Sansar News- Online for Global Nepali

बैंकहरुमा थेग्नै नसक्ने तरलता, अनुत्पादक क्षेत्रमा लगानी गर्ने होड बढ्यो

राजेन्द्र वराल
२ महिना पहिले
बैंकहरुमा थेग्नै नसक्ने तरलता, अनुत्पादक क्षेत्रमा लगानी गर्ने होड बढ्यो

काठमाडाैं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्अनुसार बैंकहरुमा कर्जाको मागभन्दा निक्षेप संकलन अत्याधिक भैरहेको छ । यसको कारण बैंकमा अत्याधिक तरलता हुँदा बैंकहरुलाई त्यसको व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ भने राष्ट्र बैंकले २ खर्ब रुपैंयाँको रिभर्स रिपो नै जारी गरेको छ । जसको माध्यमबाट बाणिज्य बैंकहरुमा अधिक मात्रामा थुप्रिएको रकमलाई केद्रिय बैंकले आफूतिर तानेको छ ।

गत साउन २३ गतेको तथ्याङ्कअनुसार बाणिज्य बैंकहरुमा मात्र ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने २८ खर्ब ७१ अर्ब ऋण लगानी भएको छ । यसरी हेर्दा बैंकहरुमा ६ खर्ब ६ अर्ब रकम थुप्रिएको छ । त्यसमा बैंकहरुले राख्नु पर्ने अनिबार्य मौज्दात रकमलाई घटाउँदा रु २ खर्ब ५८ अर्ब ५ करोड लगानी यो योग्य रकम रहेको छ ।

यो रकम गत चैत्रको अन्तिम सताको भन्दा २ खर्ब ३२ अर्ब ९१ करोडले बढी हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन कारण उद्योगधन्दा कल कारखाना सबै क्षेत्र प्रभावित हुँदा बैंकले प्रबाह गर्ने कर्जामा यसले नकारात्मक असर परिरहेको छ ।

लकडाउन हुनु भन्दा अगाडी गत गत आर्थिक बर्ष २०७६/७७को दोस्रो त्रैमासिक पुष महिनाको २९ गते बैंकहरुमा ३० खर्ब ६० अर्ब निक्षेप संकलन भएको थियो । त्यहि दिन बैंहरुको कर्जा प्रबाह २७ खर्ब ३१ अर्ब रहेको थियो । यसरी हेर्दा दोस्रो त्रैमासिकको अन्त्यमा ३ खर्ब २८ अर्ब नगद मौज्दात रहेको देखिन्छ । यो भनेको बैंकहरुमा हुनुपर्ने अनिबार्य नगद मौज्दात (एसएलआर)को १० प्रतिशत भन्दा २२ अर्ब ३६ करोडले मात्र बढी हो ।

त्यो बेला बैंकहरुमा जम्मा भएको कूल निक्षेप ३० खर्ब ६० अर्बको १० प्रतिशत हुन आउने करिब ३ खर्ब ६ अर्ब अनिबार्य नगद मौज्दात राखेर मात्र लगानी गर्न पाउने व्यवस्था अनुसार लगानीयोग्य रकम अत्यान्तै न्यून हो । त्यतिखेर बैंकहरुमा तरलता अत्यन्तै न्यून थियो । बैंकहरुमा निक्षेप संकलन गर्ने होडबाजी नै चलेको थियो । बैंकहरुले निक्षेप संकलनका लागि १२ प्रतिशतसम्म व्याज दिएका थिए ।

त्यसपछि २०७६ चैत्र ३० गते पनि बैंकहरुमा पर्याप्त तरलताको अभाब नै देखियो । कोरोना भाईरसको महामारीका कारण चैत्र ११ गतेबाट सरकारले गरेको लकडाउनका कारण कर्जाको मागमा कमि आउँदा पनि बाणीज्य बैंकहरुमा २ खर्ब ३५ अर्ब ३० करोड लगानी योग्य रकम रहेको थियो । यो रकम २७ वटा बाणीज्य बैंकहरुमा औषतमा ९३ करोड हुन आउँछ ।

