Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिकाले दिनुपर्ने छ त विशेष ध्यान ?

संसार न्यूज़
२ महिना पहिले
यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिकाले दिनुपर्ने छ त विशेष ध्यान ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरुषार्थी काम प्रारम्भ हुने छ । प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । भाग्यले विभिन्न अवसर जुराउने समय छ। सामाजिक तथा पदीय जिम्मेवारी प्राप्त हुनेछ । नसोचेको अवसर आउनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। काम देखाएर फाइदा लिने समय छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । खर्च बढ्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि तत्कालका समस्या टार्न सकिनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन् । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरी सच्याउन केही समय जुट्नुपर्ला। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्य प्राप्ति हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

(वि.सं. २०७७ साउन २२- बिहीवार इ.स. २०२० अगस्ट ६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…