Sansar News- Nepal's Fast Khabar Online News Portal

ओलीले पार्टीको विधि र पद्धतिलाई लत्याउँदा समस्या आएको हो

संसार न्यूज़
२ महिना पहिले
ओलीले पार्टीको विधि र पद्धतिलाई लत्याउँदा समस्या आएको हो

काठमाडौं । सत्तारुढ नेकपा आन्तरिक विवादका कारण समस्यामा छ । विवादकै कारण महिनौंदेखि बैठकहरु पनि सञ्चालन हुन सकेका छैनन् । विवाद चुलिँदै जाँदा पार्टी नै विभाजन उन्मुख भएको पनि चर्चा नेकपाभित्रै छ ।

पार्टी विभाजनसम्मकै तहमा पुगेको चर्चा चलिरहँदा संसार न्यूजले नेकपाभित्रकै नेताहरुसँग विवादबारे जान्ने कोसिस गरेको छ । आज हामीले नेकपाकी केन्द्रीय सदस्य एंव प्रभावशाली महिला नेतृ उर्मिला अर्यालसँग नेकपाभित्रको विवादबारे छलफल गरेका छौं । नेकपाभित्रको विवाद र त्यसको निकासबारे नेतृ अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेकपाभित्रको विवादलाई कसरी हेर्नुभएको छ ? खास विवाद के हो ?

नेकपाभित्रको मुख्य विवाद, समझदारीअनुसार पार्टी सञ्चालन हुन नसक्दा हो । पार्टी एकतापूर्व भएका सहमतीलाई पुरै अवज्ञा गर्ने काम हुँदा असन्तुष्टी बढेको हो । पार्टी एकतापूर्व भएका समझदारीअनुसार पनि आधा/आधा अवधी प्रधानमन्त्री चलाउने भन्ने थियो । दुईजना नै अध्यक्ष बस्ने भन्ने थियो । तर त्यो सहमतीलाई केपी कमरेडले स्वीकार नै गर्न सक्नु भएन । उहाँमा मैंले जे गरेपनि हुन्छ भन्ने सर्वसत्तावादी सोंच देखियो ।

केपी जीले पार्टी र सरकार दुवै चलाउने गरि भूमिका खोज्नुभयो । जसको कारण पार्टी र सरकार दुवै गतिशिल हुन सकेनन् । यो तीन वर्षमा न पार्टी चल्यो न सरकार । सरकार पनि मनमौजी रुपमा चलेको छ । न शीर्ष नेतृत्वसँग सहकार्य छ न त पार्टीसँग ।

नेकपाभित्रको मुख्य विवाद, समझदारीअनुसार पार्टी सञ्चालन हुन नसक्दा हो । पार्टी एकतापूर्व भएका सहमतीलाई पुरै अवज्ञा गर्ने काम हुँदा असन्तुष्टी बढेको हो । पार्टी एकतापूर्व भएका समझदारीअनुसार पनि आधा/आधा अवधी प्रधानमन्त्री चलाउने भन्ने थियो । दुईजना नै अध्यक्ष बस्ने भन्ने थियो । तर त्यो सहमतीलाई केपी कमरेडले स्वीकार नै गर्न सक्नु भएन । उहाँमा मैंले जे गरेपनि हुन्छ भन्ने सर्वसत्तावादी सोंच देखियो ।

पार्टी एकता हतार–हतार भएको थियो । एकता लगत्तै चुनावमा जाने स्थिति बन्यो । अहिले पनि गाउँपालिका, नगरपालिका तहमा पार्टी एकता प्रक्रिया पुरा हुन सकेको छैन् । जिल्ला कमिटीका पूर्णं बैठकहरु बस्न सकेका छैनन् । अहिलेसम्म पनि केन्द्रमा विभागहरु रिक्त छन् । डिएनए टेस्ट नगरी स्वीकृत नगर्ने रोगले गर्दा जताततै हालत उस्तै बनाएको छ । जिल्लाको सुकुम्बासी आयोग गठन गर्दा पनि नेता तथा कार्यकर्ताको डिएनए टेस्ट गरेर मात्रै राख्ने शैलीमा ओली कमरेड अगाडि बढिरहनु भएको छ ।

सबैलाई पाखा लगाएर आफुँ मात्रै अगाडि जाने शैली जब ओली कमरेडले अपनाउनु भयो तब पार्टीभित्र विवाद देखिएको हो । पार्टी र सरकार दुवै असफल हुने अवस्था आउँदा अन्य कमरेडहरुले प्रश्न उठाउनु भएको हो ।

के पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्नु नै समस्या हो ?

