back

कोरोना भाइरस कहरमा सेनिटाइजरको महत्व, हेर्नुहोस् प्रयोगमा कति फाइदा कति बेफाइदा ?

वि.सं.२०७७ साउन २९ बिहीवार

201 

shares
NTC AD
Global IME AD

झण्डै ८ महिनाअघि चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि अहिलेसम्म कुनै पनि त्यस्तो औषधि भेटिएको छैन जसले संक्रमितलाई तुरुन्त निको बनाओस् । यद्यपी दुईदिन अघिमात्रै रुसले कोरोनाको भ्याक्सीन बनाएको दावी मात्र गरेन त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नै छोरीमा भ्याक्सिन लगाएर भ्यक्सीन तयार भएको र त्यसले काम गरेको समेत दावी गरिसकेका छन् ।

तर, कोरोनाले आक्रान्त बनेको विश्वका विभिन्न देशले उक्त भ्याक्सिन कहाँ कसरी र कहिले पाउने भन्नेमा अझै अन्यौलता नै रहेको छ । अझै नेपाल जस्ता देशमा त्यो भ्याक्सिनमा सहज रुपमा पहुँच पाउन वर्षौ नै लाग्ला भन्दा फरक पर्दैन होला ।

यतिबेला कोरोना संक्रमणबाट बच्न मुख्य रुपमा सरसफाईमै जोड दिइएको छ । विश्व स्वास्थ्य संगठनले पनि विशेष रुपमा सरसफाईमा ध्यान दिन, मास्क लगाउन, सावुन पानीले हात धुन, साबुन पानी सहजरुपमा उपलब्ध हुन नसक्ने अवस्थामा सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्नु नै कोरोना संक्रमणबाट बच्न सकिने ठूलो औषधि रहेको बताइरहेको छ ।

नेपालमा पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी नियमित पत्रकार सम्मेलनमा यी कुराहरु बारे जनतालाई जानकारी दिइरहेको पाइन्छ ।

कसरी प्रयोग गर्ने त सेनिटाइजर ?
जन्मेदेखि नै मानिसले अन्य चिज जस्तै साबुनलाई पनि महत्वपूर्ण वस्तुको रुपमा प्रयोग गर्दै आइरहेको छ । तर, साबुन कति महत्वपूर्ण रहेछ र यसको काम के रहेछ भन्ने कुरा विगत ८ महिनादेखि मानिसले गम्भीर रुपमै बझ्दै आएका छन् ।

जहाँतही साबुन र पानीको सहज पहुँच नभएको अवस्थामा सेनिटाइजर पनि महत्वपूर्ण बनेको छ । कोरोना संक्रमण सुरु भएको १/२ महिनामै विश्व बजारमा सेनिटाइजरले जर्वजस्त बजार लिइरहेको तथा सेनिटाइजरजन्य वस्तुको उत्पादन गर्ने कम्पनीहरु फाइदामा रहेको समाचारहरु समेत आएका थिए ।

तर, जुन कुरा पनि अति गर्यो भने खति हुन्छ भनेजस्तै सेनिटाइनर धेरै प्रयोग गर्दा छालामा सुख्खापन आउन सक्छ भन्दै स्वास्थ्य विज्ञले सजग गराएका छन् । साथै बजारमा आएका कस्ता सेनिटाइजरले कोरोना जन्य भाइरस मार्छन भन्ने कुरा पनि बताएका छन् ।

उनीहरु भन्छन् यदि तपाई घरमै हुनुहुन्छ या साबुन पानीको पहुँचमा हुनुहुन्छ भने संक्रमण रोक्नेको विकल्पमा सेनिटाइजर नभएर साबुन पानीको प्रयोग गर्न स्वास्थ्यविज्ञ सुझाव दिन्छन् । उनीहरुका अनुसार यदि सेनिटाइजरको बढी प्रयोग गरिएमा त्यसले शरीरमा रहेको पानी खिच्ने र यसले तपाईको छालामा सुख्खापन ल्याउने जोखिम हुन्छ ।

कोरोना संक्रमणको जोखिम भन्दा पहिले कमै मानिसले सेनिटाइजर प्रयोग गर्थे । सेनिटाइजरको प्रयोग बढी अस्पतालहरुमा हुन्थ्यो । विरामीका आफन्त भेट्न जाँदा त्यहाँ रहेका डाक्टर\नर्सहरुले सेनिटाइजर प्रयोग गरेर मात्र विरामीको नजदिक जान सुझाव दिन्थे । तर, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भने सेनिटाइजरको जहाँ पनि र जसले पनि दैनिकरुपमा प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

मानिसहरु साबुन पानी भन्दा पनि सेनिटाइजरको बढी प्रयोग गरिरहेको पाइन्छ । तर स्वास्थ्य विज्ञ भने यस्तो नगर्न सुझाव दिन्छन् । उनीहरुका अनुसार सेनिटाइजर भन्दा साबुन पानीले हात धुनु राम्रो हुन्छ । उनीहरु भन्छन्–‘सेनिटाइजरको त्यतिबेला मात्र प्रयोग गर्नुहोस् जतिबेला तपाईको नजदिक अथवा तपाईको पहुँचमा साबुन पानी हुँदैन ।’

