Sansar News- Nepal's Fast Khabar Online News Portal

बमबहादुर र शिवा आले कार्कीको नयाँ तीज गीत “बामरी” सार्वजनिक

लालबहादुर ढेंगा, दुबई, युएई
२ महिना पहिले
बमबहादुर र शिवा आले कार्कीको नयाँ तीज गीत “बामरी” सार्वजनिक

दुबई । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जादा खासगरी कलाकारिता क्षेत्रमा भएका कलाकारहरु बिशेष गरी तीजको गीत गाउन र भिडियो निर्माण तिर व्यस्तता बढ्न थालेको पाईन्छ । यसै क्रममा गएको ३० जुलाईका दिन वरिष्ठ लोक तथा दोहोरी गायिका शिवा आले कार्कीको नयाँ तीज गीत “बामरी” को म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

उक्त गीतमा लामो समयदेखि लोक गीत संगीतको क्षेत्रमा स्थापित भएका वरिष्ठ लोक तथा दोहोरी गायक एवम् कुशल सर्जक बमबहादुर कार्कीको लय तथा शब्द सिर्जनाले भरिएको छ भने गीतलाई युवा पुस्ताका जल्दाबल्दा कलाकार महेन्द्र भण्डारीको संगीत संयोजनले सजाईएका छन् ।

मारुनी डिजिटल स्टुडियो काठमाण्डौंमा रेकर्ड गरिएको सो गीतलाई कुमार राना मगरले मिक्सिङ्ग गरेको छ । त्यसै गरी साई भिजन प्रा.लि.को दृश्य निर्माणमा रहेको गीतलाई प्रकाश भट्टले कोरियोग्राफी र निर्देशन दिएका छन् । मोडल रुविना अधिकारीको अभिनय रहेको छ भने बिष्णु शर्माले सम्पादनमा आफ्नो भूमिका निर्वाह गरेको छ ।

बिगत २८ बर्षदेखि लोक गायक कार्की र ३३ बर्षदेखि लोक गायिका आलेको यस सांगीतिक क्षेत्रमा अहम भूमिकाहरु रहेको पाईन्छ । गोरखा म्युजिकको प्रस्तुति र गीता श्रेष्ठको समुह स्वर रहेको यस भिडियोलाई सबैले माया गरिदिनका लागि बमबहादुर कार्कीले आग्रह समेत गरेका छन् । यस बर्ष बिश्वव्यापी नै कोरोनाको माहामारीकको त्रास भएता पनि कलाकारहरु भने आ–आफ्नै तरिकाबाट संगीतलाई अगाडि बढाएको पाईन्छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…