कम्युनिष्ट पार्टीको मुटु भनेको सांगठनिक नेतृत्व हो । जसको परिपालना गरिनु अति महत्वपूर्णं हुन्छ । तर, ओली कमरेडले कम्युनिष्ट मूल्य मान्यतालाई पुरै अस्वीकार गर्दै अगाडि बढ्न खोज्नुभएको छ । अर्को कुरा पार्टी एकता गर्दै गर्दा समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने कुरा थियो । त्यसको लागि पार्टी र सरकार सञ्चालनमा कस्तो मोडेल अपनाउने भन्ने पनि विषयमा पनि छलफल भएको थियो । यसमा हालका प्रधानमन्त्री ओलीजी पुरै हिजैको धङधङीमा हुनुहुन्छ ।

पार्टी एकता गर्दा बहुदलीय जनवाद र एक्काइसौं सताब्दीको जनवाद दुवैलाई समायोजन गरेर जनताको जनवाद भन्ने विचारलाई अवधारणा बनाएर अगाडि बढ्ने सम्झौता भएको थियो । अहिले आएर ओली कमरेड जबजको कुरा गर्ने, आफ्नै पाराले सरकार सञ्चालन गर्ने काम गरिरहनु भएको छ ।

मुख्य समस्या, केपी जीले पार्टीलाई विधिवत तरिकाले चल्न नदिँदा भएको हो । पार्टी एकताको तीन/तीन वर्षसम्म पनि एकता प्रक्रिया सकिएको छैन् । उहाँ आफैं अध्यक्ष बस्ने हो भने पनि सम्पूर्णं विभागहरुलाई चलाएमान बनाउनुपर्यो । सरकार सञ्चालनको सन्दर्भमा पनि विधि र प्रक्रियालाई प्रयोग गर्नुपर्यो । यदि विधि र प्रक्रियालाई स्वीकार गरेको भए सरकार यति विवादित हुने थिएन । जनअपेक्षामा तुसारापात लाउने अवस्था हुने थिएन ।

मुख्य समस्या, केपी जीले पार्टीलाई विधिवत तरिकाले चल्न नदिँदा भएको हो । पार्टी एकताको तीन/तीन वर्षसम्म पनि एकता प्रक्रिया सकिएको छैन् । उहाँ आफैं अध्यक्ष बस्ने हो भने पनि सम्पूर्णं विभागहरुलाई चलाएमान बनाउनुपर्यो । सरकार सञ्चालनको सन्दर्भमा पनि विधि र प्रक्रियालाई प्रयोग गर्नुपर्यो । यदि विधि र प्रक्रियालाई स्वीकार गरेको भए सरकार यति विवादित हुने थिएन । जनअपेक्षामा तुसारापात लाउने अवस्था हुने थिएन ।

स्वास्थ्य समस्या र व्यवस्थतालाई ख्याल गरेर पनि उहाँले प्रधानमन्त्री भए पनि पार्टीमा भूमिका लिनुहुँदैनथ्यो । अर्को कुरा एकताको समझदारी अनुसार पनि केपी जिले एउटा पद त छोड्नु नै पर्छ । तर उहाँले कार्यकारी अध्यक्षले बैठक सञ्चालन गर्दा पनि प्रश्न उठाएर भाँडोभैलो मच्चाउने प्रवृत्ति देखाउनु भईरहेको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउन घेराबन्दी गर्ने, सरकार सञ्चालन अनि पार्टी सञ्चालनमा असहयोग गर्ने गरेको पनि आरोप पनि छ नि ? कतै समस्या त्यताबाट पनि हो की ?

नेपालमा गणतन्त्र ल्याउन प्रचण्ड कमरेडको त्याग र बलिदानी ठूलो छ । केपी जी त आन्दोलन चलिरहँदा ‘बयलगाडामा चढेर अमेरिका पुगीन्छ र ?’ भन्ने तर्क गर्ने मान्छे हो । अनौठो विषय गणतन्त्रको सबैभन्दा बढि मर्म नबुझेको उहाँहरु अब फाईदा लिने ठाउँमा पुग्नुभएको छ । मलाई लाग्छ यो पनि निकै ठुलो समस्या हो ।

कोरोनाको यस्तो महामारी बेलामा पनि पनि आफ्नो पक्षमा जुलुस निकाल्ने, युवाहरुलाई उचाल्ने, भिडभाड गर्ने काम उहाँहरुले गर्नुभएको छ । पार्टीलाई अवज्ञा गर्ने, छुट्टै एमाले पार्टी दर्ता गर्ने, आफैंले टिका लगाएर पार्टी दर्ता गर्न पठाउने काम के अरुले गरेको हो र ? यो विषय गम्भीर छैन् ?