त्यस्तै हाल बजारमा धेरै प्रकारका सेनिटाइजर आएका छन् । ती अल्कोहल बेस्ड वा एंटि ब्याक्टेरियल हुन्छन् । स्वास्थ्यविज्ञका अनुसार अल्कोहलरहेको सेनिटाइजर कोरोना संक्रमण रोक्नका लागि धेरै सहयोगी हुन्छन् । यदि अल्कोहल ७० प्रतिशत भन्दा बढी रहेको छ भने त्यो धेरै राम्रो हुने उनीहरु बताउँछन् । साथै ९५ प्रतिशत अल्कोहल रहेको सेनिटाइजर सबैभन्दा प्रभावकारी हुने उनीहरुको भनाई छ ।

६० देखि ९५ प्रतिशत अल्कोहल रहेको सेनिटाइजरमा जोकि एथोल, प्रोपेनल र आइसो प्रोपेनलबाट बनेको हुनाले यसले किटाणुबाट सुरक्षित राख्ने उनीहरु बताउँछन् । यसको प्रयोग मेडिकल डिस इन्फेक्टमेन्टमा पनि प्रयोग गरिन्छ ।

त्यस्तै केही खानु भन्दा पहिले तथा बस, ट्रेन वा सावर्जनिक सवारी साधनमा यात्रा गर्दा सेनिटाइजरको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । बस तथा ट्रेनमा यात्राका क्रममा हामीले पटक–पटक बसको सिट, डण्डीलगायतमा समाइरहेका हुन्छौं । त्यसबाट संक्रमणको जोखिम हुने भएकाले त्यस्ता ठाउँमा छुनासाथ सेनिटाइजरको प्रयोग गर्न सकिन्छ । साथै घर बस्दा भन्दा पनि बाहिरबाट घरभित्र पस्दा शरीरमा सेनिटाइजर स्प्रे गर्न सकिन्छ । जसका कारण तपाईका कपडामा रहेका कुनैपनि ब्याक्टेरियाहरु मर्छन् ।

सेनिटाइजर लगाएको कति समयसम्म सुरक्षित भइन्छ त ?
सेनिटाइजर हातमा राखेर रगड्दा त्यहाँ रहेका ब्याक्टेरियाहरु मर्छन् । तर सेनिटाइजरको असर तीन चार मिनेट भन्दा बढी समय रहन सक्तैन । त्यति समयसम्म यसमा रहेको अल्कोहल उड्ने हुनाले यदि त्यस्तो ठाउँहरुमा हातले पुनः छोइयो भने, ब्याक्टेरियाको सम्र्पकमा पुग्न सकिन्छ ।

सेनिटाइजर लगाएपछि खानपिन गर्दा राम्रो हुन्छ त ?
स्वास्थ्य विज्ञका अनुसार सेनिटाइजर लगाएपछि खानेकुरा वा पानी पिउँदा कुनै समस्या हुँदैन । किन की सेनिटाइजर प्रयोग गरेको केही समयमा हराएर जाने हुनाले यसले कुनै असर पार्दैन । यदि तपाई दिनमा १० देखि २० पटकसम्म यसको प्रयोग गर्नुहुन्छ भने यसले पक्कै पनि केही असर गर्ने उनीहरुको भनाई छ ।

कति प्रभावकारी छ त सेनिटाइजर ?
स्वास्थ्य विज्ञका अनुसार सेनिटाइजरको प्रयोग निकै प्रभावकारी हुन्छ । सेनिटाइजर प्रयोग गर्दा ९९ प्रतिशत व्याक्टेरिया मर्छन् । साथै कोरोनाको मामलामा भने यो सय प्रतिशत प्रभावकारी मानिएको उनीहरु बताउँछन् । सेनिटाइजर र साबुनको तुलनामा ब्याक्टेरिया मार्नमा सावुन ज्यादा प्रभावकारी रहेको स्वास्थ्यविज्ञको दावी छ । किन कि साबुन हातका औलाहरु तथा औलाका कापमा लगाएर राम्रोसँग माडेर पानीले हात धुँदा पुर्णरुपमा सफा हुन्छ । तर सेनिटाइजर लगाउने मात्रै भएकाले कम प्रभावकारी मानिन्छ ।

सेनिटाइजर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्दा आगोबाट टाढा रहन अत्यन्तै जरुरी हुन्छ । किनकि अल्कोहल ज्वलनशील हुन्छ । सेनिटाइजरलाई हातमा लगाएर माडेपछि तत्कालै हातले मुख, आँखा, कान छुनु हुँदैन । यसले साइड इफेक्टको खतरा हुने पनि स्वास्थ्य विज्ञको भनाई छ । ऐजेन्सी

वि.सं.२०७७ साउन २९ बिहीवार १५:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...