back

रोकाय दाइको कलम र क्यामेरा !

वि.सं.२०७७ साउन २५ आइतवार

222 

shares
NTC AD
Global IME AD

हिउदे मौसम सुरु भएपछि हुम्ला सिमकोटमा सिरौटे बतास चल्न सुरु हुन्छ । आकासमा बादल मडारीन नपाउदै हिउँका सेता फुल्का झर्न थाल्छ ।

पत्रकार जयबहादुर रोकाय दाई ! झयालबाट नियाल्दै मनमनै सोच्थे ‘बाक्लो हिँउ जमोस् अनि तस्वीर खिचेर भोलीको कान्तिपुरमा छापिने गरि पठाउने  छु ।’

रोकाय दाई ! संग ठुलै एचडी क्यानोन एनालक्स क्यामेरा त थिएन । सानै डिजिटल क्यामेराले त्यो सेताम्य हिउ जमेको सिमकोटको तस्वीरले भोलीपल्ट कान्तिपुरमा प्रकाशित हुँदा पाठकले आहा ! हुम्ला भन्थे ।

सिमकोट एयरपोटमा जमेको बाक्लो हिउ पन्छाउँदै गरेको रोकाय दाईको तस्वीरले पनि कान्तिपुरमा पटक–पटक स्थान पाइरहन्थे ।

हुम्लामा प्राय कान्तिपुर नपुग्ने र रोकाय दाईका प्रकाशित तस्वीर समाचार शहरतिर रहेका उनका साथी भाईले खबर सुनाउदै भन्थे ‘दाई आज तपाईको समाचार पढीयो तस्वीर हेरि गजब लेख्नु भा रैछ ।’ यो खबर सुनेपछि रोकाय दाईलाई तस्वीर खिच्न र समाचार लेख्न झन उत्साह बढ्यो । खल्तीमा क्यामेरा हातमा डायरी कलम बोकेर फिल्डतिर दौडिन्थे ।

प्रकृति तस्वीर मात्र नभएर सिमकोट खाद्य गोदाममा ५ किलो चामल निम्ति स्थानीयको भीड, एक किलो नुनको निम्ति स्थानीयको हुल, हिल्सा सिमकोट उत्तरी सडक झोलुंगेको कठिनाई जस्ता तस्वीर रोकाय दाईले क्यामेरा कैद गरि रहन्थे ।

रोकाय दाईका सिमित तस्वीर मात्र नभएर हुम्लीका दुःख पीडा मर्का बहुपति प्रथा,बालबिबाह, औषधि अभाव बिद्यालयको पढाई हुम्ली साँस्कृति, झाँक्रीको बिश्वास जस्ता बिषयमा चलाएको कलमले सिहदरबारको ध्यान केन्द्रीत हुन्थ्यो । हुन त सिहदबारमा बनेको राज्यको नीति हुम्ला पुग्नै लामो समय लाग्थो । रोकाय दाईको कलमले राज्यका नीति निर्माणलाई सधै घचघच्याइ रहन्थ्यो । बिशेष गरेर खाद्य समस्याको बारेमा रोकाय दाईको बढी कलम चलाए ।

हुम्लामा खाद्यकै समस्या छ त्यसैको बारेमा बढी कलम चलाउनु पर्ने बाध्यता छ रोकाय दाईको भनाई थियो । कहिले खाद्य गोदाम रित्तै, कहिले कर्मचारीले चामल पाएनन जस्ता समाचारले हुम्लालाई संसारमै परिचित गराइ रहन्थे रोकाय दाइ ।

फुर्तिलो हसिलो र नरम स्वभावका रोकाय दाईलाई कसैले पनि नराम्रो दृष्टीकोणले हेरेनन् । सिडिओ, डिएसी अन्य सरकारी तथा गैससका कर्मचारीले समेत रोकाय दाई भनेर सम्बोधन गर्थे । हुम्लाको बिषयमा बुझनु परयो भने कार्यालय प्रमुखले उनीसित सुझाव सल्लाह लिन्थे ।

हिउँदको बेला सरकारी कार्यालय कर्मचारी बिहिन, पियनको भरमा सरकारी कार्यालय जस्ता समाचार रोकायले लेखिरहन्थे चिसोको समयमा स्याउ र समाचार डायर बोकेर रोकाय दाई नेपालगञ्ज काठमाडौ झर्थे ल्यापटप क्यामेरासंगै बोकेका उनी जता गयो उतै समाचार लेख्ने गर्थे ।

बिंस २०५० सालदेखि हुम्लाबाट कान्तिपुरमा समाचार लेख्न सुरु गरेका रोकाय दाईले हुम्लालाई संचारमाध्यम मार्फत् संसार चिनाउन सफल भए । हुम्लाको बिकास प्रति पत्रकार रोकायले चलाएको कलमले ठूलो योगदान पुगेको कर्णाली प्रदेश काँग्रेस प्रतिपक्ष दलका नेता एवंम प्रदेश सभासद जीवनबहादुर शाहीले सुनाए ।

हरेक अबसर छोडेर पत्रकार पेशामै लागेका रोकायको असामहिक निधनले हुम्लालाई क्षति पुगेको उनको भनाई छ । रोकायको संचार क्षेत्रको योगदान हुम्लाको लागि अबिस्मरणीय भएको शाहीको भनाई छ ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाको सभापति, महासंघको केन्द्रीय सदस्य समेत रोकाय दाईले स्थान पाए हुम्लामा संचारकर्मीको उत्पादन गर्न उहाँको ठूलो भूमिका रहेको छ ।

रोकाय दाईका बुबाको २०६३ साल माघमा आफनै कालगतिले मृत्यू भए पश्चात २०६३ सालमै दाईकी जेठी श्रीमति प्यारालाइसिस रोगले थला परिन् ।

बहुपति प्रथाको बारेमा रोकाय दाई कलम चलाए पनि कारणबश आफै दुई श्रीमति बिबाह गर्नबाध्य भए । उनका दुई श्रीमतिबाट चार छोरा र एक छोरी छन् । एकातर्फ बुबाको मृत्यू अर्कोतिर श्रीमति ओध्यानमै थला पर्दा रोकाय दाईलाई जीवनमा ठूलो तनाव उत्पन्न भयो ।

एकबर्ष सम्म रोकाय दाई थाइल्याण्डमै बसेर श्रीमतिको उपचार गराए । तर,रोग निको हुन नसकेपछि रोकाय दाई परिवार सहित हुम्ला फर्किए । पक्षघात रोगले थला परेका ६६ बर्षिय रोकाय यही साउन १७ गते कलम र क्यामेरा छोडेर यस धर्ती बाट सधैको लागि बिदा लिए ।

अल बिदा रोकाय दाई तिम्रा कलमले कोरेका अक्षर र क्यामेराले खिचेको तस्वीर इतिहासको कालखण्डसम्म अबिस्मरणीय रहिरहनेछ श्रद्धासुमन हार्दिक श्रद्धाञ्जली रोकाय दाई !!

वि.सं.२०७७ साउन २५ आइतवार १२:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD