Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

संसार न्यूज़
२ महिना पहिले
यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
घरेलु कामकाजमा समय बित्नेछ । परिवारजनसँग असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा व्यर्थैमा दुस्ख पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ । बिनाकारण साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले पनि समस्या निम्त्याउन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बोलीको गलत अर्थ लाग्न सक्छ । बलजफ्ती गर्दा वादविवादमा परिएला । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिको उपयोगले मात्र काम बनाउन सकिनेछ । तर अरूको मुख ताक्ने बानीले योजना अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश सामान्य देखिए पनि व्यावहारिक चिन्ताले सताउनेछ । मिहिनेतपूर्वक गरेको कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । यात्रा गर्दा दुःखपाइनेछ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

वि.सं. २०७७ साउन २१ बुधवार ( इ.स. २०२० अगस्ट ५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज क-कसलाई छ त शुभ ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…