Sansar News- Nepal's Fast Khabar Online News Portal

चेपाङ युवा मृत्यु प्रकरणमा सैनिकविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गर्दै प्रहरी

संसार न्यूज़
१ महिना पहिले

२६ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुँगी खोज्न जादा सैनिकको कुटपिटबाट मृत्यु भएको घट्नामा प्रहरीले अनुसन्धान थालेको छ ।

पीडीत परिवारले दिएको उजुरीका आधारमा घटनामा संलग्न सैनिकविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१ साउनमा घुँगी खोज्न गएका चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङसहित सातजनालाई निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोलीले कुटपिट गरेको थियो ।

कुटपिटबाट घाइते भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो । ९ साउनमा राजकुमारका बुबा विष्णुलाल चेपाङले निकुञ्ज सुरक्षार्थ तैनाथ बटुकदल गणलाई विपक्षी बनाए जिल्ला प्रहरी कार्यालय चितवानमा कर्तव्य ज्यान मुद्धासम्बन्धि उजुरी दिएका थिए ।

त्यही उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए । ‘हामीले कानुनी प्रक्रियाअनुसार नै मुद्धालाई अघि बढाइरहेका छौँ,’ एसपी गुरङले भने, ‘टाइमलाइनअनुसार अनुसन्धान भइरहेको छ ।’ प्रहरी टोलीले पिडित परिवार र सम्बन्धित व्यक्तिसँग बयान लिएको छ । त्यस्तै, घटनास्थलको मुचुल्का, पोस्टमार्टमलगायत काम भएको जनाएको छ ।
भिसेरा रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने एसपी गुरुङले बताए ।

राजकुमारको १२ साउनमा काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टसँगै भिसेराका परीक्षणका लागि पठाएको थियो । भिसेरा रिपोर्ट आउँन बाकी रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भने घटनामा संलग्न सैनिकलाई प्रहरीले पक्रउ नगरेकोमा असन्तुष्टि जनाएको छन् ।

मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख राहत प्रदान गर्ने सहमति भएको थियो । चितवन राष्ट्रिय निकुञ्जले सात लाख र राप्ती नगरपालिकाले तीन लाख सहयोग गर्ने सहमति गरेका थिए । सहमति भएको दुई साता बितिसक्दा पनि काजकिरिया खर्चबाहेक अन्य रकम नपाएको पीडित परिवार जनले गुनासो गरेका छन् । सोमबारको नयाँपत्रिका दैनिकबाट

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…