back

ओली–प्रचण्ड आज पनि छलफलमा, के निस्किएला त समाधान ?

वि.सं.२०७७ साउन ३० शुक्रवार

156 

shares
NTC AD
Global IME AD

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भन्दै दुई अध्यक्ष छलफलमा जुटेका हुन् । बालुवाटार स्रोतले जनाएअनुसार दुई अध्यक्षबीच केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

लामो समयको संवादहिनतालाई तोड्दै ओली र प्रचण्डबीच बिहिबार झण्डै चार घण्टासम्म छलफल चलेको थियो । बिहिबारको छलफल सकारात्मक उन्मुख भएसँगै दुई अध्यक्ष आज पुनः छलफलमा जुटेका हुन् ।

नेकपा स्रोतले जनाएअनुसार विवाद समाधानको लागि ओलीले दाहालसँग ३ बुँदे प्रस्ताव अघि सारेका छन् । जहाँ उनले कार्यकारी अध्यक्ष प्रचण्डलाई थप अधिकार दिने कुरा उल्लेख छ । साथै सरकार सञ्चालनसम्बन्धमा पनि उनले केहि विषय फेरबदल गर्न सकिने कुरा राखेका छन् ।

यसअघि बुधबार एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । जसको भोलीपल्ट देखि नै दुई अध्यक्षबीच वार्ता सुरु भएको हो ।

गत साउन २१ मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बेग्लै पत्रकारको भेला गरेसँगै दुई अध्यक्षबीचको संवाद रोकिएको थियो । त्यसयताका समयमा ओलीले छलफलका लागि रुची नदेखाएको चर्चा भएको थियो ।

स्थायी समिति बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामा मागिएसँगै नकेपाभित्र विवाद चुलिएको थियो । नेकपाभित्र बहुमत पक्षधर ओलीले राजीनामा दिनुपर्ने अडानमा छन् भने ओली कुनै हालतमा कुनै पदबाट राजीनामा नदिने अडानमा छन् ।

सम्बन्धीत समाचार

ओली र प्रचण्डबीच ९ दिन पछि संवाद, के निस्किएलता त समाधान ?

ओली–प्रचण्ड वार्ता विवाद समाधान उन्मुख

वि.सं.२०७७ साउन ३० शुक्रवार १२:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...