back

वलिवुड नायक सुशान्तको आत्महत्या प्रकरणः रियाले ड्रग्स लिने गरेको खुलासा

वि.सं.२०७७ भदौ १० बुधवार

114 

shares
NTC AD
Global IME AD

वलिवुड नायक सुसान्त सिंहको आत्महत्या प्रकरणमा नयाँ नयाँ खुलासा हुँदै गएको छ ।  उनकी प्रेमिका रिया चक्रवर्तीले सुसान्तसँग रिलेसनसिपमा रहनुभन्दा पहिले ड्रग्स लिने गरेको खुलासा भएको छ ।  भारतीय संचारमाध्यमका अनुसार रियाले ड्रग्स लिने गरेको म्यासेज च्याट फेला परेको हो ।

२०१९ मा सुशान्त सिंह राजपुतसँग भेट हुनुभन्दा पहिले सन् २०१७ तिर रियाले ड्रग्सका लागि कसैसँग कुरा गरेको म्यासेज फेला परेको हो । रियाले उक्त च्याटमा पहिलोपटक गौरव आर्या नामक व्यक्ति (जो ड्रग्स डिलरका व्यक्ति मानिएका छन् ) सँग ड्रग्सका बारेमा कुरा गरेकी छन् । च्याटमा भनेकी छन् ‘ यदि हामी ड्रग्सको बारेमा कुरा गरौं भने, मैले धेरै ड्रग्स प्रयोग गरेको छैन ।’

अर्को पटक गरिएको च्याटमा रियाले गौरवसँग सोधेकी छन्, तिमीसँग एम डि (मेथिलिन डाइअक्सी मेथाम फेटामाइन) । छ ?’
तेश्रोपटकको २०१७ मार्च ८ को गरिएको ह्वाटशएप च्याटमा रियाले आर्यासँग भनेकी छन्, ‘ धेरै नशा लाग्ने ड्रग्सका बारेमा कुरा गरौं भने मैले धेरै लिएको छैन । एकपटक एमडिएमए लिएको थिए, तिमीसँग एमडि छ ?’

त्यस्तै चौथोपटक गरिएको च्याटमा रियाले सामुयल मिराण्डा नामक व्यक्तिरँग कुरा गरेकी छन् । १७ अप्रिल २०२० को च्याटमा सामुयलले भनेका छन्–हाय रिया स्टफ लगभग खतम भएको छ ।’ त्यपछि मिरण्डाले रियालाई सोध्छन् ‘ हामी यो शोविकको साथी सँग लिन सक्छौ ? तर उ सँग हैस र बड छ ।’ यसलाई पनि नर्मल ड्रग्स मानिन्छ ।

२०१७ देखि चलेको यो ड्रग्सको कुराकानी २०२० सम्म चल्दै आएको देखिन्छ । रियाले उक्त च्याट डिलिट गरेको भएपनि अनुसन्धानका क्रममा त्यसलाई बाहिर ल्याइएको हो ।

तर, रियाका वकिलले भने रियाले कहिलेपनि ड्रग्स नलिएको बताएका छन् । उनले ड्रग्स लिएको÷नलिएको भन्ने बारेमा रियाले कुनैपनि टेष्ट दिन तयार रहेको बताएका छन् ।

२०१९ अप्रिलमा खुलासा भएको सुसान्त र रिया वीचको सम्बन्ध अन्तत सुसान्तको आत्महत्यासँगै एकवर्षमै टुंगिएको छ । सुसान्तका वुवाले आफ्नो छोराको आत्महत्या प्रकरणमा मुख्य आरोपि रिया रहेको भन्दै मुद्दा हालेका छन् । अन्य प्रहरीले रियासँग सोधपुछ गरेपछि सीबीआईले हालसम्म कुनैपनि सोधपुछ नगरेको बताइएको छ ।

ड्रग्स लिने गरेको खुलासा भएपछि भने रिया नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) को जाँचमा सहभागी भइसेकेको र एक दुई दिनमै उक्त टिमले उनलाई सोधपुछ गर्ने बताइएको छ ।

वलिवुडका आशालाग्दा नायक सुसान्तले १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नै फ्लाटमा आत्महत्या गरेको अवस्थामा मृत भेटिएका थिए । उनको आत्महत्या या हत्या भन्ने कुराअझै अनुसन्धानमै रहेको छ ।

वलिवुड नायक सुशान्तको आत्महत्या प्रकरणः बयानका क्रममा यस्तो खुलासा गरे हाउस किपरले

वि.सं.२०७७ भदौ १० बुधवार १४:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...