Sansar News- Nepal's Fast Khabar Online News Portal

सरकारले फुटवेयर उद्योगलाई पनि अतिप्रभावितमा राखेर सम्बोधन गर्नुपर्छ अर्थ संवाद

राजेन्द्र बराल
३ हप्ता पहिले
सरकारले फुटवेयर उद्योगलाई पनि अतिप्रभावितमा राखेर सम्बोधन गर्नुपर्छ

काठमाडौं । नेपालमा उत्पादनमुलक उद्योगहरु मध्ये फुटवेयर उद्योगको स्थान महत्वपूर्णं छ । नेपालको उद्योग वाणिज्य क्षेत्रमध्ये यो उद्योगले मात्र कुल ग्राहस्थ उत्पादनको झण्डै १ प्रतिशत योगदान दिएको सरकारी तथ्यांक छ । यसले हजारौं नागरिकलाई रोजगारि  पनि दिएको छ ।

तर, कारोना भाईरसको महामारीको कारण यो क्षेत्र पनि नराम्ररी बिथोलिएको छ । यसै परिवेशमा फुटवेयर म्यानुफ्यक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष एंव लालिगुराँस फुट वेयरका प्रमुख कृष्णकुमार फुयाँलसँग संसार न्यूजले कुराकानी गरेको छ । फुयाँलसँग संसार न्युज अनलाईनका लागि राजेन्द्र बरालले गरेको कुराकानीको सम्पादित अंश :

सबै तिर कोरोना भाइरस (कोभिड–१९)को महामारीले नराम्रोसँग प्रभाव पारेको देखिन्छ । यो महामारीले फुटवेयर क्षेत्रलाई कस्तो प्रभाव पारेको छ ? के छ फुटवेयर क्षेत्रको अवस्था ?

कोरोना महामारीले देशका अन्य क्षेत्रमा जस्तो प्रभाब परेको छ, फुटवेयरको क्षेत्रमा पनि त्यस्तै प्रभाव परेको छ । अहिले महामारीको कारण उद्योगधन्दा कलकारखानाहरु सबै बन्द नै छन् । फुटवेयर उद्योगहरु पनि सबै बन्द नै छन् । उद्योगहरुले न उत्पादन गर्न सक्ने अवस्था छ नत वितरण गर्न नै । महामारीले उद्योग क्षेत्रमा अनौठो गरि प्रभाव परेको छ ।

गत असार २ देखि उद्योगहरुको प्रकृतिअनुसार सरकारले स्वास्थ्य मापदण्डलाई पालना गर्दैै खोल्न दिने निर्णय पनि गरेको थियो । त्यसयता कतिपय उद्योगहरु सञ्चालनमा आए भन्ने पनि जानकारीमा आएको थियो । फुटवेयर क्षेत्रका उद्योगहरु के–कति सञ्चालनमा आए ? अवस्था कस्तो रह्यो ?

सामान्य रुपले हेर्दा लकडाउन खुलेजस्तो देखिए पनि वास्तवमा उद्योगीहरु उद्योग चलाउन सक्ने अवस्थामा थिएनन् । लकडाउन कै बिचमा पनि स्वास्थ्यका मापदण्डहरु पुरा गरेर उद्योगहरु खोल्नका लागि भनिएको थियो । तर भनेजस्तो सजिलो थिएन । पहिलो कुरा उद्योग सञ्चालन गर्नको लागि जनशक्ति चाहिन्छ । उपत्यकाको हकमा उद्योगमा चाहिने जनशक्ति छैन ।

कतिपय उद्योगहरुमा अलिक बढी विदेशी कामदारहरु थिए भने कतिपयमा स्स्वेदशी थिए । लकडाउन सुरु हुने वित्तिकै अधिकांश कामदारहरु आ–आफ्नो घर फर्किएको कारणले गर्दा र कतिपय लकडाउन लामो हुनेजस्तो बुझेपछि हिंडेरै पनि घर तिर गएको अवस्था हो । त्यसकारण काठमाडौं उपत्यकाभित्रका उद्योगहरु त त्यतिखेर पनि सञ्चालनमा थिएनन् ।

लकडाउनका कारण उत्पादकदेखि उपभोक्तासम्मको जुन खालको आपूर्ती श्रृंखला टुटेको छ, त्यसलाई निरन्तरता दिन सकिएन भने उद्योग खोल्नुको कुनै अर्थ हुँदैन । उत्पादन गर्ने र थुपारेर राख्ने मात्र हुन्छ । त्यसो गर्दा झन लगानी अनावश्यक थुप्रिएर मात्र बस्छ । बजार सहज नहुँदासम्म, आवत जावतको वातावरण नबन्दासम्म उद्योग संचालन हुन सक्दैनन् । 

