Sansar News- Nepal's Fast Khabar Online News Portal

न्युजिल्याडमा १०२ दिनपछि कोरोनाका सङ्क्रमित भेटिए

संसार न्यूज़
१ महिना पहिले
न्युजिल्याडमा १०२ दिनपछि कोरोनाका सङ्क्रमित भेटिए

३० साउन, वासिङ्टन । न्युजिल्याण्डमा १०२ दिनपछि कोभिड–१९ का सङ्क्रमित भेटिएका अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएको छ ।उक्त पत्रिकाले जनाएअनुसार न्युजिल्याण्डमा गएको कम्तीमा पनि १०२ दिनपछि कोरोना भाइरसका सङ्क्रमित देखिएका हुन् ।

अकल्याण्डमा बुधबार चार जना नयाँ सङ्क्रमित देखिएको समाचारसँगै समुदायस्तरमा नै यहाँका ती सङ्क्रमितमा सङ्क्रमण फैलिएको पाइएको पनि सो समाचारले जनाएको छ ।

ती चार जनामध्येका एक ५० वर्षीय व्यक्ति हुन् र उनी आफू घर छोडेर कतै नगएको बताए । चिकित्सकहरुले घरमै रहेका व्यक्तिमा कोरोना देखिएकोले यहाँ पनि समुदाय स्तरमा सङ्क्रमण बढेको पाइएको बताएका छन् ।

उनीहरुले यस्तो अवस्थामा लकडाउन गर्नुपर्ने सुझाव दिएकोले यहाँको सरकारले यहाँका कतिपय सेवाहरुमा प्रतिबन्ध लगाएको छ ।

यहाँ आगामी सेप्टेम्बरमा हुन गइरहेको संसदको निर्वाचन पनि अनिश्चित बनेको बताइएको छ । न्युजिल्याण्डमा लामो समयदेखि कोरोना सङ्क्रमण थिएन ।

महिना दिन भन्दा अघि यहाँका प्रधानमन्त्री जासिन्दा आर्डरनले न्युजिल्याण्डलाई कोरोनामुक्त देश घोषणा गरेको थियो । एएनआई

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…