Sansar News- Nepal's Fast Khabar Online News Portal

लौ हेर्नुहोस ‘लकडाउनको तिज’ (भिडियो)

संसार न्यूज़
२ महिना पहिले
लौ हेर्नुहोस ‘लकडाउनको तिज’ (भिडियो)

२३  साउन, काठमाडौं । नारीहरुको विशेष पर्व तिज आउँन अझै पनि केहि दिन बाँकी छ । तिज गीतहरुको नेपाली सांगीतिक बजारमा छुट्टै प्रकारको चर्चा हुने गरेको छ । तिज गीतहरुले मौलिकता भुलेको, अश्लिल भाषा शैलिको प्रयोग भएको, ३/४ महिना अगाडि देखिनै गीत युट्युव तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप कलाकारहरुलाई लाग्ने गरेको छ।

यसपटक कोरना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्। यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन्।

यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्कीकविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन् । स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्कीकविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।

२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…