लकडाउनका कारण उत्पादकदेखि उपभोक्तासम्मको जुन खालको आपूर्ती श्रृंखला टुटेको छ, त्यसलाई निरन्तरता दिन सकिएन भने उद्योग खोल्नुको कुनै अर्थ हुँदैन । उत्पादन गर्ने र थुपारेर राख्ने मात्र हुन्छ । त्यसो गर्दा झन लगानी अनावश्यक थुप्रिएर मात्र बस्छ । बजार सहज नहुँदासम्म, आवत जावतको वातावरण नबन्दासम्म उद्योग संचालन हुन सक्दैनन् । अहिले मुख्यतः वितरण गर्ने व्यवस्थामा निकै समस्या छ । जसको कारण उत्पादन गर्न तयार भए पनि उत्पादन गर्न नसक्ने अवस्था बनेको छ ।

फुटवेयर उद्योगमा दक्ष जनशक्ति पनि चाहिन्छ । अहिलेसम्म कामदारहरुको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?

अधिकांश कामदारहरु लकडाउन सुरु भएसँगै गाउँ गए । अहिले अधिकांश कामदार गाउँ तिरै छन् । यहाँ कामदार फर्काउने अवस्था पनि छैन् र अन्य कामदार खोज्दा पनि भेटिने अवस्था छैन् ।

अहिले हामीसँग केहि प्रशासनिक काम गर्ने कामदारहरु मात्र भएकोले तिनीहरुलाई मात्र व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

यहाँहरुले केहि वर्षभित्रमा नेपाल फुटवेयरमा आत्मनिर्भर हुन्छ पनि भन्नु भएको थियो । महामारीले यसलाई निश्चितै रुपमा धकेलेको देखिन्छ । महामारीले यो ६ महिनाको अवधिमा के–कति क्षति पुग्यो भन्ने छ ? केहि आंकलन गर्नुभएको छ ?

ठ्याक्कै यति नै भन्न त सकिन्न तर करोडौंको क्षति भएको अनुमान गर्न सकिन्छ । ६ महिनादेखि उद्योग जति सबै बन्द छन् । भएका स्टक पनि बेच्न पाईने अवस्था छैन् । यसबीचमा घर भाडा तिरिरहनु परेको छ भने बैंकमा ऋणको ब्याज तिर्नु पर्ने अवस्था छ । यसबीचमा कतिपय कच्चा पदार्थकोे अवधि पनि गुज्रिएर नष्ट भएको छ । कतिपय प्रशासनिक क्षेत्रमा काम गर्ने मान्छेहरु त आईनै रहेका छन । उनीहरुको परिश्रमीक दिनुपर्छ ।

यसरी हेर्दा ठूलो मात्रामा क्षति भएको देखिन्छ । अंकमा भन्न नसकिए पनि समग्रमा भन्नु पर्दा यो क्षेत्रलार्ई उच्च जोखिमपूर्ण क्षेत्रको रुपमा राख्नु पर्ने अवस्था हो । यो क्षेत्रलाई उच्च संकटग्रस्त क्षेत्रको रुपमा यसकारण पनि राख्नु पर्ने हुन्छ, एक त धेरै मान्छेहरुको रोजगारी गुमेको छ । २० अर्बभन्दा बढी लगानी सुरक्षीत हुन सकेको छैन् ।

अर्को तर्फ, लगभग मागको ६०/६५ प्रतिशत आपूर्ती हामीले हाम्रै उद्योगहरुबाट गरेका थियौं । केहि वर्षभित्र हामी आत्मनिर्भर हुनसक्छौं भन्ने हाम्रो लक्ष्य थियो त्यसमा चाहिँ केहि धक्का पुर्याउँछ की भन्ने देखिएको छ । तर पनि यो भुकम्पको बेलामा जस्तो धक्का यसले पुर्याउने सम्भावना चाहिँ देख्दिन । यसलाई एउटा अवसरको रुपमा पनि लिने हो भने त्यस्तो देखिँदैन । तर सरकारी नीति चाहिँ अलिकति परिवर्तन हुनुपर्दछ । हर क्षेत्रमा मूलुकलाई आत्मनिर्भर बनाउने तर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।

राज्यले उद्योगी तथा व्यवसायीको ऋणको ब्याजको कूरा मौद्रिक नीतिमार्फत पनि सम्बोधन गरेको देखिन्छ । पूनरकर्जाको व्यवस्था र बैंक कर्जालाई २ बर्षसम्म थप गर्ने कुराले यो क्षेत्रलाई कत्तिको फाईदा पुगेको छ ?

