१२ भदौ, काठमाडौँ । राष्ट्रिय भावानाले ओतप्रोत तथा नेपाल र नेपालीको पहिचान समेटेको राष्ट्रिय गीत ‘नेपाली म हुन सकुँ’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्द र रचना, दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।
सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ। त्यस्तै भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।