तर, अघिल्लो आर्थिक बर्ष २०७६/७७को अन्तिम त्रैमास गत असार ३१ गतेको तथ्याङ्कअनुसार बैंकहरुमा रकम थुप्रिएको छ । त्यस दिनसम्ममा बैंकहरुमा २ खर्ब ३५ अर्ब ३० करोड लगानी योग्य रकम थुप्रिएको थियो । सो रकम प्रतिबैंक औषतमा ८ अर्ब ७१ करोड हुन आउँछ । यो रकम गत चैत्र मसान्तकोभन्दा २ खर्ब १० अर्ब १६ करोडले बढी हो ।

बैंकर्स एसोसिएसनले उपलब्ध गराएको साउन २३ गतेसम्मको तथ्याङ्कअनुसार अहिले बाणिज्य बैंकहरुमा प्रति बैंक औषत ९ अर्ब ५६ करोड लगानी योग्य रकम रहेको छ । साउन १६ गते यो रकम १० अर्ब १० करोड थियो । यसको अर्थ बैंकहरुबाट क्रमशः कर्जा प्रबाह हुन थालेको छ । गत वैशाख महिनामा चैत्रको तुलनामा कर्जा ९ अर्बले घटेको थियो भने जेठ महिनामा वैशाखको तुलनामा २० अर्बले कम कर्जाको माग भएको थियो ।

उता निक्षेप संकलन पनि हालसम्मकै उच्च भएको छ । जेठ महिनाको तुलनामा असार महिनामा बैंकहरुमा २११ अर्ब बढी निक्षेप संकलन भएको छ । त्यस्तै वैशाख महिनाको तुलनामा जेठमा ६२ अर्ब तथा चैत्र महिनाको तुलनामा वैशाख महिनामा २५ अर्ब बढी निक्षेप संकलन भएको थियो ।

अधिक तरलताको व्यवस्थापन अनुत्पादक क्षेत्रमा लगानी

बैंकहरुमा तरलता थुप्रिदा यसको असर ब्याजदरमा पनि परेको छ । बैंकहरुमा कर्जाको ब्याजदर घटाउन तिब्र प्रतिस्पर्धा नै चलेको छ । तर बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाउन चाहि रहेका छन ।

पछिल्ला दिनहरुमा बैंहरुले घर, गाडीलाई उच्च प्राथमिकतामा राखेर कर्जा लिन आउन आग्रह गरिरहेका छन । कतिपय बैंकहरुले फोन नै गरेर कर्जा लिन आउन आग्रह गरिरहेका छन् । कतिपय बैकहरुले अर्को बैंकको आधार दरमा नै कर्जा लिन आउन आग्रह गरिरहेका छन ।

पछिल्लो पटक कारोना भाईरसको संक्रमण बढेको कारण उद्योग धन्दा ब्यबपार व्यवसाय बन्दहुने अबस्थामा पुगेको छ । अर्को तिर कम नाफा पाईने र सेवा शुल्कपनि नपाईने भएकाले सरकारले संचालन गरेको सहुलियत पुर्णकर्जामा बैंकहरु अनिच्छुक देखिएका छन । “बैंकहरुले जहिले पनि पाकेको आँप तिर मात्र हेर्ने हो” एक बैंकरले भने, “बरु एक डण्डा खाने तर जोखिम मोलिदैंन ।”

सरकारले गत असार १ गतेबाट करिब ३ महिना लामो लकडाउन हटाएको घोषणा गरेको थियो । लकडाउन हटेसंगै अर्थतन्त्र चलायमान हुने र कर्जाको माग बढ्ने अपेक्ष गरिएको थियो । तर सोचेजस्तो कर्जाको माग बढेको छैन । यो अबधिमा कूल कर्जाको माग अघिल्लो महिनाको तुलनामा ८७ अर्ब भए पनि निक्षेप २११ अर्बले बढेको छ । राष्ट्र बैंक स्रोतका अनुसार असार महिनामा प्रबाह भएको कर्जाको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा गएको छ ।

कस्तो छ साउनसम्मको बाणिज्य बैंकहरुको संकलन गरेको निक्षेप तथा कर्जाको अवस्था ?

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…