Sansar News- Nepal's Fast Khabar Online News Portal

अढाईवर्ष पछि मलेसियामा नेपाली कामदारले न्याय पाए

संसार न्यूज़
४ वर्ष पहिले
अढाईवर्ष पछि मलेसियामा नेपाली कामदारले न्याय पाए

malayesiama-naya-paye-nepalile

२५ साउन । मलेसियास्थित एक कम्पनी बन्द भई अलपत्र परेका कामदारहरुले जनप्रगतिशिल मञ्च मलेसियाको पहलमा करीब अढाई बर्ष पछि न्याय पाएका छन् । कम्पनी बन्द भए लगतै पिडितहरुले नेपाली जन प्रगतिशिल मञ्च मलेसियालाई निबेदन दिएको र सहयोग गरि न्याय दिलाएको मञ्चले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
प्राप्त निवेदनलाई छलफल गरि पिडितहरुलाई न्याय दिलाउन मजदूर तथा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको क्रियाशिल संस्था तानागानितामा मञ्चले दर्ता गराएको थियो । दर्ता गरिएको निवेदन उपर तानागानिता, मञ्च, पिडित र रोजगारदाताहरु वीच छलफल गरि समस्याको समाधान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
पिडित १७ जना रहेको र उनिहरुलाई जनहि १ हजार रिङगेटका दरले रकम उपलब्ध गराईएको छ । एकमुष्ठ रकम १७ हजार रिङगेट अथवा ४ लाख ४७ हजार ९ सय ६० रुपैया मञ्चले नेपालमा पार्टिको विदेश विभागमा ५ अगष्टका दिन पठाई सकेको बताइएको छ ।
१७ जना पिडितहरुमा धनुषाका शन्तोष कुमार पण्डित, राम सागर यादब, विन्दु कपर, रामप्रताप रायअमत, महमद मुस्ताक, राम सागर महतो, रामविलाष मण्डल, राम ईश्वर यादब, देव नारायण मण्डल, उमेश मुखिया तथा सप्तरिका अजितकुमार मण्डल, महेश कुमार यादब, शितलकुमार मण्डल, शिबशंकर मण्डल, शुखमोचन मण्डल, रामविलाश कामत र महोत्तरीका सम्भु महरा रहेका छन् ।
पिडितहरुले आफ्नो परिचय खुल्ने आबश्यक कागजपत्र लिएर नेकपा माओवादी केन्द्र विदेश विभागमा सम्पर्क गरि रकम बुझ्न सकिने मञ्चका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।
उनले यस्तै थुप्रै पिडितहरु मलेसिया रहेका र उनिहरुको निवेदन पर्न आएमा मञ्चले सक्दो सहयोग गरि उनिहरुको लागि न्याय दिलाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालबाट आउदा आफू कुन कम्पनीमा के कामको लागि आउने हो सम्पूर्ण जानकारी लिएर मात्र आएमा यहाँ अलपत्र नपर्ने बताए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…