Sansar News- Nepal's Fast Khabar Online News Portal

महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

संसार न्यूज़
१ महिना पहिले
महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

३० साउन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाइरसले स्वास्थ्यमा मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा प्रणालीमा पनि प्रभाव पारेका बताउनुभयो ।” उहाँले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गर्नुभयो ।

उहाँले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आह्वान गर्नुभयो ।

अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची ‘विश्व कारवाहीमा युवाको संलग्नता’ रहेको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…