राज्यको तर्फबाट गर्नुपर्ने, दिनुपर्ने सबै प्रकारका योगदानको अपेक्षा गर्दछु । हामी गरिब निमुखा महिला पनि मान्छे हौं ।

हामी सिमान्तकृत, अल्पसंख्यक पनि मानव हौं । त्यसैले हामी पनि यो समाजमा स्वतन्त्र र निर्भीकता साथ बाँच्न सकौं । राजनैतिक पार्टी, नेता कार्यकर्ताहरु जनताप्रति उत्तरदायी होउन् । हाम्रो देश सबै जाती, समुदायको, सबै भाषी, सबै धर्मावलम्बिको, सबै क्षेत्र र बर्ग, सबै नेपालीको समान र साझा फूलबारी बनोस् । हामी नेपाली कसैको गुलामी बन्न नपरोस् । स्वाभिमानी भएर विश्व सामु उभिन पाऔ । सुखी नेपालि समृद्ध नेपाल बनाउने चाहना चाँडै पूरा होस् । दिनदिनै सुन्न बाध्य बलात्कारका घटनाले यो लेख्न लेख्न झकझक्यायो । धन्यवाद ।।

वि.सं.२०७७ साउन २० मंगलवार ११:५० मा प्रकाशित

NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...