Sansar News- Nepal's Fast Khabar Online News Portal

धोनीको कोरोना रिर्पोट नेगेटिभ, प्रशिक्षण लागि आज चेन्नाई जादैँ

संसार न्यूज़
१ महिना पहिले
धोनीको कोरोना रिर्पोट नेगेटिभ, प्रशिक्षण लागि आज चेन्नाई जादैँ

३० साउन, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । २०२० को आईपिएलका लागि युएई जानु अघि गरिएको कोरोना परिक्षणमा महेन्द्र सिंह धोनीको रिर्पोट नेगेटिभ आएको हो ।

महेन्द्र सिंह धोनी अहिले राँचीमा रहेको आफ्नो फाम हाउसमा छन । उनको कोरोना परिक्षण पनि राँचीमै रहेको गुरु नानक अस्पतालस्थित रहेको प्रयोगशालामा गरिएको थियो ।

रिर्पोट नेगेटिभ आएपछि धोनी आज चेन्नाई जाँदै छन । चेन्नाई सुपर किंग्सका प्रबन्धकहरुले आफ्ना सबै खेलाडीहरुलाई चार्टड फ्लाइट मार्फत प्रशिक्षणका लागि चेन्नाई आउने व्यव्स्था मिलाएको छ । खेलाडीहरुले केही दिन चेन्नाईमै प्रशिक्षण गर्ने छन । प्रशिक्षण सकिएपछि चेन्नाईको टिम अगस्ट २१ मा आईपिएलका लागि युएई जाने छ ।

महेन्द्र सिंह धोनी चेन्नाई सुपर किंग्सका कप्तान समेत हुन । उनको कप्तानीमा चेन्नाई सुपर किंग्सले ३ पटक आईपिएलको उपाधि समेत जित्न सफल भएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…