back

कोरोना संक्रमणको जोखिम बढेपछि परीक्षा नलिई माथिल्लो कक्षा पढाउने त्रिविको तयारी

वि.सं.२०७७ साउन २७ मंगलवार

183 

shares
NTC AD
Global IME AD

२७ साउन, काठमाडौँ । सरकारले लकडाउन हटाएपछि कोभिड-१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकुल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको छ ।

यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरु स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अहिलेकै अबस्थामा परीक्षा लिन नसकिने बताए ।  ‘संक्रमण बढेको छ, अब अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्छाै,’ उनले भने । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजानिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।

परीक्षा तालिका सार्वजनिक गरेका र गर्ने तयारीमा रहेका कार्यालय र विद्यार्थी अन्योलमा परेका छन् । व्यावस्थापन संकायले संक्रमण बढेका कारण अर्काे सुचना नहुँदासम्म परीक्षा स्थगित गरेको छ ।

धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले यसअघि सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालयलाई दिएको थियो । यस्तै, वार्षिक परीक्षा बारे निर्णय गर्ने अधिकार परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ ।

त्रिविको इन्जिनियरिङ तथा कृषी र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौ देखि परीक्षा सुरु गर्ने तालिका सार्वजानिक गरेका छन् ।
इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातकको १५ भदौदेखि सुरु हुने परीक्षा तालिका सार्वजानिक गरेको छ ।
अन्य अध्ययन संस्थान पनि परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षा केन्द्रको तालिका मिलाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय संक्रमित संख्या बढेपछि विद्यार्थी र विश्वविद्यालय नै अन्योलमा छन् । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७७ साउन २७ मंगलवार ०९:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन...

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

काठमाडौँ । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क...

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

चौतारा (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिमकोट, (हुम्ला) । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको...

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पाटन (ललितपुर) । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि...