Sansar News- Online for Global Nepali

कविताः काँडा

प्रेम राई परीक्षित,काठमाडौं
११ महिना पहिले

मैले तिमिलाई अनाहकमा
कहिले घोचेको छु र ?
मैले तिमिलाई बिनासित्तै
कहिले तिम्रो खुसी खोसेको छु र ?
मैले तिम्रा लक्षहरुमा
कहिले रोकेको छु र ?
तिमीले मेरो झाङहरुमा
कुनै पर्वाह नगरी
आफ्नो खुसिहरु खोजिरहदा
तिमीले मेरो मौनता माथि
निरन्तर प्रहार गरिरहदा
तिमीले मेरा आस्था माथि
निरन्तर आँखा गाडिरहदा
तिम्रो त्यो कालो नङ्ग्राहरुमा
मेरै अघि मेरा फूलहरु
बलत्कृत भएको देख्न सक्तिन
तिम्रा हतियारहरुले मेरा झाङ्हरु
रेटिरेटी हत्या भएको देख्न सक्तिन
तिमीले
मेरा फूलहरुको
जताभाबी अस्मिता लुटिरहदा
यी काँडाहरुको कुनै मूल्य छैन भनी
मेरो मानमर्दन गरिरहदा
अनि मेरा हाँगाहरु लतारीरहदा
म रमिते बनेर टुलुटुलु हेरिरहन सक्तिन
म तिम्रो प्रतिकार नगरिरहन सक्तिन
तिम्रो अघि आत्मसमर्पण गरिरहन सक्तिन
त्यसैले,
मेरो मौनता भङ्ग गरिरहने
तिम्रो एकलबादी सोच बिरुद्द
मेरो अस्तित्व रक्षाका लागि
अझ तीखो भएर
तिम्रो आक्रमण अनि अतिक्रमण बिरुद्द
म आक्रोश पोखिरहन्छु
घोचिरहन्छु
अवरोध गरिरहन्छु ,
सधै सधै बिद्रोह गरिरहन्छु !

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…