नेपालमा गणतन्त्र ल्याउन प्रचण्ड कमरेडको त्याग र बलिदानी ठूलो छ । केपी जी त आन्दोलन चलिरहँदा ‘बयलगाडामा चढेर अमेरिका पुगीन्छ र ?’ भन्ने तर्क गर्ने मान्छे हो । अनौठो विषय गणतन्त्रको सबैभन्दा बढि मर्म नबुझेको उहाँहरु अब फाईदा लिने ठाउँमा पुग्नुभएको छ । मलाई लाग्छ यो पनि निकै ठुलो समस्या हो ।

दुई वटा पार्टी मिलेर नेकपा भएर नेकपाको तर्फबाट प्रधानमन्त्री भएको व्यक्ति हो केपी जी । विद्या कमरेडलाई पनि राष्ट्रपति नेकपाले नै बनाईदिएको हो । अहिले उहाँ सबैको राष्ट्रपति हो । राष्ट्रपति जीको भूमिका पनि विधि अनुसारको पटक्कै रहने । अनि ओली कमरेडमा त सबै म एकलै भएको हो भन्ने दम्भ छ ।

पार्टीले चाहेको मुख्य कुरा भनेको पार्टी निर्णयबाट सरकार चलोस् भन्ने हो । पार्टीले सुझाव सहयोग राम्रै गर्छ । त्यसको जिम्मेवारी पार्टीले पनि लिन्छ । सही गलत जे भएपनि त्यो जिम्मेवारी लिन्छ । तर यस्तोमा उहाँले पार्टीलाई पुरै लत्याएर मैंमक्त भएर हिडिँरहनु भएको छ, त्यो चाहिँ ठिक छैन् ।

गैह्रजिम्मेवार तरिकाले मोजमस्ती गर्ने, आफ्नै भरौटेहरुलाई मात्रै पु¥याई राख्ने, जुलुस निकाल्ने, पार्टी विधि र पद्धतीलाई नटेर्ने, पार्टी दर्ता गर्ने, यी समग्र चीजले पार्टीलाई धराशाही पार्ने खालको काम भएको छ । अनि उहाँलाई सहयोग भएन भन्नु त्यो तर्कसंगत हुँदैन् ।

विवादकै कारण स्थायी समिति बैठक अनिर्णित जस्तो बनिरहेको छ । यसको निकास कसरी खोजिनुपर्छ भन्ने ठान्नुहुन्छ ?

पार्टी विधि पद्धतीमा बैठक, भेलाबाट नै आन्तरिक समस्याको खोजी गर्नुपर्छ । तर केपी जी स्थायी कमिटीको बैठकमै आउनुहुन्न । बैठक एकपक्षीय रुपमा स्थगन गर्न खोज्नुहुन्छ । कसरी असन्तुष्ट पक्षका नेताहरु चोर्ने भनेर लाग्नुहुन्छ ।

अहिलेको अवस्थालाई हेर्दा केन्द्रीय समितिबाट समाधान खोज्नुको विकल्प देखिन्न । नियमित हिसाबले पनि ३/३ महिनामा स्थायी समिति बैठक र ६/६ महिनामा केन्द्रीय समितिको बैठक बस्ने हो । तर बैठक बस्ने विषयमा पार्टीको विधि पद्धतिलाई पुरै लत्याइएको छ ।

अब स्थायी समितिको बैठकबाट समाधान निकाल्न मिल्ने तहसम्म स्थायी कमिटीबाट र नमिले तहसम्म केन्द्रीय समितिबाट समाधान खोजिनुपर्छ । केन्द्रीय कमिटीको बैठकबाट पार्टीले जे निर्णय गर्छ त्यसलाई उहाँले स्वीकार गरेर जानुपर्छ ।

यदि केन्द्रीय समिति राख्न अध्यक्ष ओली जी तयार हुनुभएन वा स्थायी समितिमा जस्तै अनुपस्थित हुनुभयो भने त्यो अवस्थामा निकास के हुन्छ ?

यदि त्यो अवस्थालाई स्वीकार गर्नुभएन भने उहाँको पछि हामी सधैंभरि हिँडिरहने अवस्था हुन्न । उहाँको पछाडि लाएर नेकपा र देशको भविष्य स्वाहा पार्न सकिन्न । त्यो अवस्थामा केन्द्रीय कमिटीको अधिकतम सदस्यहरुको उपस्थितिमा बैठक बोलाउने र त्यहाँबाट निर्णय गरेर जानुपर्ने हुन्छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…