back

टिपरको ठक्करबाट बालकको मुत्यु

वि.सं.२०७७ साउन ३१ शनिवार

147 

shares
NTC AD
Global IME AD

३१ साउन, अर्घाखाँची । गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार रहेको थियो । सवार अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

बेपत्ता बालकको शव फेला

झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ । गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव आज बिहान फेला परेको हो ।

शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । सोही ठाउँका ११ वर्षीय बालक सञ्जोक पार्धे भने अझै फेला परेका छैनन् । आज भेटिएका गौतमको शवलाई परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक पौडेलले बताए ।(रासस)

वि.सं.२०७७ साउन ३१ शनिवार १९:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...