Sansar News- Nepal's Fast Khabar Online News Portal

काभ्रेपलान्चोक सहायता समिति बेल्जियमद्धारा सामाजिक अभियन्ता आचार्यलाई स्वास्थ्यलाभको कामना

संसार न्यूज़
१ महिना पहिले
काभ्रेपलान्चोक सहायता समिति बेल्जियमद्धारा सामाजिक अभियन्ता आचार्यलाई स्वास्थ्यलाभको कामना

३० साउन, बेल्जियम । काभ्रेपलान्चोक सहायता समिति बेल्जियमले सामाजिक अभियन्ता दामोदर आचार्यलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको छ ।

लामो समयदेखि दुवै मिर्गौलामा समस्या भएपछि विगत ७ महिनादेखि नियमिति डाइलोसिस गराउँदै आएका लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यलाई भेटेर समाजले स्वास्थ्य लाभको कामना गरेको हो ।

समितिका अध्यक्ष दिनेश उप्रेती र महासचिव मोहन राउत सहितको टिमले अगस्त १० मा आचार्यलाई भेटेर स्वास्थ्यलाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका आचार्यलाई सहयोग स्वरुप केही रकम सहायता गरेको पनि विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

यस्तो छ विज्ञप्ति
बेल्जियम निवासी सामाजिक अभियन्ता तपाई दामोदरप्रसाद आचार्य लामो समयदेखी दुबै मृगौला र हृदय रोगका कारण उपचाररत अवस्थामा रहनुभएको र करिव सात महिनादेखी डायोलाइसीस गराउदै आउनुभएको छ । दुबै मर्गौला फेल हँुदा पनि यी कठिन संघर्षका दिनहरू झेल्दै मृगौला प्रत्यारोपणका लागि प्रयत्नशील हुनुहुन्छ । तपाईको यो अवस्था र उच्च मनोवल र दृढ आत्मविश्वासलाई देखेर वास्तवमा नै हाम्रो समाजले तपाईबाट केहि सिक्ने अवसर पनि पाएको छ । तपाईले मर्गाैला प्रत्यारोपणपछि पनि नयाँ जीवनको सुरूवातसंगै आफ्नो कार्यक्षेत्रबाट नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर आगामी दिनमा अझै योगदान पुर्याउनु हुने विश्वास गर्दै तपाईको सिघ्र स्वास्थ्य लाभको शुभकामना सहित सफल प्रत्यारोपणको लागि कामना गर्दै पुष्पगुच्छा र हाम्रो संगठनको तर्फबाट संकलित सानो आर्थिक सहयोग स्वरूप १५०० युरो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।’

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…