back

स्कुलका शिक्षकमा कोरोना पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बन्द

वि.सं.२०७७ साउन २५ आइतवार

231 

shares
NTC AD
Global IME AD

२५ साउन, सिन्धुपाल्चोक । सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।

शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।

धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए । रासस

वि.सं.२०७७ साउन २५ आइतवार १५:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन...

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

काठमाडौँ । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क...

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

चौतारा (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिमकोट, (हुम्ला) । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको...

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पाटन (ललितपुर) । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि...