Sansar News- Nepal's Fast Khabar Online News Portal

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

संसार न्यूज़
२ महिना पहिले
नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

२३ साउन । उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ । तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

बिहीबार राति बिहानीपखबाट शुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताएका छन ।

मोहमदले सिन्ह्वा समाचार समितिलाई यस घटनाको पुष्टि गरेका हुन । नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ । प्रवक्ताका अनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन ।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…