Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ नेपालमा भदौ २२ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

संसार न्यूज़
२ हप्ता पहिले
यस्तो छ नेपालमा भदौ २२ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२२ भदौं, काठमाण्डौं । नेपालमा सोमबार (२ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ७७ हजार ५६३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२१८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार २५९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,०६९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,१९० रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७१ जना र भेन्टिलेटरमा २० संक्रमित उपचाररत छन् ।

प्रदेश १ मा ६, प्रदेश २ मा २४, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा ५ प्रदेश नं ५ मा २१, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी हालसम्म जम्मा १७१ जना आइसीयुमा र बागमती प्रदेशमा १८ र प्रदेश ५ मा २ जना गरी २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी ११ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका ९७९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । साथै आज १७३६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

त्यसैगरी आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३२६ जनासहित देशैभरी ९७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को महोत्तरीमा ३, धनुषामा ४४, सप्तरीमा १९, सर्लाहीमा २० र सिराहामा ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २९३, काभ्रेपलान्चोकमा २८, चितवनमा १९, दोलखामा ३, धादिङमा ४, भत्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासीपूर्वमा १६, पर्वतमा १ र लमजुङमा १५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, र सुर्खेतमा १९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ७, कैलालीमा ३, बझाङमा १ र बाजुरामा १ जना संक्रमित थपिएसँगै आज देशैभरी ९७९ जना संक्रमित थपिएका छन् । जसमा महिला ३३८र पुरुष ६४१ जना रहेका छन् । आज थपिएका ९७९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

आज पनि १७३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा आज १७३६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १,७३६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १,७३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २६७९, प्रदेश २ मा८,७९७ बागमती प्रदेशमा ४,१५०, गण्डकी प्रदेशमा १८४१ प्रदेश नं ५ मा ५,४८१, कर्णाली प्रदेशमा २,३४९ र सुदूरपश्चिम प्रदेशमा ५,३८० जना गरी हालसम्म जम्मा ३० हजार ६७७ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९७२, प्रदेश २ मा ६१८, बागमती प्रदेशमा ४६१, गण्डकी प्रदेशमा ५९४, प्रदेश नं ५ मा १०१७, कर्णाली प्रदेशमा ४४४ र सुदूरपश्चिम प्रदेशमा ६३३ जना गरी हालसम्म जम्मा ४७३९ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ७३१, प्रदेश २ मा ४८२, बागमती प्रदेशमा ४८४०, गण्डकी प्रदेशमा ८३६, प्रदेश नं ५ मा १०९७, कर्णाली प्रदेशमा ३३६ र सुदूरपश्चिम प्रदेशमा ७४७ जना गरी हालसम्म जम्मा ९,०६९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ७९०,प्रदेश २ मा ३०००, बागमती प्रदेशमा २३३४, गण्डकी प्रदेशमा १००, प्रदेश नं ५ मा ८०७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ११९ जना गरी ७१९० जना रहेका छन् ।

आज पनि कोरोना संक्रमणबाट काठमाडौंका ३ महिलासहित ११ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र पुरुष ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौंका ३७, ९० र ८३ वर्षीया गरी ३ जना र कास्कीकी ६३ वर्षीया महिला गरी ४ जनाको मृत्यु भएको हो ।

त्यसैगरी मोरङका ७६ वर्षीय, सिराहाका ८७ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…