मौन्द्रिक नीतिले केहि विषय सम्बोधन अवश्य गरेको छ, तथापि केहि समस्याहरु रहेकै देखिन्छन् । मौन्द्रिक नीतिमा अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र भनेर जसरी वर्गीकरण गरियो त्यसमा नै समस्या देखिन्छ । पर्यटन क्षेत्र, हस्तकलाका क्षेत्रलाई अति प्रभावितमा राखिए पनि कतिपय उत्पादनमुलक उद्योगहरुलाई त्यसमा समेटिएको छैन् । फुटवेयर उद्योगलाई पनि अति प्रभावित क्षेत्रभित्र व्याख्या गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

मौन्द्रिक नीतिमा अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र भनेर जसरी वर्गीकरण गरियो त्यसमा नै समस्या देखिन्छ । पर्यटन क्षेत्र, हस्तकलाका क्षेत्रलाई अति प्रभावितमा राखिए पनि कतिपय उत्पादनमुलक उद्योगहरुलाई त्यसमा समेटिएको छैन् । फुटवेयर उद्योगलाई पनि अति प्रभावित क्षेत्रभित्र व्याख्या गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

अर्को कुरा, केहि सुविधा दिने कुरामा मौद्रिक नीतिले सम्बोधन गरेको छ । नगरेको भन्न मिल्दैन । तर, त्यसलाई कार्यान्वयन गर्ने पक्ष चाहिँ फितलो देखिन्छ । त्यो कार्यान्वयन भईदियो भने यो क्षेत्रलाई सहयोग पुग्छ । किनभने उद्योग बाँचे मात्र देश समृद्धिको दिशामा जान सक्ने हुन्छ । खाली एउटा लिखतमा लेखिदिने तर कार्यान्वयन नहुने हो भने त्यसको अर्थ रहँदैन ।

अलिक फरक प्रसंगमा, तपाईँहरुले महामारी अगाडी छुट्टै फुटवेयर जोन बनाउने भन्ने कुरा गर्नुभएको थियो । साथै जग्गा प्राप्तीको प्रकृया पनि निकै अगाडी बढाई सक्नुभएको चर्चा थियो । अहिले के हुँदैछ ?

फुटवेयर जोन हाम्रो एउटा सपना हो । कतिपय सानादेखि लिएर ठूला उद्योगहरु एकै ठाउँमा रहनेगरि हामीले सोंचेका हौं । मूलरुपमा हामीले देशलाई जुत्ता चप्पलको क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छ । आत्मनिर्भर बनाउनको निमित्त अन्तराष्ट्रिय बजारहरुबाट उत्पादीत वस्तुहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । हरेक क्षेत्रमा चाहे त्यो डिजाईनको क्षेत्रमा होस, मूल्यको क्षेत्रमा होस, क्वालिटीको क्षेत्रमा होस हर क्षेत्रमा अन्तराष्ट्रि बजारसँग प्रतिष्पर्धा गर्नुपर्दछ ।

प्रतिष्पर्धा गर्नको निमित्त एकै ठाउँमा हामीले फुटवेयर क्षेत्रलाई समेट्न सकियो भने अत्याधुनिक महंगा उपकरणहरु हामीले सामूहिक रुपमा पनि प्रयोग गर्न सकियोस । एक ठाउँमा कमन रुपले पनि त्यहाँ राखौं र महंगा उपकरणहरु सबैले खरिद गरेर राख्न सक्दैनन् भने पनि समुहमा त्यसलाई प्रयोग गर्न सकियोस भन्ने खालको वातावरण बनाऔं भन्ने उद्देश्यले फुटवेयर जोनको अवधारणा राखेर सुरु गरिएको हो । देशलाई आत्मनिर्भर बनाउने मात्रै भन्दा पनि हामीले यहाँको श्रम शक्ति र कलालाई प्रयोग गरेर अन्तराष्ट्रिय बजारमा पनि निर्यात गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ हामीले फुटवेयर जोनको परिकल्पना गरेका हौं ।

यतिखेरको अवस्था हेर्ने हो भने फुटवेयर जोन कोरोनाको कारणले अलिक सुस्ताएको छ । हामीले दक्षिणकालीमा लगभग ३०० रोपनी जती जमीन प्राप्त गरिसकेका छौं । त्यहाँ केहि भौतिक निर्माणका कामहरु पनि भएका छन् ।

जमिन प्राप्तीमा सरकारको सहयोग रह्यो कि रहेन ?

