Sansar News- Nepal's Fast Khabar Online News Portal

ओली र प्रचण्डबाट हल हुनुपर्ने समस्यामा माधव थपिएर गिजोल्ने काम भयो : नेता थापा

संसार न्यूज़
२ महिना पहिले
ओली र प्रचण्डबाट हल हुनुपर्ने समस्यामा माधव थपिएर गिजोल्ने काम भयो : नेता थापा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य मणीचन्द्र थापाले नेकपाभित्रको विवादमा तेस्रो नेताको उपस्थितिले विवाद गिजोलिएको धारणा राखेका छन् । उनले तेस्रो नेताले भूमिका खोज्नु नै समस्या भएको टिप्पणी गरेका छन् ।

संसार न्यूज अनलाईसँग कुराकानी गर्दै नेता थापाले पार्टीको रणनीति नै दुई नेताबीचको सहमती र सहकार्य भएको बताए । उनले भने, ‘मुख्य दुई नेताबीचको सहमती र सहकार्य नै हाम्रो रणनीति हो । दुई नेताबीचको सहमती र सहकार्यबाट समस्याको हल गर्ने प्रस्थान विन्दु र अन्तिम बिन्दु पहिल्याउन सकिन्छ । तर, अहिले दुई नेताबीच नभई तीन नेताबीचबाट समस्याको समाधान खोज्ने सबाल उठीसकेपछि विवाद जन्मीएको हो ।’

दुई अध्यक्षले पार्टी एकताको स्प्रीटअनुसार निकास खोज्नुपर्ने थापाको धारणा छ । संसार न्यूज अनलाईनका सन्देश अर्यालले नेता थापासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेकपाभित्रको आन्तरिक विवादको मुल जरो के हो ? वैचारिक विषय प्रधान छ कि सांगठनिक विषय ? कसरी मूल्यांकन गर्नुभएको छ ?

मुख्यतः समस्याको पछाडि, दुईवटा पार्टी एकता गर्ने बेलामा जे खालको वैचारिक, राजनीतिक र सांगठनीक सहमती भएको थियो त्यो सहमतीलाई पालना र विकसित गर्ने कुरामा समस्या आएको हो । त्यो सहमतीमा विश्वासको वातावरण बनाउनु पर्ने थियो । तर, त्यो हुन सकेन ।

नेकपालाई जुन तहबाट जनताले मत दिएर विजय बनाए, त्यो जनता र देशप्रतिको प्रतिबद्धतामा आएको कमीको कारणले पनि समस्या आएको हो । पार्टी एकता हुने बेला जो सहमती गरियो, त्यो सहमतीको स्प्रीटलाई बुझ्ने कुरामा पनि समस्या पैदा भएको देखिन्छ ।

विवादमा सत्ता समिकरणको विषय पनि जोडिएर आएको छ । सत्तामा कसको कति हिस्सा हुने विषयले कत्तिको प्राथमिकता पाएको ठान्नुहुन्छ ?

अहिले नेकपामा देखिएको विषय कुनै वैचारिक विवाद होइन् । विचारको विषय महाधिवेशनमा छलफल हुन्छ । विधान र सहमतीअनुसार अहिले हाम्रो वैचारिक कार्यदिशा भनेको जनताको जनवाद हो । जुन स्पष्ट छ । त्यसकारण यहाँ विवाद विचारमा हुँदै होइन् ।

अहिलेको विवाद विचारभन्दा बरु काम गर्ने कार्यशैलीमा छ । पूर्वएमालेको काम गर्ने तरिका र पूर्वमाओवादीको काम गर्ने तरिकाबीचमा केही संघर्ष छ । सँगै अहिलेको मेजर झगडाको बीउ भनेको सत्ताको भागवण्डा नै हो । कार्यशैली, सत्ताको भागवण्डा र सरकार अनि सत्ता सञ्चालन गर्ने विधि र प्रक्रियामाथि देखिएको समस्याले विवाद जन्माएको हो ।

सत्ताको भागवण्डाको विषयले प्रधानता पाउँदै गर्दा, पार्टी एकतापूर्व र एकतापश्चात भएका सहमतीलाई पनि यहाँ सम्झन सक्छौं ? त्यो विषय कत्तिको परिपालना भएको देख्नुहुन्छ ? दुई अध्यक्षमध्ये कसको भूमिकामा कमजोरी हुँदा विवाद देखिएको हो ?

