Sansar News- Nepal's Fast Khabar Online News Portal

नारामै समिति अभियान, छाउगोठमै जलिन बसन्ती

संसार न्यूज़
१ महिना पहिले
नारामै समिति अभियान, छाउगोठमै जलिन बसन्ती

२६ साउन, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हँुदा चार दिन देखि छाउगोठमा बस्दै आएकी थिइन् ।

असार ८ गते पानी परिरहेको थियो । घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरु पस्न थाले । बसन्तीले जेठो छोरा रुपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन् । छाउगोठको भित्री कुनामा आगो बालिन् ।

बेलुका ८ बजे तिर खाना खाँदै गर्दा बसन्तीको शरिरमा आगो सल्कियो । ‘खाना थप्न आएको छोराले थाहा पाएर गाउँले गुहारेछ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेकी बसन्तीले भनिन्, ‘भोलिपल्ट होस्मा आएपछि मात्रै शरिर जलेको थाहा पाएँ ।’ चिकित्सकहरुका अनुसार बसन्तीको बायाँ पाखुरा र छाती तर्फको पाँच प्रतिशत भाग जलेको छ ।

सरकारले अघिल्लो वर्ष कर्णाली र सुदुरपश्चिममा रहेका छाउगोठ भत्काउने अभियान सञ्चालन गर्यो । छाउगोठ भत्काउन तत्कालिन प्रहरी महानिरीक्षक आफैँ जिल्ला–जिल्लामा पुगे ।

छाउगोठ रहेका जिल्लाहरुले एक महिनामै छाउगोठमुक्त घोषना भए । त्यतिबेला कर्णालीमा पाँच हजार छाउगोठ भत्काइएको घोषना गरे । तर, अहिले पनि गाउँमा छाउगोठ रहेका छन् ।

महिलाहरु अझै छाउगोठका कष्टकर दैनिकी बिताउँछन् भन्ने एक उदाहरण बसन्ती हुन् । आगोले जलेपछि पनि बसन्तीलाई तत्काले अस्पतालसम्म प्र्याइएन् । गाउँमै जडिबुटी र झारफुक गर्न थालियो । ‘घरमै घ्यु कुमारी र कुखुराको बोसो लगाइदिन्थे, धामीले बिहान–बेलुका झारफुक गर्थे,’बसन्तीले भनिन्, ‘अस्पताल आउने आफुसँग पैसा थिएन्, घरकाले ल्याइदिएनन् ।’जलेको भागमा किरा पर्न थाल्यो ।

८ दिन पछि छिमेकीबाट १० हजार रुपैयाँ सापटी लिएर बसन्ती अस्पताल पुगिन् । असार १६ गते जेठो छोरा रुपेन्द्रले दुल्लु अस्पतालसम्म पुर्याए । सोमबारको नागरिक दैनिकबाट

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…