Sansar News- Nepal's Fast Khabar Online News Portal

कुखुराको भाले आठ महिनापछि प्रहरी हिरासतबाट रिहा !

संसार न्यूज़
२ महिना पहिले
कुखुराको भाले आठ महिनापछि प्रहरी हिरासतबाट रिहा !

संसार विचित्र छ, विचित्र यो संसारमा विभिन्न खालका समाचारहरु सुन्न पाइन्छ । यहाँ कुरा गर्न लागिएको हो एक कुखुराको खबर । पाकिस्तानको सिन्ध प्राप्तको घोटामी जिल्लामा एउटा कुकुराको भाले आठमहिनापछि प्रहरी हिरासतबाट रिहा भएको छ । घोटामीको स्थानीय अदालतले पुलिस हिरासतमा रहेको एक भालेलाई रिहा गर्ने र त्यसको मालिकलाई हस्तान्तरण गर्ने आदेश दिएको हो ।

सिन्धका दुई प्रहरी स्टेशनमा पाँच कुखुराहरु पुलिसको पाहुना बनेर थिए, त्यसमध्ये एउटालाई रिहाको आदेश मिलेको छ ।

पुलिसले उनीहरूलाई कुखुराको भालेको खेल खेलाउने व्यक्तिहरूसहित पक्राउ गरेको थियो ।

हालै घोटामीको स्थानीय जफर मिरानीले सिभिल न्यायाधीशको अदालतमा पुलिस हिरासतमा रहेका कुखुराहरुलाई रिहा गरिनु पर्ने र उनीहरूलाई मालिकलाई सुम्पिनु पर्ने भन्दै अपील गरेका थिए ।

अपिलकर्ताको दलिल थियो कि कुनै निजी कामले उनी केही समय कराचीमा बस्दै आएका थिए । त्यसैले उनले आफूलाई कुखुराको मालिक भनेर दावी गर्न सक्दैनथे ।

अदालतले जफर मीराणीको अपीललाई स्वीकार ग¥यो र कुखुरा उनीहरूलाई हस्तान्तरण गर्न प्रहरीलाई आदेश दियो । पुलिसले अदालतको आदेश अनुसार कुखुरा बुझायो ।

पाहुना कुखुरा, पुलिसलाई सास्ती
पाहुना कुखुरा भालेलाई पुलिसले आफ्नो खल्तीबाट खर्च गर्नुपर्दथ्यो । भाले लडाईमा सामेल आरोपीहरु जमानतमा रिहा भएपनि कुखुराको भालेहरु पुलिसको पाहुना बनेर रहे ।

पुलिस इन्चार्ज मुमताज सिर्की भन्छन् ‘आरोपितहरुलाई जमानतमा रिहा गरिएको थियो तर यी कुखुराको मुद्धा सम्पत्तिको रुपमा पुलिसको साथ रहे । जबसम्म अदालतले ती कुखुराहरुका बारेमा कोही फैसला गदैनथ्यो तबसम्म कुखुराहरु सुरक्षित राख्ने जिम्मेवारी पुलिस स्टेशनको थियो ।
ती कुखुराहरु पुलिस स्टेशनमा लकअपमा राखिएका थिएनन् बरु उनीहरूलाई खुला ठाउँमा राखिएको थियो, तर उनीहरुको खुट्टामा डोरी भने बाँधिएको थियो ।

ती कुखुराहरू दैनिक एक सय रुपैयाको चारो खान्थे । पुलिसले चारोको खर्च आफ्नै खल्तीबाट तिर्नुपर्दथ्यो ।

प्रहरी चौकीका एक अफिसरलाई यी कुखुराहरू हेरचाह गर्ने जिम्मेवारी दिइएको थियो । यदि तिनीहरू बिरामी परेभने तिनीहरूलाई पशुसेवा विभागका डाक्टरलाई देखाउनु पर्दथ्यो ।

एक प्रहरीका अनुसार ती कुखुराहरुलाई बिराला र कुकुरबाट पनि जोगाउनु तिनीहरूको महत्वपूर्ण जिम्मेवारीको हिस्सा थियो । किनकि यदि तिनीहरूले कुनै क्षति गरेमा अदालतले असन्तुष्टि व्यक्त गर्न सक्दछ ।

कुखुराहरु कसरी पुगे पुलिस हिरासतमा ?
पुलिसले ती कुखुराहरुलाई केहि महिना अघि करीब दुई दर्जन व्यक्तिसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबै व्यक्तिहरु जमानतमा रिहा भए तर रिहा हुने कसैले पनि कुखुराको स्वामित्व दाबी गरेनन् ।

एफआईआरमा उल्लेख गरिएको हुनाले ती कुखुराहरू मुद्दाको ‘सम्पत्ति’मा दर्ता भएका थिए । ती सबै पुलिस स्टेशनमा नै थिए । पुलिसका अनुसार, कुखुरा भाग्यो भने उनीहरूलाई धेरै समस्या हुनसक्छ ।

पाकिस्तानको ग्रामीण इलाकामा कुखुराको लडाई मनपर्ने खेल हो ।

यसमा, कुखुराको हात जितमा सर्त राखिन्छ । यो खेलमा धेरै कुखुराहरू मरेका पनि छन् ।

कुखुराको लडाई हेर्न सौखिन मान्छेहरु होसियालीका साथ कुखुराको पालनपोषण गर्छन्, उनीहरूको नाम राख्छन् र तिनीहरूको खानपिनको विशेष ध्यान राख्छन् ।

भाले लडाउने खेल अपराध हो
पाकिस्तानमा कुखुराको भाले लडाउने खेललाई एक अपराध घोषणा गरिएको छ जसको लागि यो एक बर्षसम्म सजाय तथा ५०० रुपैयाँ जरिवाना पनि हुन सक्छ ।

पुलिसका अनुसार यदि कुनै गाईवस्तु समातिएमा तिनीहरूलाई सरकारी फार्ममा पठाइन्छ, तर चराहरू र कुखुरालाई के गर्ने भन्ने कुनै कानुनी व्यवस्था छैन । वकिल लाला हसन पठानका अनुसार यस मुद्धामा कानून मौन छ ।

पठानका अनुसार पुलिसले सामान्यतया मुद्धा डायरीमा उल्लेख गर्दैन, या त तिनीहरूलाई मालिकलाई हस्तान्तरण गर्दछ वा आफै प्रयोग गर्दछ ।

यस्ता कम मात्र मुद्धा हुन्छन्, जहाँ कुखुराहरूलाई मुद्धाको अंश बनाइएका छन् । यी कुखुराको मामलामा समस्या केवल यो थियो कि न त कोहीले कुखुरा आफ्नो भएको दावी पेश गरे न त पुलिसले तिनीहरूलाई प्रयोग ग¥र्याे । पुलिसले कुखुरालाई मुद्दाको हिस्सा बनाएको कारण यो जटिलता पैदा भएको हो ।(एजेन्सी)

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…