Sansar News- Nepal's Fast Khabar Online News Portal

एनसेल सार्वजनिक कम्पनीका रुपमा दर्ता, सर्वसाधारणमा शेयर जारी गर्ने बाटो खुल्ला

संसार न्यूज़
२ महिना पहिले
एनसेल सार्वजनिक कम्पनीका रुपमा दर्ता, सर्वसाधारणमा शेयर जारी गर्ने बाटो खुल्ला

२१ साउन, काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक (पब्लिक) कम्पनीमा  रुपान्तरण भएको छ । नेपाल सरकार उद्योग, वाणिज्यय तथा आफूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार एनसेल प्रा.लिलाई सार्वजनिक कम्पनीमा  रुपान्तरण गरेसँगै अब एनसेल पब्लिक कम्पनी बनेको छ ।  कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेललाई ‘एनसेल आजियटा लिमिटेड’का दर्ता गराएको हो । औपचारिक रुपमा प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब ‘एनसेल आजियटा लिमिटेड’ रहेको छ ।

अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको एनसेलले अब सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएको छ । लाभकर विवादका कारण सार्वजनिक कम्पनीमा जानबाट रोकिएको एनसेलको अब भने सेयर जारी गर्ने बाटो खुलेको हो ।

कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ । जसमा पाँच करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । एनसेलको चुक्ता पूँजीे १० करोड रुपैयाँ छ । एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नसक्छ ।

एनसेल आर्थिक वर्ष २०७६–७७ को सबैभन्दा ठूलो करदाता कम्पनी हो । एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले अघिल्लो आर्थिक वर्ष लाभकर वापत भुक्तानी गरेको २२ अर्ब रुपैयाँ तथा लाभकरबाहेक ११ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७६–७७ मा एनसेलले आयकर र भ्याट दुवै जोडेर सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर तिरेको छ ।

मेरो मोबाइलको नाममा आफ्नो सेवा विक्री गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई विक्री गरेपछि त्यसयता एनसेलको रुपमा सेवा सञ्चालन हुँदै आएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीको रुपमा रहेको एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।

 

 

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…