मुख्य कारण सबै नेताहरुको व्यक्तिगत भूमिका भन्ने हो भने यो नेताले बढि गल्ती गर्यो यो नेताले कम गर्यो भन्ने छैन् । सबै नेताहरुले पार्टी एकताको मुल स्प्रीटमा टेकिरहनु भएको छैन् ।

मुख्य दुई नेताबीचको सहमती र सहकार्य नै हाम्रो रणनीति हो । दुई नेताबीचको सहमती र सहकार्यबाट समस्याको हल गर्ने प्रस्थान विन्दु र अन्तिम बिन्दु पहिल्याउन सकिन्छ । तर, अहिले दुई नेताबीच नभई तीन नेताबीचबाट समस्याको समाधान खोज्ने सबाल उठीसकेपछि विवाद जन्मीएको हो । समस्या दुई नेताबीच हल हुनुपथ्र्यो तर त्यहाँ तीन नेता थपिए । तीन नेता थपिनु नै हाम्रो पार्टी एकताको स्प्रीटभन्दा बाहिर हो । समस्या त्यहाँबाट सिर्जना भयो भन्ने मेरो विश्लेषण छ ।

तपाईंले पनि दुई अध्यक्षबीचको सहमती नै पहिलो सर्त हो भन्नुभयो । नेकपाभित्र सचिवालय, स्थायी समिति अनि केन्द्रीय समितिको पनि टिम छ । के अरुको मुल्य छैन् ? के अन्य नेताबीचको पनि सहमती आवश्यक पर्दैन् ?

पार्टीलाई एकता गर्दै गर्दा हामीले दुई अध्यक्ष व्यवस्थालाई नै पहिलो मानेका थियौं । अहिले पनि पार्टी एकता सम्पन्न भईसकेको छैन् । पार्टी एकता गर्दा महाधिवेशनसम्म दुई अध्यक्ष सार्वभौम हो । त्यो मुल दुईवटा नेतामा आउने विचलनलाई सचिवालयले, स्थायी समितिले र केन्द्रीय समितिले हल गर्नुपर्छ । मानौं दुई नेताले गलत नै निर्णय गरे भने पनि त्यसलाई उल्ट्याउने अधिकार अरु नेतामा छैन् । किनकी यो संक्रमणकाल हो । पार्टी एकता गर्दा जुन सम्झौता गरेका छौं त्यो सम्झौंताबाट नेकपा गाइडेड भएको हुनाले दुई नेता भनिएको हो ।

महाधिवेशन हुन अझै वर्षदिन लाग्ला, के त्यो समयसम्म पार्टीभित्रको ठुलो पंक्तिको भूमिका रहँदैन् । स्थायी समिति अनि केन्द्रीय समिति बैठकहरुको मुल्य रहँदैन् ?

यी सबैको मुल्य छ । मुख्यकुरा दुई अध्यक्षबीचको सहमती र सहकार्यबाटै पार्टी चल्ने विधि भएको हुनाले दुई अध्यक्षको प्रधानता रहन्छ । तथापी दुई अध्यक्षबीच सहमती हुन नसकेको खण्डमा अन्यबाट सुझाव लिएर गर्न सकिन्छ भनेर त्यसको प्रयास भएको छ । अहिले स्थायी समिति त्यसैको लागि बसेको हो । स्थायी समितिमा भएन भने केन्द्रीय समितिमा हामी जान सक्छौं । केन्द्रीय समितिमा हल भएन भने पनि महाधिवेशनबाट हल गर्न सक्छौं । यो विधि र प्रक्रियालाई सबैले फलो गर्नुपर्छ । सबैले फलो गरेमा एउटा निष्कर्ष निस्कन्छ ।

आन्तरिक विवाद चुलिँदै गएको सन्दर्भमा पार्टी उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अगाडि सार्नुभएको छ । गौतमको ६ बुँदे प्रस्ताव कति उपयुक्त छ ? कति सान्र्दभिक छ ? के यसले निकास दिन्छ ?

वामदेव कमरेडको प्रस्ताव निकास निकाल्नुपर्छ भन्ने धेरै अवधारणा मध्येको एउटा अवधारणा हो । उहाँले प्रस्ताव गरिसकेपछि त्यसको छलफल त अनिवार्य हुन्छ । तर, मुख्य दुईवटा अध्यक्षहरु बीच जसरी सहकार्य तथा सहमती हुन्छ । दुई अध्यक्षको बीचबाट निष्कर्ष निस्कन्छ अनि त्यसमा वामदेव कमरेडको पनि प्रस्ताव थप केही होला ।

अन्त्यमा, पार्टी एकता गर्दा केही गणीतीय सहमती पनि भएका थिए । के ति सहमतीलाई निकास मान्न सकिन्छ ?

त्यो गणीत त यहाँ छैन् । नेताहरुबीचको सहमती नै निकास हो । मुख्यतः दुई अध्यक्ष र त्यसपछि अन्य नेताहरुबीचको सहमती अहिलेको निकास हो । उहाँहरु बीचको शक्तिको बाँडफाँड र पार्टीलाई विधि अनि प्रक्रियाबाट लैजाने कुरा महत्वपूर्णं हो । पार्टी र सरकारबीचको सम्बन्धलाई अलिकति सुद्धढ गर्ने र त्यहि खालको कार्यविभाजन गर्ने अनि सबै साथीहरुको सही रुपमा मूल्यांकन गर्दै नयाँ आधारमा एकताको खोजी गर्नुपर्छ भन्ने लाग्छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…