Sansar News- Nepal's Fast Khabar Online News Portal

सिन्धुपाल्चोकमा पहिरोको वितण्डा, ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते

संसार न्यूज़
१ महिना पहिले
सिन्धुपाल्चोकमा पहिरोको वितण्डा, ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते

३० साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् ।
पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

छविलाल दोङ,सोमरानी दोङ, धनलक्ष्मी, रमाया दोङ ,विवरानी दोङ ,साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ हिरा भक्ति,जीते झाँक्री,सानुकान्छी दोङ(गर्भवती), दिन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ मानबहादुर दोङ,जयबहादुर दोङ,प्रिया दोङ,प्रीति दोङ, कान्छी दोङ, , सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ मेकमाई दोङ, मिलन दोङ ,विमला दोङ,माइला पराङ, प्रकाश दोङ साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ रहेका छन् ।रासस

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…