Sansar News- Nepal's Fast Khabar Online News Portal

नेकपा विवाद समाधानमा राम्रो संकेत, कार्यदलमा पनि समेटिए तिनै पक्षीय नेता

संसार न्यूज़
१ महिना पहिले
नेकपा विवाद समाधानमा राम्रो संकेत, कार्यदलमा पनि समेटिए तिनै पक्षीय नेता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमती भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच कार्यदलबाट विवादको समाधान खाेज्ने सहमती भएको हाे।

दुई अध्यक्षबीचको सहमतीमा विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । गठित कार्यदलमा पार्टीभित्र तिनै पक्षीय नेताहरुको समान सहभागीता पनि गराइएको छ ।

गठित कार्यदलमा ओली पक्षीय समुहबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् भने प्रचण्ड पक्षका नेता जनार्दन शर्मा र पम्फा भुसाल छन् । त्यसैगरि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डेको पनि सहभागीता छ ।

प्रचण्ड निकटका एक नेताले जनाएअनुसार कार्यदलले पार्टीभित्रका सबै समस्याहरुको समाधानका लागि आफ्नो सुझाव राख्नेछ । जनाइएअनुसार प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा पनि कार्यदलले सुझाव राख्नेछ । कार्यदलले लिखित सुझाव दुवै अध्यक्षलाई दिनेछ ।

बिहिबारको छलफलमा प्रधानमन्त्री ओलीले चैत्रमा पार्टीको महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार सञ्चालन गर्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, मुख्यमन्त्रीहरु हेरफेर गर्नेलगायत विषयमा आफ्नो प्रस्ताव राखेका थिए । जसबारे प्रचण्डले आफुँ निकटका केन्द्रीय सदस्यहरुसँगको छलफलमा जानकारी गराएका थिए ।

यसअघि बुधबार एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीले पार्टीभित्रको विवादको समाधान ५ दिनभित्र हुने बताएका थिए । जसको भोलीपल्टै दुई अध्यक्षबीच छलफल भएको थियो ।

गत साउन २१ मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बेग्लै पत्रकारको भेला गरेसँगै दुई अध्यक्षबीचको संवाद रोकिएको थियो । त्यसयताका समयमा ओलीले छलफलका लागि रुची नदेखाएको चर्चा भएको थियो ।

स्थायी समिति बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामा मागिएसँगै नकेपाभित्र विवाद चुलिएको थियो ।

सम्बन्धीत समाचार

ओली–प्रचण्ड आज पनि छलफलमा, के निस्किएला त समाधान ?

नेकपा विवाद समाधानका लागि कार्यदल गठन, को-को छन त कार्यदलमा ?

ओली र प्रचण्डबीच ९ दिन पछि संवाद, के निस्किएलता त समाधान ?

ओली–प्रचण्ड वार्ता विवाद समाधान उन्मुख

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…