हामीले अलिक फरक ढंगमा जमिन लिएको हो । आफ्नै स्वामित्वमा लियो भने भोलि त्यहि सम्पत्ति धितोमा राखेर पैसा नहुँदा हामीले आफ्ना उत्पादनहरु सुचारु गर्नसक्छौं । हामी आफै ऋणपान गरेर पनि किनौ भनेर आफ्नै लगानीमा सुरु गर्न खोजेको हो ।

हामीले सुरु गरिसकेपछि राज्यलाई त्यो ठाउँसम्म जाने पहुँचमार्ग, बिजुली, टेलिफोनलगायतका कुराहरुमा सहयोग हुनुपर्छ भनेका थियौं । त्यसमा केहि बजेट बिनियोजन पनि भएको छ । त्यहाँ जाने बाटो निर्माणको लागि टेण्डर पनि भएको थियो, अहिले कोभिडका कारणले काम हुन सकेको छैन । केहि सहज हुने बित्तिकै त्यो काम पनि अगाडी बढ्छ ।

हामीलाई त्यति मात्रै जग्गाले नपुग्ने भएकोले त्यसलाई प्रप्ति गर्ने प्रयासमा छौं । पर्याप्त मात्रामा जग्गा उपलब्ध हुन सकिरहेको छैन, पक्रिया मै छ । २, ३ महिना भित्रमा एक चरणको प्रक्रिया हामी पुरा गछौं र केहि उद्योगहरु त्यहिं सारेर काम चाहिं सुरु गर्ने योजनामा छौं ।

उपभोक्ताहरुले स्वेदशी उत्पादनलाई मायाँ गरिदिनु भएको छ । यो माया निरन्तर कायम रहनु पर्दछ र स्वदेशी उत्पादन प्रयोग गर्ने उपभोक्ताहरु हुनुहुन्छ वहाँ हरुलाई धन्यवाद दिनुपर्छ । अहिलेसम्म उपभोग नगर्ने उपभोक्ताहरुलाई स्वदेशी उत्पादन नै प्रयोग गरौं र स्वेदशी उत्पादनलाई माया गरौं भन्न चाहान्छु । यसो गर्न सकेको खण्डमा धेरै भन्दा धेरै स्वेदशी उद्योग कलकारखाना स्थापना हुनसक्छन ।

अन्त्यमा, नेपाली जुत्ता चप्पलको पारखीहरुलाई हामीमार्फत केहि भन्नुहुन्छ ?

मैले भन्ने गरेको छु, फुटवेयर क्षेत्रमा मात्र हैन सबै क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउनुपर्छ । आत्मनिर्भर बनाउनको लागि आम उपभोक्ताहरुले म नेपाली हुँ, मैले नेपालमा बनेको चिज नै प्रयोग गर्नुपर्छ भन्ने कुरामा प्रतिबद्धता जनाउँनुुपर्छ । नेपालमा बनेको चिज नै खानुपर्छ भन्ने खालको स्वेदशी भावना विकास हुनुपर्छ । त्यसले गर्दा आम उपभोक्तालाई म राष्ट्रलाई माया गर्छु भन्ने सोंच्ने हो भने आत्मनिर्भर हुने कुरा कुनै ठूलो कुरो होईन । चाहे त्यो जेसुकै विषयमा होस् । जुत्ताको अवस्थालाई हेर्ने हो भने यो क्षेत्र यहाँसम्म आईपुग्दा उपभोक्ताहरुबाट प्राप्त माया कै कारणले गर्दा यो अबस्थामा आईपुगेका हौं ।

उपभोक्ताहरुले स्वेदशी उत्पादनलाई मायाँ गरिदिनु भएको छ । यो माया निरन्तर कायम रहनु पर्दछ र स्वदेशी उत्पादन प्रयोग गर्ने उपभोक्ताहरु हुनुहुन्छ वहाँ हरुलाई धन्यवाद दिनुपर्छ । अहिलेसम्म उपभोग नगर्ने उपभोक्ताहरुलाई स्वदेशी उत्पादन नै प्रयोग गरौं र स्वेदशी उत्पादनलाई माया गरौं भन्न चाहान्छु । यसो गर्न सकेको खण्डमा धेरै भन्दा धेरै स्वेदशी उद्योग कलकारखाना स्थापना हुनसक्छन ।

हाम्रा भावी सन्ततीहरुले यहिं रोजगारी पाउन सक्ने अबस्था हुनसक्छ । हरेक दिन लाइन लगाएर एयरपोर्टबाट प्रचण्ड गर्मीहुने खाडिका मुलुकहरुमा रोजगारीका निम्ति जानु पर्दैन । यहि देशलाई समृद्ध बनाऔं । यहिं उद्योग कलकारखानाहरु स्थापना गरौं र स्वदेशि उत्पादनलाई प्रयोग गरेर जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन आम उपभोत्ताहरुको सहयोग जरुरी छ । हाम्रो यो अभियानमा उपभोत्ताहरुबाट सकारात्मक सहयोग प्राप्त हुन्छ भन्ने कुरा मैंले विश्वास गरेको छु ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…