२८ साउन, काठमाण्डौं । नेपालमा आजपनि कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु भएकामा काठमाण्डौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाण्डौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया १ महिलाको साउन २८ गते बिहान १ः१५ मा मृत्यु भएको छ ।
उनको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
धनु्षा जनकपुर उपमहानगरपालिका वडा नं ८ की ३८ वर्षीया महिलाको साउन २८ गते पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं ८ घर भई राजविराज नगरपालिका वडा नं ६ सिराहा रोड बस्ने ७२ वर्षीय पुरुषको पनि साउन २७ गते राति मृत्यु भएको छ ।
त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको साउन २८ गते विहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको हो । उनको बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
आज मृत्यु भएको पृष्टि भएका ८ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
नेपालमा आज पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ८३ पुग्यो