Sansar News- Nepal's Fast Khabar Online News Portal

पहिराले नौ परिवार विस्थापित

संसार न्यूज़
४ वर्ष पहिले

२५ साउन,इलाम। एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा अमृतमान राई, भीमकुमारी राई, अमृता राई, भुपेन राई, देवी सापकोटा र विक्रम राईको परिवार रहेका छन् ।

पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिनुभयो । पहिरोबाट अमरबहादुर राई, भक्तलाल राई, रमेश राई, उमेश राई, कुलबहादुर राई, टेकबहादुर खड्का, सञ्जीव राईका घर जोखिममा परेका छन् ।

इरौटार–३ मा गएको पहिरोले भीमबहादुर मगर, बलबहादुर मगर र यामबहादुर मगरका परिवार विस्थापित भएका छन् । इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ ।

पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुनः जाने सम्भावना रहेको बताइएको छ ।

पहिरोबाट धनराज मगर, ठालुमान बस्नेत, टेकबहादुर मगर, टङ्क बस्नेत, दिलबहादुर राई र भुवन बस्नेतका घर जोखिममा परेका हुन् । विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन् ।

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…